Author: संचार पत्र

सिमरा विमानस्थल क्षेत्रमा झडप, बेलुकी ८ बजेसम्म कर्फ्यु

सिमरा विमानस्थल क्षेत्रमा झडप, बेलुकी ८ बजेसम्म कर्फ्यु

Breaking news 1, विविध, समाचार
काठमाण्डाै – बाराको सिमरा विमानस्थल क्षेत्रमा झडप भएपछि कर्फ्यु आदेश जारी भएको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले दिउँसो साढे १२ बजेदेखि बेलुकी ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गर्नुभएको हो । विमानस्थल आसपास क्षेत्रमा जेनजी समूह र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएपछि प्रशासन कार्यालयले कर्फ्यु लगाएको हो । सिमरा विमानस्थलमा एमाले नेतालाई स्वागत गर्न भेला भएका कार्यकर्ता र जेनजी समूहबीच झडप भएको हो । आज बारामा हुने पार्टीको कार्यक्रमका लागि एमाले नेताहरू शङ्कर पोखरेल, महेश बस्नेतलगायत सिमरा जाने कार्यक्रम थियो । झडपपछि सिमरा विमानस्थलमा काठमाण्डौबाट विमान गएको छैन । ...
देशभरको मौसम सफा : कोशी प्रदेशको हिमाली एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभरको मौसम सफा : कोशी प्रदेशको हिमाली एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

Breaking news 1, ताजा अपडेट, माैसम, समाचार
काठमाण्डौ – आज देशभरको मौसम सफा छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी, वागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने अनुमान छ । महाशाखाका अनुसार कोशी प्रदेशको हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । काठमाण्डौ उपत्यकामा आज बिहान पौने ६ बजे न्यूनतम तापक्रम ९ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । आज काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस रहने अनुमान छ । देशभर चिसो बढेको ...
एनपीएल क्रिकेटमा विराटनगरले पोखरालाई ५३ रनले हरायो : आज काठमाण्डौ र सुदूरपश्चिम खेल्दै

एनपीएल क्रिकेटमा विराटनगरले पोखरालाई ५३ रनले हरायो : आज काठमाण्डौ र सुदूरपश्चिम खेल्दै

Breaking news 2, खेलकुद, ताजा अपडेट, समाचार
एनपिएलः पोखरा एभेन्जर्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलबार नेपाल प्रिमियर लिग ९एनपिएल० क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा पोखरा एभेन्जर्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदै । तस्बिरः प्रदीपराज वन्तररासस काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इतिहासमै अहिलेसम्मकै सर्वाधिक रन बनेको खेलमा विराटनगर किङ्सले पोखरा एभेन्जर्सलाई ५३ रनले हराएको छ । हिजो भएको खेलमा विराटनगरले दिएको २२१ रनको लक्ष्य पछ्याएको पोखराले १८ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १६७ रन बनायो । पोखराका कप्तान कुशल भुर्तेलले सर्वाधिक ५९ रन बनाए । ओपनर एडम रोसिङ्टनले ३९ रन जोडे । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२० रन बनाएको थयो । उसका ओपनर लोकेश बमले ...
विद्युतीय व्यावसायी महासंघको अधिवेशन सम्पन्न, रुपन्देहीका पाण्डे उपाध्यक्षमा निर्वाचित

विद्युतीय व्यावसायी महासंघको अधिवेशन सम्पन्न, रुपन्देहीका पाण्डे उपाध्यक्षमा निर्वाचित

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, स्थानीय
बुटवलनेपाल विद्युतीय व्यवसायी महासंघको कार्तिक २९ गते सम्पन्न १६औं वार्षिक साधारण सभा एवं छैठौं महाधिवेशनबाट दिलिप कुमार अग्रवालको अध्यक्षता नयाँ कार्यसमिति निर्वाचित भएको छ। महासंघको तृतीय उपाध्यक्षमा विद्युतिय व्यवसायी संघ रूपन्देहीका पुर्व अध्यक्ष प्रकाश चन्द्र पाण्डे निर्वाचित भएका छन्। रुपन्देहीबाटै सचिवमा लोकनाथ पोखरेल र कार्यसमिति सदस्य लुम्बिनी प्रदेशबाट दिपक पौडेल निर्वाचित भएका छन्। देशको औद्योगिक एवं वाणिज्य क्षेत्रको सर्वाङ्गिण विकाश तथा विद्युत क्षेत्रसंग प्रत्यक्ष संलग्न भई विद्युतिय क्षेत्रसंग प्रत्यक्ष रुपमा संलग्न पेशागत व्यवसायीहरुको संस्था नेपाल विद्युतिय व्यवसायी महासंघ हो। नेपाल भरमा जिल्ला, नगर संघहरु एवं एसोसिएट सदस्यहरु रहेको विद्युतीय व्यवसायीहरूको छाता संस्था नेपाल विद्युतीय व्यवसायी महासंघको सातौं कार्यकालका (आगामि तिन बर्षको) लागि १९ सदस्यी...
बुटवलमा हिरो एक्सचेन्ज मेला सञ्चालनमा

