Author: संचार पत्र

अझै सार्बजनिक भएन प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण, पारदर्शितामा चुक्यो सरकार

अझै सार्बजनिक भएन प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण, पारदर्शितामा चुक्यो सरकार

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँसरकार गठनको दुई महिना बितिसक्दा पनि सुशिला कार्कीसहित उनको मन्त्रिपरिषदका सदस्यहरुले सम्पत्ति विवरण सार्बजनिक गरेका छैनन् ।भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले दुई महिनासम्म पनि सम्पत्ति विवरण सार्बजनिक नगरेर यसअघिका सरकारहरुकै कामलाई निरन्तरता दिएकी छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री कार्की, अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओम प्रकाश अर्याल, कानुनमन्त्री अनिल कुमार सिन्हा र शिक्षामन्त्री महावीर पुनले सम्पत्ति विवरण बुझाएको उल्लेख छ ।त्यस्तै उर्जामन्त्री कुलमान घिसिङ, कृषिमन्त्री मदन परियार, सञ्चारमन्त्री जगदीश खरेल, स्वास्थ्यमन्त्री सुधा गौतम र खेलकुदमन्त्री बब्लु गुप्ताले सम्पत्ति विवरण अहिलेसम्म नबुझाएको उल्लेख छ । कार्की प्रधानमन्त्रीमा नियुक्त भएको दुई महिना पुगेको छ । भदौ २७ गते कार्कीले पद तथा गोपनियताको शपथ लिएकी थिइन् ।...
पामिर इन्टरनेशनल एकेडेमीमा हस्तलेखन कार्यशाला सुरु

पामिर इन्टरनेशनल एकेडेमीमा हस्तलेखन कार्यशाला सुरु

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, स्थानीय
तिलोत्तमा तिलोत्तमा–२, रुपन्देहीस्थित पामिर इन्टरनेशनल एकेडेमीमा चारदिने हस्तलेखन कार्यशाला सुरु भएको छ । मंसिर १ गतेसम्म सञ्चालन हुने यस कार्यशालामा कक्षा २ देखि १० सम्मका विद्यार्थीहरूको सहभागिता रहेको विद्यालयले जनाएको छ । कार्यशालामा प्रशिक्षक ओमप्रकाश बस्यालले विद्यार्थीहरूलाई सुन्दर र स्पष्ट लेखाइका लागि आवश्यक अभ्यास, अक्षर बनावट सुधार्ने तरिका, र लेखनशैलीमा ध्यान दिनुपर्ने पक्षबारे प्रशिक्षण दिइरहेका छन् । उनले हस्तलेखन सुधारले विद्यार्थीको ध्यान केन्द्रित गर्न, स्मरणशक्ति वृद्धि गर्न र शैक्षिक उपलब्धिमा सुधार ल्याउन सहयोग पु¥याउने बताए ।कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य गोपाल गौतमले हस्तलेखन केवल लेखाइको सौन्दर्य मात्र नभई विद्यार्थीको अनुशासन, ध्यान र व्यक्तित्व विकाससँग पनि सम्बन्धित रहेको उल्लेख गरे । उनले भने, “राम्रो हस्तलेखनले विद्यार्थीमा आत्मविश्वास र सकार...

देशभरको मौसम सफा

Breaking news 1, ताजा अपडेट, माैसम, समाचार
काठमाण्डौ – आज पनि देशभरको मौसम सफा छ । देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । आज राति देशभरको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । ...
कारागारबाट भागेका कैदीबन्दी पक्राउको लागि सहयोग गर्न भारतलाई नेपालको आग्रह

कारागारबाट भागेका कैदीबन्दी पक्राउको लागि सहयोग गर्न भारतलाई नेपालको आग्रह

Breaking news 2, ताजा अपडेट, विविध, समाचार
काठमाण्डौ – नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकमा नेपालको जेलबाट भागेका कैदी पक्राउदेखि खुला सीमाका कारण बढ्दो लागुऔषध तथा सीमापार अपराधको विषयमा छलफल भएको छ  । भारतको नयाँदिल्लीमा हिजोदेखि शुरू भएको बैठकमा नेपालले कैदीबन्दी पक्राउ र लुटिएका हतियार नियन्त्रणमा सहयोग गर्न भारतलाई आग्रह गरेको छ । फरार कैदीबन्दी र लुटिएका हतियारका कारण सुरक्षा चुनौती थपिएको भन्दै नेपालले नियन्त्रण गर्न भारतीय पक्षसँग आग्रह गरेको हो । बैठकमा सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले फरार कैदीबन्दी र लुटिएका हतियारका कारण दुबै देशमा सुरक्षा चुनौती हुनसक्ने भएकाले मिलेर नियन्त्रण गर्नुपर्ने बताउनुभएको हो । जवाफमा भारतीय समकक्षी सशस्त्र सीमा बल एसएसबीका महानिर्देशक सञ्जय सिंघलले यसबाट दुबै देशका लागि सुरक्षा चुनौती थपिएको भन्दै नियन्त्रणमा सहयोग गर्ने वचन दिनुभएको छ । नेपालले सीमामा नेपालीमाथि हुने दु...
मेलम्चीको समस्या समाधान, काठमाडौं पानी आउने बाटो खुल्यो

