Author: संचार पत्र

सेनाले फोन जफत गरेको तत्कालीन प्रधानमन्त्री र मन्त्रीहरूको भनाइ

सेनाले फोन जफत गरेको तत्कालीन प्रधानमन्त्री र मन्त्रीहरूको भनाइ

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँ एमाले अध्यक्ष केपी शर्मा ओलीले कामचलाउ सरकारको प्रधानमन्त्री रहेकै बेला आफ्नो फोन सेनाले ‘सिज’ गरेको (जफत गरेको) दाबी गरेका छन् ।प्रदर्शनकारी प्रधानमन्त्री निवास बालुवाटारतर्फ अघि बढेपछि सेनाले २४ भदौको अपराह्न ओलीलाई हेलिकोप्टरबाट उद्धार गरेको थियो । आफू सेनाको सुरक्षाभित्र गएपछि तीन दिनसम्म सञ्चार सम्पर्कबाट अलग राखिएको ओलीको भनाइ छ । २३ भदौको जेन–जी आन्दोलनमा सरकारले व्यापक दमन गरेको थियो भने २४ भदौमा प्रदर्शन हिंसात्मक बनेको थियो । प्रदर्शनकारीले देशभर सरकारी र निजी संरचनामा तोडफोड, लुटपाट र आगजनी मच्चाएपछि ओलीले अपराह्न करिब २ बजे प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । ओलीको राजीनामापत्र सैनिक अधिकारीमार्फत राष्ट्रपति कार्यालय पठाइएको थियो । त्यसलगत्तै उनलाई सेनाले हेलिकोप्टर चढाएर मकवानपुरको सुपारीटार ब्यारेक पुर्‍याएको थियो । आइतबार काठमाडौंमा सञ्चारकर्मीहरूसँ...
तिहारको तेस्रो दिन :आज नरक चतुर्दशी, कुकुर तिहार तथा लक्ष्मी पूजा

तिहारको तेस्रो दिन :आज नरक चतुर्दशी, कुकुर तिहार तथा लक्ष्मी पूजा

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, शिक्षा, समाचार, समाज
काठमाडौं तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा डा देवमणि भट्टराई नरक चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउँछन् । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले जानकारी दिए ।वैवस्वतः मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ ...
दैलेखको ग्याँस भण्डार रिपोर्टलाई अन्तिम रुप दिन सरकारी टोली चीन जाँदै

दैलेखको ग्याँस भण्डार रिपोर्टलाई अन्तिम रुप दिन सरकारी टोली चीन जाँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, समाज
काठमाडौं दैलेखको जलजलेमा भेटिएको मिथेन ग्याँसको भण्डारका विषयमा छलफल गर्न सरकारी टोली चीन जाने तयारीमा छ । खानी तथा भूगर्भ विभागका महानिर्देशक दिनेश कुमार नापितको नेतृत्वको टोली ग्याँस उत्खननको विस्तृत प्रतिवेदनलाई अन्तिम रुप दिने विषयमा छलफल गर्न चीन जान लागेको हो । चीनको छेन्दुस्थित चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र चीनकै सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले गरेको ड्रिलिङबाट दैलेखको जलजलेमा मिथेन ग्याँसको भण्डार रहेको पुष्टि भएको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरुले ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको र त्यसले नेपालमा ५० वर्षको माग धान्ने अनुमान गरिएको बताएका थिए ।तर, अन्वेषणको अन्तिम प्रतिवेदन चीनले अझै दिएको छैन । मन्त्रालयका अनुसार चिनियाँ टोलीले आगामी डिसेम्बरमा प्रतिवेदन दिने जनाएको छ । सोही प्रतिवेदनलाई अन्तिम रुप दिन खानी तथा भूगर्भ विभ...
ट्रम्पविरुद्ध अमेरिका र युरोपभरि फैलियो ‘नो किंग्स’ प्रदर्शन