बुटवलमा हिरो एक्सचेन्ज मेला सञ्चालनमा

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, स्थानीय
रुपन्देहीबुटवलमा हिरो मोटरसाइकल तथा स्कुटरका ग्राहकका लागि विशेष एक्सचेन्ज क्याम्प सुरु भएको छ।सिजी मोटर्स अन्तर्गतको हिमालयन अटो ट्रेडिङले सञ्चालन गरेको यो क्याम्पमा पुरानो सवारी साटेर नयाँ हिरो मोडेलमा आकर्षक छुट, बोनस तथा विशेष सुविधा प्रदान गरिँदैछ। हिरो एक्सचेन्ज तथा इभल्भ’ नामक विशेष क्याम्प मार्फत कम्पनीले पुरानो सवारी साट्दा कम्तीमा २५ हजार रुपैयाँसम्मको न्यूनतम मूल्यांकन प्रदान गर्ने घोषणा गरेको छ।जसले विभिन्न वर्षका तथा विभिन्न अवस्थामा रहेका सवारी धनीका लागि सहज र आकर्षक अवसर सिर्जना गरेको छ। पुरानो सवारीको वास्तविक मूल्यभन्दा बाहेक थप १० हजार रुपैयाँ बोनस प्रदान गरिने भएपछि धेरै ग्राहकले पुरानो मोडेल परिवर्तन गरी नयाँ हिरो मोडेल रोज्ने वातावरण बनाइएको छ। एक्सचेन्ज नगरी सोझै नयाँ मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकका लागि पनि ८ हजार रुपैयाँ नगद छुट उपलब्ध गराइएको छ,...
वायु सेवा निगमका डाइभर्ट भएका जहाज अबदेखि भैरहवामा अवतरण हुने

वायु सेवा निगमका डाइभर्ट भएका जहाज अबदेखि भैरहवामा अवतरण हुने

Breaking news 1, ताजा अपडेट, विविध, समाचार
काठमाण्डौ – नेपाल वायुसेवा निगमले अबदेखि आफ्नो जहाज डाइभर्ट गर्नुपर्ने अवस्थामा भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गर्ने भएको छ । अहिलेसम्म डाइभर्टका लागि भारतका विमानस्थलहरू प्रयोग गर्नुपर्ने बाध्यता रहँदै आएकोमा अब भैरहवा विमानस्थल उपयोग गर्न सकिने व्यवस्था लागू भएको निगमले जनाएको छ । भोलिदेखि लागू हुने गरी कुनै पनि कारणले काठमाण्डौबाट जहाज डाइभर्ट गर्नुपरे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवालाई वैकल्पिक विमानस्थलका रुपमा प्रयोग गर्ने निगमले निर्णय गरेको हो । यसले डाइभर्टमा लाग्ने खर्च तथा समय दुवै बचत हुने निगमको भनाइ छ । यस्तै निगमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पनि वैकल्पिक विमानस्थलका रूपमा उपयोग गर्न अध्ययन प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ ।  ...
पूर्व प्रधानमन्त्री शेख हसिनालाई तुरुन्तै बुझाउन भारतसँग बंगलादेशको माग

पूर्व प्रधानमन्त्री शेख हसिनालाई तुरुन्तै बुझाउन भारतसँग बंगलादेशको माग

Breaking news 2, ताजा अपडेट, विदेश, समाचार
बंगलादेशको विदेश मन्त्रालयले शेख हसिना र असदुज्जमान खानलाई तुरुन्तै बुझाउन भारतसँग माग गरेको छ । मानवताविरुद्धका अपराधमा दोषी ठहरिएका व्यक्तिलाई कुनै देशले आश्रय दिनु न्यायको अवहेलनाका रूपमा लिईने बंगलादेशले जनाएको छ । जवाफमा भारतीय विदेश मन्त्रालयले भारत बंगलादेशमा शान्ति, लोकतन्त्र, र स्थिरता चाहने बताएको छ । भारतले हसिनालाई बुझाउने वा नबुझाउनेबारे स्पष्ट जवाफ नदिई कूटनीतिक भाषा प्रयोग गरेको बीबीसीको खबरमा उल्लेख छ । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले शेख हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खान कमाललाई गएको वर्षको जुलाई र अगस्टमा भएका विद्रोह र हिंसात्मक घटनामा मानवताविरुद्धका अपराधमा दोषी ठहर गर्दै हिजो मृत्युदण्डको सजाय सुनाएको छ । दुवैजना अहिले भारतमा निर्वासनमा बसिरहेका छन् । ३ सदस्यीय न्यायाधिकरणले ४ सय ५३ पानामा विस्तृत फैसलासहित हसिनालाई पाँचमध्ये दुई आरोपमा...
एक लाख २० हजार निर्वाचन सुरक्षा प्रहरी भर्ती गर्ने निर्णय

