ट्रम्पविरुद्ध अमेरिका र युरोपभरि फैलियो ‘नो किंग्स’ प्रदर्शन


काठमाडौँ

इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच दुई वर्षदेखि चलिरहेको युद्ध रोक्न मियो बनेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक साताअघि मात्रै सर्वत्र चर्चा भएको थियो । कैयौं देशले उनलाई नोबेल शान्ति पुरस्कार दिनुपर्नेसमेत बताएका थिए ।
तर यो प्रशंसा एक साता पनि टिक्न सकेन । यति बेला अमेरिकामा उनै ट्रम्पविरुद्ध लाखौं सर्वसाधारण सडकमा उत्रिएका छन् । आइतबार अमेरिकाका मात्रै २ हजार ६ सयभन्दा धेरै ठाउँमा ट्रम्पको विरोधमा प्रदर्शन भएको छ ।

यस्ता र्‍यालीमा अमेरिकाभित्र करिब ७० लाख व्यक्ति सहभागी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यति मात्र होइन, युरोप र ल्याटिन अमेरिकी देशमा पनि ट्रम्पविरुद्ध हजारौं नागरिक सडकमा उत्रिएका छन् । कोलम्बियामा त अमेरिकी दूतावासमा आक्रमण नै भएको छ । प्रदर्शनकारीले अमेरिकी दूतावासमा तोडफोड र आगजनीको प्रयाससमेत गरेका छन् । कैयौं प्रदर्शनकारीलाई पक्राउ गरिएको छ ।

अमेरिकामा भएको प्रदर्शनलाई ‘नो किंग्स’ आन्दोलन नाम दिइएको छ । ट्रम्पको शासनमा देश तीव्र गतिमा तानाशाही प्रवृत्तितर्फ अघि बढिरहेको प्रदर्शनकारीको आरोप छ । यसअघि जुनमा भएको पहिलो ‘नो किंग्स’ प्रदर्शनका क्रममा करिब दुई हजार एक सयभन्दा बढी र्‍याली निकालिएको थियो । विश्वका शक्तिशाली देशहरूमा ‘ट्यारिफ वार’ र अन्य कूटनीतिले धम्क्याउँदै आएका ट्रम्प अहिले बाहिरी देशमा मात्र होइन, आफ्नै देशभित्र घेरिएका छन् । लाखौंको संख्यामा प्रदर्शनकारी सडकमा उत्रिए पनि अहिलेसम्म कुनै मानवीय क्षति भने नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
न्युयोर्कको टाइम्स स्क्वायर, बोस्टन, एटलान्टा र सिकागोको पार्कमा सबैभन्दा धेरै संख्यामा भीड जम्मा भएको थियो । यस्तै वासिङ्टन, लस एन्जल्स र रिपब्लिकन शासित थुप्रै राज्यमा पनि लाखौं व्यक्ति सडकमा उत्रिएका छन् । रिपब्लिकन पार्टीले भने प्रदर्शनलाई ‘हेट र्‍याली’ अर्थात् अमेरिकासँग घृणा गर्नेहरूको प्रदर्शन भनेको छ ।
यता ट्रम्पले ‘नो किंग्स’ प्रदर्शनको जवाफ एक एआई भिडियोमार्फत दिएका छन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा १ मिनेट २० सेकेन्डको भिडियो साझा गरेका छन् । जसमा उनी एक मुकुट लगाएर फाइटर जेटमा सवार भएको देखिएका छन् । जेटमा ‘किंग्स ट्रम्प’ लेखिएको छ । भिडियोमा ट्रम्प प्रदर्शनकारीमाथि मल खसाउँदै गरेको देखिन्छ ।

छुटाउनुभयो कि ?

४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह दबाबमा

४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह दबाबमा

काठमाडौंसाताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४३ दशमलव ८९ अंक घटेको छ । यो कमीपछि नेप्से परिसूचक २५१३ अंकमा कायम भएको छ ।...
बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

बुटवलभोटेकोशी नदीमा आएको विनासकारी बाढीवाट प्रभावित नागरिकहरुको राहत तथा पुनस्थापनाका लागि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमि...
विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

रुपन्देहीदेशमा आइपरेको विपद्को विषम परिस्थितिलाई मध्यनजर गर्दै रुपन्देही विद्युतिय व्यवसायी संघ, सैनामैना–कञ्चन गाउँ नगर समित...
रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

काठमाण्डौ — बाढीपीडितले राहत नपाएको गुनासो गरे पनि सरकारले भने राहत वितरण भैरहेको दाबी गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनी...