लुटिएका हतियार खोज्न सेनासहितको विशेष अप्रेसन


जेनजी आन्दोलनका क्रममा भदौ २४ गते लुटिएका सुरक्षाकर्मीका हतियार खोज्न विशेष अप्रेसन चलाउने निर्णय भएको छ।

आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले आगामी निर्वाचनका लागि सबैभन्दा चुनौती नै लुटिएका हतियार र फरार कैदीबन्दी रहेको निष्कर्षसहित त्यसका लागि चारवटै सुरक्षाकर्मी सम्मिलित अप्रेसन चलाउनु पर्ने निर्णय गरेको हो।

केन्द्रीय सुरक्षा समितिको बैठकले यसका लागि जिल्ला सुरक्षा समितिलाई निर्देशन दिनेछ। त्यसपछि जिल्ला सुरक्षा समितिले आ आफ्नो जिल्लामा नेपाली सेनासहित चार वटै सुरक्षाकर्मीको संयुक्त अप्रेसन चलाएर हतियारको खोजी गर्न थाल्नेछन्।

प्रहरी प्रधान कार्यालयका अनुसार अझै ६ सय जति हतियार फेला परेका छैनन्। जेनजी आन्दोलनका क्रममा काठमाडौँसँगै उपत्यका बाहिरका जिल्लाबाट पनि प्रहरीका हतियार लुटपाट भएका थिए। तीमध्ये केही त्यतिबेलै नेपाली सेनालाई बुझाएका थिए भने कतिपय पछि प्रहरीले बरामद गरेको थियो।
अहिले पनि दिनहुँ छिटफुट हतियार बरामद भइरहेको छ। प्रहरीले पछिल्लो समय लुटिएका हतियार केन्द्रीय अप्रेसन चलाइरहँदा पनि अपेक्षित हतियार फिर्ता आउन नसकेपछि अन्य सुरक्षा निकायसहितको अप्रेसन चलाउने निर्णय भएको हो।

निर्वाचनमा फरार कैदीबन्दीलाई पनि सुरक्षा जोखिमको रुपमा लिइएको छ। तर उनीहरू कतिपय देशै छाडेर भागेका, कतिपय पक्राउ पर्ने क्रम चलिरहेकाले हतियारलाई केन्द्रित गरेर संयुक्त अप्रेसन चलाउन लागिएको हो।

निर्वाचनलाई लक्षित गरेर सबै जिल्लालाई आ–आफ्नो क्षेत्रको सुरक्षा योजना प्रस्तुत गर्न पनि भनिएको छ। यसअघि गृह मन्त्रालयले सहसचिव आनन्द काफ्लेको संयोजकत्वमा एकीकृत निर्वाचन सुरक्षा योजना तयार गर्न समिति बनाएको थियो। समितिमा चार वटै सुरक्षा निकायका प्रतिनिधि सामेल थिए।

यो समितिको सिफारिस अनुसार नै निर्वाचन सुरक्षाका लागि थप बदम चाल्न लागिएको हो।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...