एनपीएल क्रिकेटमा विराटनगरले पोखरालाई ५३ रनले हरायो : आज काठमाण्डौ र सुदूरपश्चिम खेल्दै


एनपिएलः पोखरा एभेन्जर्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलबार नेपाल प्रिमियर लिग ९एनपिएल० क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा पोखरा एभेन्जर्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदै । तस्बिरः प्रदीपराज वन्तररासस

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इतिहासमै अहिलेसम्मकै सर्वाधिक रन बनेको खेलमा विराटनगर किङ्सले पोखरा एभेन्जर्सलाई ५३ रनले हराएको छ ।

हिजो भएको खेलमा विराटनगरले दिएको २२१ रनको लक्ष्य पछ्याएको पोखराले १८ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १६७ रन बनायो । पोखराका कप्तान कुशल भुर्तेलले सर्वाधिक ५९ रन बनाए । ओपनर एडम रोसिङ्टनले ३९ रन जोडे ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२० रन बनाएको थयो । उसका ओपनर लोकेश बमले सर्वाधिक ७२ रन बनाए । एनपीएल क्रिकेटमा आज एउटा खेल हुँदैछ । आज दिउँसो ४ बजे काठमाण्डौ गुर्खाज र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । 

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...