एनपीएल क्रिकेटमा विराटनगरले पोखरालाई ५३ रनले हरायो : आज काठमाण्डौ र सुदूरपश्चिम खेल्दै


एनपिएलः पोखरा एभेन्जर्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलबार नेपाल प्रिमियर लिग ९एनपिएल० क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा पोखरा एभेन्जर्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदै । तस्बिरः प्रदीपराज वन्तररासस

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इतिहासमै अहिलेसम्मकै सर्वाधिक रन बनेको खेलमा विराटनगर किङ्सले पोखरा एभेन्जर्सलाई ५३ रनले हराएको छ ।

हिजो भएको खेलमा विराटनगरले दिएको २२१ रनको लक्ष्य पछ्याएको पोखराले १८ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १६७ रन बनायो । पोखराका कप्तान कुशल भुर्तेलले सर्वाधिक ५९ रन बनाए । ओपनर एडम रोसिङ्टनले ३९ रन जोडे ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२० रन बनाएको थयो । उसका ओपनर लोकेश बमले सर्वाधिक ७२ रन बनाए । एनपीएल क्रिकेटमा आज एउटा खेल हुँदैछ । आज दिउँसो ४ बजे काठमाण्डौ गुर्खाज र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । 

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...