ट्रम्पविरुद्ध अमेरिका र युरोपभरि फैलियो ‘नो किंग्स’ प्रदर्शन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँ इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच दुई वर्षदेखि चलिरहेको युद्ध रोक्न मियो बनेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक साताअघि मात्रै सर्वत्र चर्चा भएको थियो । कैयौं देशले उनलाई नोबेल शान्ति पुरस्कार दिनुपर्नेसमेत बताएका थिए ।तर यो प्रशंसा एक साता पनि टिक्न सकेन । यति बेला अमेरिकामा उनै ट्रम्पविरुद्ध लाखौं सर्वसाधारण सडकमा उत्रिएका छन् । आइतबार अमेरिकाका मात्रै २ हजार ६ सयभन्दा धेरै ठाउँमा ट्रम्पको विरोधमा प्रदर्शन भएको छ । यस्ता र्‍यालीमा अमेरिकाभित्र करिब ७० लाख व्यक्ति सहभागी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यति मात्र होइन, युरोप र ल्याटिन अमेरिकी देशमा पनि ट्रम्पविरुद्ध हजारौं नागरिक सडकमा उत्रिएका छन् । कोलम्बियामा त अमेरिकी दूतावासमा आक्रमण नै भएको छ । प्रदर्शनकारीले अमेरिकी दूतावासमा तोडफोड र आगजनीको प्रयाससमेत गरेका छन् । कैयौं प्रदर...
मानवीय संसाधन र भौतिक स्तर वृद्धिले बुटवल विकसित हुन्छ: सरोकारवाला

मानवीय संसाधन र भौतिक स्तर वृद्धिले बुटवल विकसित हुन्छ: सरोकारवाला

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलपाठक मञ्च बुटवल र आगोका फूलहरूको संयुक्त आयोजनामा काठमाडौँ र बुटवल कति टाढा विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले काठमाडौँ हरेक हिसाबले अगाडि हुनु र बुटवल तुलनात्मक रुपमा पछाडि हुनुको कारण मानवीय संसाधन र भौतिक स्तर वृद्धि रहेको निष्कर्ष निकालेका छन्। आइतबार रूपन्देहीमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरूले काठमाडौँ हरेक हिसाबले अगाडि रहेको र शिक्षा ,सञ्चार जस्ता क्षेत्रमा बुटवल केही मात्रामा अगाडि रहे पनि त्यसलाई गहन रुपमा लिन नसकेको बताएका छन्। कार्यक्रममा बोल्दै बुटबल टुडे पत्रिकाका सम्पादक कृष्ण मल्लले आफूले २०४७ पछि बुटवललाई अवलोकन गरिरहेको तत्कालीन अवस्था र अहिले शहर विस्तार ,भौतिक निर्माण ,शिक्षा ,सञ्चार लगायतका क्षेत्रमा विकास रहेको तथापि देशको राजधानीमा समग्र देशको महत्त्व हुने र बुटवलमा स्थापित निजी शिक्षालयहरू बढी नाफामुखी हुँदा शिक्षाको स्तर ...
सिंहदरबारमा घाइते जेनजीका आक्रोश : सरकार हाम्रो हो जस्तो लागेन

सिंहदरबारमा घाइते जेनजीका आक्रोश : सरकार हाम्रो हो जस्तो लागेन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौं घाइते जेनजीहरू आइतबार दिउँसो एक बजे सिंहदरबार छिर्ने तरखरमा थिए । करिब २५ जनाको समूह भित्र जाने पास कुर्दै थियो । कतिपय भने अगाडि नै नाम आएकाले छिर्न भ्याइहाले । कतिपय बाहिर अड्किए । केही सदस्य त्यहीँ थपिँदै थिए । सिंहदरबार गेटमा भेटिएका थिए- अम्बादत्त भट्ट । बैतडीका उनी भदौ २४ गते जेनजी आन्दोलनका क्रममा घाइते भएका रहेछन् । उनकाअनुसार बानेश्वरमा भदौ २३ गते राज्यतर्फबाट चलेको गोलीको घाइतेको लागि आवश्यक रगत उपलब्ध गराउने क्रममा उनी घाइते बने। ‘त्यो दिन जताजतै रगत अभाव भइरहेको भन्ने सुनेँ । अनि बानेश्वरमा संकलन भइरहेको रहेछ। त्यहीबेला रगत दिन लाग्दा ममाथि लाठ्ठीचार्ज भयो । टाउको फुट्यो,’ उनले भने ।आन्दोलनका यी घाइते आइतबार दिउँसो सिंहदरबार गेटमै भेटिए । उनीसँगै अन्य पाँचजना सदस्य पनि थिए । एकजना बोलेपछि अरु नबोल्ने भन्दै पन्छिए । भट्टले नै ती पाँचजनाको प्रतिनिधित्व गर्दै...
संसद विघटनविरुद्ध सर्वोच्चमा थप ५ वटा रिट दर्ता