मेलम्चीको समस्या समाधान, काठमाडौं पानी आउने बाटो खुल्यो

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंमेलम्ची खानेपानी आयोजनामा देखिएको समस्यासमाधान भएको छ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मङ्गलबार अबेर भएको सहमतिअनुसार आयोजनाको पानी पथान्तरणसँग जोडिएको समस्या समाधान भएको हो ।सहमतिअनुसार, आयोजना प्रभावित क्षेत्रमा रहेका स्थानीय तह, स्थानीय सामाजिक उत्थान कार्यक्रम समितिहरु, बाढीपीडित सङ्घर्ष समिति, स्थानीय भेण्डर तथा भाडावाल जस्ता विभिन्न सरोकारवालाबाट समय समयमा राखिएका मागका समबेधन गरिनेछ ।‘मेलम्ची खानेपानी विकास समितिको गठन आदेश, २०७९ जारी भएपछि अर्थ मन्त्रालयबाट पुँजीगत रकम निकासा प्रक्रियामा देखिएको प्राविधिक जटिलताको कारणले आव २०७९/८० देखि हालसम्म रकम निकासा हुन नसकेको विषयलाई फुकाउनका लागि स्थानीय तहबाट प्राप्त लिखित सहमति समेतको आधारमा मेलम्ची खानेपानी विकास समिति सञ्चालक समितिबाट भएको निर्णय बमोजिमको मस्यौदा तयार गरी संशोधनका लागि सम्बन्धित निकायमा पेस गरिनेछ’, ...
जापान भ्रमण प्रकरणः तिलोत्तमाले बर्खास्त ग-यो कर्मचारी

जापान भ्रमण प्रकरणः तिलोत्तमाले बर्खास्त ग-यो कर्मचारी

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
रूपन्देहीतिलोत्तमा नगरपालिकाले जापान भ्रमणसम्बन्धी समाचार सार्वजनिक भएपछि कम्प्युटर अपरेटर पदमा नियुक्त सन्जु पौडेललाई बर्खास्त गरेको छ । नगर प्रमुख रामकृष्ण खाणद्वारा जारी विज्ञप्तीमा कात्तिक २६ गतेदेखि लागु हुने गरी पौडेललाई पदमुक्त गरिएको उल्लेख छ । जापानमा आयोजित सम्मेलनमा सहभागी हुन जाने भनिएका तीनजना कर्मचारीहरुलाई स्पष्टीकरण सोधिएको र आन्तरिक छानविन समेत गरिएकोमा तीमध्ये करार सेवामा कार्यरत कम्प्युटर अपरेटर सञ्जु पौडेलले कार्यालयको स्वीकृति र समन्वयबिना अनधिकृतरुपमा कार्यालयको कागजात प्रयोग गरेको भन्दै बर्खास्त नगरपालिकाले बर्खास्त गरेको विज्ञप्तीमा उल्लेख छ ।विज्ञप्तिअनुसार, जापानको योकोहामा सहरमा हुने भनिएको एशिया स्मार्ट सिटी कन्फ्रेन्स २०२५ मा सहभागिता सम्बन्धी कुनै निर्णय नगरपालिकाले गरेको थिएन । आयोजक संस्थाबाट सम्भावित सहभागिताको जानकारी मात्र आएको र सो कार्यक्रमका ला...
भीम रावलले गरे नेकपासंग सहमति पत्रमा हस्ताक्षर

भीम रावलले गरे नेकपासंग सहमति पत्रमा हस्ताक्षर

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौंमातृभूमि जागरण अभियान नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको छ। घोषणा सभाअघि नेकपाका संयोजक प्रचण्ड र अभियानका नेता भीम रावलले औपचारिक रुपमा सहमति पत्रमा हस्ताक्षर गरेका छन्।घोषणा सभा केहीबेरमा राष्ट्रिय सरावललाई नेकपामा छैटौँ वरीयता दिने सहमति बनेको छ। त्यसअघि प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ रहनेछन् ।सभालाई संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल र नेता रावलले सम्बोधन गर्नेछन्। ...
गोरुसिङ्गे–सन्धिखर्क सडक बुधबारदेखि दैनिक छ घण्टा बन्द हुने

