तिहार पर्व सुरु : आज धनतेरस



बुटवल
नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि सुरु भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका सिक्का वा धातुका भाँडाकुँडा किनेर घरमा ल्याई पूजा गरेर धनतेरस मनाउने परम्परा छ ।

त्रयोदशीकै दिन गरिने कागपूजा र धन्वन्तरी जयन्ती भने भोलि शनिबार परेको छ । आइतबार बिहान चतुर्दशी तिथिमा कुकुर पूजा र त्यसै दिन साँझ लक्ष्मीपूजा गरिने छ । कात्तिक २५ गते भने भाइटीका परेको छ ।

चन्द्रमासको कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि कात्तिक शुक्लपक्षको द्वितीयासम्म पाँच दिन मनाइने यो पर्व यसपटक तिथिको घटबढले ६ दिनको भएको छ ।

आज सूर्योदय हुँदा द्वादशी तिथि रहे पनि मध्याह्नअघि नै त्रयोदशी तिथी लाग्ने भएकाले धनतेरस मनाउन लागिएको पण्डित नारायणप्रसाद दुलाल बताउँछन् । उनका अनुसार आज बिहान ११ बजेर १० मिनेटपछि सुरु हुने त्रयोदशी तिथि भोलि शनिबार बिहान १० बजेर ४७ मिनेटसम्म रहन्छ ।

यस्तो छ धनतेरसको पूजा विधि

मिथिला क्षेत्रमा कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिका दिन साँझपख दीपमालिका गर्ने चलन पनि छ । यसैदिन धातुका सामान (भाँडाकुँडा र गहना), खरेटो, धनियाँसहितका सामग्री किन्ने प्रचलन पनि छ ।

धनतेरसलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले सुनचाँदीका सिक्का बिक्री आज पनि जारी राख्दैछ । बबरमहलस्थित कार्यालयबाट हिजोदेखि सुनचाँदीका सिक्का बिक्री सुरु गरिएको थियो ।

छुटाउनुभयो कि ?

बुटवलमा दीपावली सडक खाना महोत्सव सुरु : बजार चलायमान हुने बिश्वास

बुटवलमा दीपावली सडक खाना महोत्सव सुरु : बजार चलायमान हुने बिश्वास

बुटवलनेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसरमा बुटवलमा ‘दीपावली सडक खाना महोत्सव’ सुरु गरिएकाे छ । बुटवल उद्योग वाणिज्य संघ रु...
आईजीपीमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले पेस गरेको रिट निवेदन दर्ता

आईजीपीमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले पेस गरेको रिट निवेदन दर्ता

काठमाडौँप्रहरी महानिरीक्षक (आईजीपी) मा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले सर्वोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता ...
त्रिशूली बाढी: पुनर्स्थापनामा ७ खर्बभन्दा बढी चाहिने, बढी पूर्वाधार क्षेत्रमा क्षति

त्रिशूली बाढी: पुनर्स्थापनामा ७ खर्बभन्दा बढी चाहिने, बढी पूर्वाधार क्षेत्रमा क्षति

काठमाडौंभदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीले देशभर ४ खर्ब ७२ अर्ब ६६ करोड रूपैयाँ बराबरको हानि तथा नोक्सा...
हुम्लामा भूकम्पको धक्का महसुस

हुम्लामा भूकम्पको धक्का महसुस

काठमाडौंहुम्लामा भूकम्पको धक्का महसुस गरिएको छ । हुम्लाको थेहे आसपास केन्द्रविन्दु भएर आज बिहान ७ बजेर १० मिनेट जादा ४.२ र...