संसद विघटनविरुद्ध सर्वोच्चमा थप ५ वटा रिट दर्ता

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँप्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र त्यसपछिको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतमा थप पाँच वटा रिट निवेदन दर्ता भएका छन् ।सर्वोच्च अदालत प्रशासनले ती सबै निवेदनहरू संवैधानिक इजलासमा सुनुवाइ हुने गरी दर्ता गरेको जनाएको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार यसअघि दर्ता भएका ११ वटा र आइतबार थपिएका पाँच वटा गरी अब कुल १६ वटा रिट निवेदन संवैधानिक इजलासमा एकैसाथ पेश हुनेछन् ।प्रधानमन्त्रीको नियुक्ति संविधानको कुनै धारा उल्लेख नगरी गरिएको भन्दै रिट निवेदकले त्यसलाई असंवैधानिक दाबी गरेका छन् । संविधानको धारा ७६ अनुसार मात्र तीन प्रकारका व्यक्तिलाई प्रधानमन्त्रीमा नियुक्त गर्न सकिने व्यवस्था हुँदाहुँदै पनि त्यस बाहिरका व्यक्तिलाई प्रधानमन्त्री बनाइएको आरोप लगाइएको छ । यससँगै, देशको प्रधानन्यायाधीश भइसकेका व्यक्तिलाई संविधानले स्पष्ट रूपमा ...
सुनको मुल्य घट्यो, तोलामा ४ हजार ८ सय

सुनको मुल्य घट्यो, तोलामा ४ हजार ८ सय

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
काठमाडौंनेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको ४ हजार ८सयले घटेर तोलाको २ लाख ५३ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ५८ हजारमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ७५ रुपैयाँले घटेर ३ हजार२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ३ हजार३ सय ५० मा कारोबार भएको थियो । ...
आन्दोलन पश्चात् जाँचबुझ आयोगमा अहिलेसम्म दर्जन उजुरी : तत्कालीन प्रधानमन्त्रीदेखि फिल्ड कमान्डरसम्मलाई कारबाहीको माग

आन्दोलन पश्चात् जाँचबुझ आयोगमा अहिलेसम्म दर्जन उजुरी : तत्कालीन प्रधानमन्त्रीदेखि फिल्ड कमान्डरसम्मलाई कारबाहीको माग

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँ२३ र २४ भदौका घटना जाँचबुझका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा ५ असोजमा गठित आयोगमा एक दर्जन उजुरी दर्ता भएका छन् । आयोगका अनुसार निजी क्षेत्रका दुई कम्पनीले क्षतिको विवरणसहित उजुरी दर्ता गराएका छन् ।बाँकी व्यक्तिगत रूपमा दर्ता भएका उजुरी छन् । त्यस्तै आयोगमा क्षतिको विवरण आउनेक्रम जारी छ । जेन–जी आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएको घटनामा अधिकांश उजुरी पीडित प्रहरी र सर्वसाधारणका तर्फबाट दर्ता भएका छन् । दुई उजुरी घाइतेका परिवारले दर्ता गराएका छन् । पीडित परिवारले दर्ता गराएको उजुरीमा २३ भदौमा राज्यको दमनका कारण धेरैले ज्यान गुमाएको उल्लेख गरेका छन् । जसमा भ्रष्टाचारको विरोधमा उत्रेका कलिला बालबालिकामाथि राज्यले बर्बरतापूर्वक दमन गरेको उजुरी छ । ‘२३ भदौको जेन–जीहरूको आन्दोलन विशुद्ध सरकारले बन्द गरेको सामाजिक सञ्जाल अनि देशमा व्याप्त भ्रष्टाचारविरुद्ध ...
यमपञ्चक सुरु, आज काग तिहार मनाइँदै

यमपञ्चक सुरु, आज काग तिहार मनाइँदै

Breaking news 3, जीवनशैली, ज्याेतिष, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, शिक्षा, समाचार, समाज
काठमाडौंप्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको चाड यमपञ्चक सुरु भएको छ ।कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज आइतबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमपञ्चक अन्तर्गत काग तिहार परेको छ । समितिले यमदीपदान पनि आजै शुरु हुने जानकारी दिएको छ ।कार्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यसैगरी आज धनवन्तरी जयन्ती पनि मनाइन्छ । काग तिहारमा कागलाई यमराजको सन्देश वाहकका रूपमा पूजा गरिन्छ । काग तिहारका दिन मात्रै कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन रहेको छ । यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरू भएको छ । त्यस दिनदेखि यमदीप दान सुरु गरिन्छ । धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको समितिले स्वीकृति दिएका...