सिंहदरबारमा घाइते जेनजीका आक्रोश : सरकार हाम्रो हो जस्तो लागेन


काठमाडौं

घाइते जेनजीहरू आइतबार दिउँसो एक बजे सिंहदरबार छिर्ने तरखरमा थिए । करिब २५ जनाको समूह भित्र जाने पास कुर्दै थियो । कतिपय भने अगाडि नै नाम आएकाले छिर्न भ्याइहाले । कतिपय बाहिर अड्किए । केही सदस्य त्यहीँ थपिँदै थिए ।

सिंहदरबार गेटमा भेटिएका थिए- अम्बादत्त भट्ट । बैतडीका उनी भदौ २४ गते जेनजी आन्दोलनका क्रममा घाइते भएका रहेछन् । उनकाअनुसार बानेश्वरमा भदौ २३ गते राज्यतर्फबाट चलेको गोलीको घाइतेको लागि आवश्यक रगत उपलब्ध गराउने क्रममा उनी घाइते बने। ‘त्यो दिन जताजतै रगत अभाव भइरहेको भन्ने सुनेँ । अनि बानेश्वरमा संकलन भइरहेको रहेछ। त्यहीबेला रगत दिन लाग्दा ममाथि लाठ्ठीचार्ज भयो । टाउको फुट्यो,’ उनले भने ।
आन्दोलनका यी घाइते आइतबार दिउँसो सिंहदरबार गेटमै भेटिए । उनीसँगै अन्य पाँचजना सदस्य पनि थिए । एकजना बोलेपछि अरु नबोल्ने भन्दै पन्छिए । भट्टले नै ती पाँचजनाको प्रतिनिधित्व गर्दै भने, ‘आज प्रधानमन्त्रीलाई भेटेर कुरा गर्ने हो। हामीलाई अब प्रत्यक्ष कार्यकारी चाहियो । नौ वर्षमा दशवटा सरकार झेल्नुभन्दा एउटा कार्यकारी निर्वाचित आएपछि स्थायित्व हुन्छ। देशले गति लिन्छ।’
यसरी अन्तरिम सरकारले पाएको म्यान्डेटभन्दा फरक किसिमको मुद्धा बोकेर सिंहदरबार छिर्न खोजेका भट्ट आफ्ना माग पुरा नभए नछाड्ने ‘मुड’मा देखिन्छन् । ‘यसै भएन, उसै भएन । यो सरकारले सुनेन भने फेरि आन्दोलन गर्ने हो’ भन्दै आफ्नो आक्रोश पोख्छन् ।
भित्रबाट पास आएपछि ती पाका उमेरका घाइते सिंहदरबारभित्र प्रवेश गर्छन् । उनीसँगै भित्र छिर्दा गेटभन्दा केही अगाडि जम्मा भएर बसिरहेका थिए, अरु जेनजी घाइते । सबै पालैपालो भित्र छिर्दै त्यहाँ भेला भइरहेका थिए । उनीहरुको तयारी थियो, प्रधानमन्त्रीसामू आफ्ना कुरा राख्ने ।
तर, त्यहाँ भेला भएकाहरुसँग अनौपचारिक कुरा गर्दा उनीहरुमा त्यहाँ गएर के कुरा गर्ने स्पष्टता थिएन । घाइतेहरु एकमत सुनिएनन् । बरु आ–आफ्ना सुरमा विभिन्न मागहरु सुनाउँदै थिए ।

छुटाउनुभयो कि ?

‘गरिबलाई बाँच्न दे’ भन्दै रूपन्देहीमा सरकारविरुद्ध प्रदर्शन

‘गरिबलाई बाँच्न दे’ भन्दै रूपन्देहीमा सरकारविरुद्ध प्रदर्शन

बुटवलरुपन्देहीको बुटवलमा भूमिहीन र अव्यवस्थित बसोबासीहरूले सरकारको विरोधमा प्रदर्शन गरेका छन् ।उनीहरूले प्रधानमन्त्री बालेन श...
काठमाडौंमा हालसम्म १८ सय १६ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा

काठमाडौंमा हालसम्म १८ सय १६ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा

काठमाडौंसरकारले बागमती र यसका सहायक नदी किनारका जोखिमपूर्ण सार्वजनिक तथा सरकारी जग्गा खाली गराउने क्रममा हालसम्म १८ सय १६ परि...
अध्यादेश: राजनीतिक नियुक्ति खारेजीको बाटो खुल्यो

अध्यादेश: राजनीतिक नियुक्ति खारेजीको बाटो खुल्यो

काठमाडौँरामचन्द्र पौडेलले जारी गरेको ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’सँगै विभिन्न सरका...
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

काठमाडौंनेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ । युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक स...