गोरुसिङ्गे–सन्धिखर्क सडक बुधबारदेखि दैनिक छ घण्टा बन्द हुने

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, स्थानीय
अर्घाखाँची सडक मर्मत तथा स्तरोन्नतिको लागि गोरुसिङ्गे सन्धिखर्क सडक दैनिक छ घण्टा बन्द हुने भएको छ ।गोरुसिङ्गे सन्धिखर्क सडकअन्तर्गत शितगङ्गा नगरपालिकामा पर्ने ठाडादेखि घुम्ती सडक खण्डमा मर्मत एवं स्तरोन्नतिको लागि दैनिक छ घण्टा सडक बन्द हुने भएको शिवपुर सडक डिभिजन कार्यालयका प्रमुख इञ्जिनियर सविन कोइरालाले जानकारी दिए ।जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको अध्यक्षतामा आज बसेको सर्वपक्षीय निर्णयअनुसार भोलि बुधबारदेखि मङ्सिर १० गतेसम्म दैनिक बिहान १०ः०० बजेदेखि दिनको ४ः०० बजेसम्म सडक बन्द गरी सडक मर्मत तथा स्तरोन्नतिको कार्य गरिने निर्णय भएको हो । पूर्वपश्चिम राजमार्गको गोरुसिङ्गेबाट सदरमुकाम सन्धिखर्कसम्म सडकको लम्बाइ दूरी ६८ किलो मिटर र चौडाइ केही ठाउँमा सात मिटर र केही स्थानमा पाँच मिटर रहेको डिभिजन शिवपुरका डिभिजन प्रमुख इञ्जिनियर कोइर...
आज विश्व निमोनिया दिवस मनाइँदै

आज विश्व निमोनिया दिवस मनाइँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँ नेपाल सहित संसारका विभिन्न देशमा आज विश्व निमोनिया दिवस मनाइँदै छ। निमोनियाबारे चेतना फैलाउने गतिविधिका साथै बालबालिका मृत्यु दर घटाउने तथा निमोनिया रोकथाम एवं सशक्त स्वास्थ्य प्रणालीमा जोड दिन निमोनिया दिवस मनाउन लागिएको हो। विश्व स्वास्थ्य संगठनको आह्वानमा मनाइने यो दिवसका अवसरमा नेपाल सरकारले पनि रोकथाममुखी स्वास्थ्य सेवा र सबल स्वास्थ्य प्रणाली निर्माणमा जोड दिएको छ।बालबालिका बचाऔं, सशक्त स्वास्थ्य प्रणाली, रोकथाम र उपचारमा लगानी गरौं’ भन्ने नाराका साथ आज देशका विभिन्न अस्पताल एवं स्वास्थ्य संस्थामा चेतनामूलक कार्यक्रम आयोजना हुने मन्त्रालयले जनाएको छ। निमोनिया बालबालिकामा हुने मृत्युका प्रमुख कारणमध्ये एक हो। सरकारले निमोनिया नियन्त्रणका लागि प्राथमिक स्वास्थ्य सेवामा लगानी बढाउन, स्वास्थ्यकर्मीको सीप अभिवृद्धि गर्न र आम जनतालाई रोगको जोखिम र रोकथामबारे सचेत गरा...
लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवललुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लामो समयदेखि प्रतिक्षित एमआरआई मेशिन जडानको काम सुरु भएको छ । अस्पतालमा एमआरआई मेशिन आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयरले मेशिन जडानको कामलाई धमाधम अघि बढाएको छ ।मेसिन जडान गरी आगामी २ महिना भित्रमै सेवा सूचारु गर्ने लक्ष्यसहित तिब्रताकासाथ जडानको काम भैरहेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले जानकारी दिए । लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा जडान गर्न लागिएको एमआरआई मेशिन सञ्चालन भएसँगै यस क्षेत्रका सेवाग्राहीलाई निजी अस्पतालहरुमा गएर मङ्गोमा सेवा लिनुपर्ने बाध्यताको अन्त्य हुने मेसु ढकालले बताए । ‘करिब १२ करोड लागतमा जडान गर्न लागिएको एमआरआई मेशिन सञ्चालन भएसँगै जनताले अति न्यून शुल्कमा सेवा लिन पाउने छन् ।’–उनले भने, ‘विगत ५ वर्षदेखि प्रदेश सकारले गर्दै आएको प्रयासले बल्ल अहिले साकार रुप प्राप्त गर्न लागेको छ ।’ ओपीडी सेवा तर्फ...