लुटिएका हतियार खोज्न सेनासहितको विशेष अप्रेसन


जेनजी आन्दोलनका क्रममा भदौ २४ गते लुटिएका सुरक्षाकर्मीका हतियार खोज्न विशेष अप्रेसन चलाउने निर्णय भएको छ।

आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले आगामी निर्वाचनका लागि सबैभन्दा चुनौती नै लुटिएका हतियार र फरार कैदीबन्दी रहेको निष्कर्षसहित त्यसका लागि चारवटै सुरक्षाकर्मी सम्मिलित अप्रेसन चलाउनु पर्ने निर्णय गरेको हो।

केन्द्रीय सुरक्षा समितिको बैठकले यसका लागि जिल्ला सुरक्षा समितिलाई निर्देशन दिनेछ। त्यसपछि जिल्ला सुरक्षा समितिले आ आफ्नो जिल्लामा नेपाली सेनासहित चार वटै सुरक्षाकर्मीको संयुक्त अप्रेसन चलाएर हतियारको खोजी गर्न थाल्नेछन्।

प्रहरी प्रधान कार्यालयका अनुसार अझै ६ सय जति हतियार फेला परेका छैनन्। जेनजी आन्दोलनका क्रममा काठमाडौँसँगै उपत्यका बाहिरका जिल्लाबाट पनि प्रहरीका हतियार लुटपाट भएका थिए। तीमध्ये केही त्यतिबेलै नेपाली सेनालाई बुझाएका थिए भने कतिपय पछि प्रहरीले बरामद गरेको थियो।
अहिले पनि दिनहुँ छिटफुट हतियार बरामद भइरहेको छ। प्रहरीले पछिल्लो समय लुटिएका हतियार केन्द्रीय अप्रेसन चलाइरहँदा पनि अपेक्षित हतियार फिर्ता आउन नसकेपछि अन्य सुरक्षा निकायसहितको अप्रेसन चलाउने निर्णय भएको हो।

निर्वाचनमा फरार कैदीबन्दीलाई पनि सुरक्षा जोखिमको रुपमा लिइएको छ। तर उनीहरू कतिपय देशै छाडेर भागेका, कतिपय पक्राउ पर्ने क्रम चलिरहेकाले हतियारलाई केन्द्रित गरेर संयुक्त अप्रेसन चलाउन लागिएको हो।

निर्वाचनलाई लक्षित गरेर सबै जिल्लालाई आ–आफ्नो क्षेत्रको सुरक्षा योजना प्रस्तुत गर्न पनि भनिएको छ। यसअघि गृह मन्त्रालयले सहसचिव आनन्द काफ्लेको संयोजकत्वमा एकीकृत निर्वाचन सुरक्षा योजना तयार गर्न समिति बनाएको थियो। समितिमा चार वटै सुरक्षा निकायका प्रतिनिधि सामेल थिए।

यो समितिको सिफारिस अनुसार नै निर्वाचन सुरक्षाका लागि थप बदम चाल्न लागिएको हो।

छुटाउनुभयो कि ?

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

३० पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित ...
कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

३० पुस, काठमाडौं । झण्डै आठ दशक लामो इतिहास बोकेको दल नेपाली कांग्रेस तेस्रोपटक विभाजित भएको छ । नेतृत्वको कार्य शैलीका कार...
नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री रुष्टकाठमाडौंनेपाल स्टक एक्सचेन्जको पुनर्संरचनाको लागि भन्दै बनेको अध्ययन समिति...
कांग्रेसमा विद्रोह

कांग्रेसमा विद्रोह

काठमाडौंभदौ २३ र २४ मा जेनजीले गरेको विद्रोहको मुख्य निशानामा दुई राजनीतिक पात्र थिए- तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्...