एक लाख २० हजार निर्वाचन सुरक्षा प्रहरी भर्ती गर्ने निर्णय

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ सरकारले फागुन २१ गते तोकेको निर्वाचनका लागि एक लाख २० हजार निर्वाचन सुरक्षा प्रहरी (म्यादी प्रहरी) भर्ना गर्ने भएको छ। आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत गरेको हो। योजना अनुसार एक लाख २० हजार निर्वाचन सुरक्षा प्रहरी आवश्यक पर्ने र ती प्रहरी कति समयका लागि भर्ना गर्ने भन्ने बजेट अनुसार हुनेछ। ‘हामीले आवश्यक संख्याको कुरा गरेका छौँ। अब यसमा सरकारले दिने बजेट अनुसार कति समयका लागि खटाउने भन्ने निर्णय हुन्छ,’ केन्द्रीय सुरक्षा समितिको बैठकमा सहभागी एक सुरक्षा अधिकारीले भने। यसअघि निर्वाचनमा निश्चित समयका लागि खटाइने सुरक्षा जनशक्तिलाई म्यादी प्रहरी भनिँदै आएको थियो। तर यसपटकदेखि म्यादी प्रहरी नभनेर निर्वाचन सुरक्षा प्रहरी भन्ने पनि निर्णय भएको छ। एकीकृत निर्वाचन सुरक्षा योजना तयार गर्न गृह मन्त्रालयका सहसचिव आनन्द क...
लुटिएका हतियार खोज्न सेनासहितको विशेष अप्रेसन

लुटिएका हतियार खोज्न सेनासहितको विशेष अप्रेसन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते लुटिएका सुरक्षाकर्मीका हतियार खोज्न विशेष अप्रेसन चलाउने निर्णय भएको छ। आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले आगामी निर्वाचनका लागि सबैभन्दा चुनौती नै लुटिएका हतियार र फरार कैदीबन्दी रहेको निष्कर्षसहित त्यसका लागि चारवटै सुरक्षाकर्मी सम्मिलित अप्रेसन चलाउनु पर्ने निर्णय गरेको हो। केन्द्रीय सुरक्षा समितिको बैठकले यसका लागि जिल्ला सुरक्षा समितिलाई निर्देशन दिनेछ। त्यसपछि जिल्ला सुरक्षा समितिले आ आफ्नो जिल्लामा नेपाली सेनासहित चार वटै सुरक्षाकर्मीको संयुक्त अप्रेसन चलाएर हतियारको खोजी गर्न थाल्नेछन्। प्रहरी प्रधान कार्यालयका अनुसार अझै ६ सय जति हतियार फेला परेका छैनन्। जेनजी आन्दोलनका क्रममा काठमाडौँसँगै उपत्यका बाहिरका जिल्लाबाट पनि प्रहरीका हतियार लुटपाट भएका थिए। तीमध्ये केही त्यतिबेलै नेपाली सेनालाई बुझाएका थिए भने कतिपय पछि प्रहरीले...

दृष्टिविहीन महिला टी–२० विश्वकप : नेपालले अमेरिकालाई १० विकेटले हरायाे

Breaking news 1, खेलकुद, ताजा अपडेट, स्थानीय
काठमाण्डाै – भारतमा चलिरहेको दृष्टिविहीन महिला टी–२० विश्वकपमा नेपालले अमेरिकालाई १० विकेटले हराएको छ । अमेरिकाले दिएको १८ रनको लक्ष्य नेपालले ४ बलमै १ विकेट पनि नगुमाई भेटायो । नेपालकी दिल्लीसरा धमलाले १२ रन बनाइन् । नेपालले ६ रन अतिरिक्त पायो । यसअघि बेङ्गलुरुमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले ९ ओभर ४ बलमा १७ रन बनाउँदा सबै विकेट गुमायो । अमेरिकाका कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । अमेरिकाले १३ रन अतिरिक्त पाएको थियो । नेपालकी दिल्लीसरा धमलाले ३ विकेट लिइन् । प्रतियोगितामा नेपालको यो तेस्रो जीत हो । यसअघि नेपालले अस्ट्रेलियालाई ८ विकेट र श्रीलङ्कालाई ९ विकेटले हराएको थियो भने भारतसँग ८५ रनले पराजित भएको थियो । ...