पूर्व प्रधानमन्त्री शेख हसिनालाई तुरुन्तै बुझाउन भारतसँग बंगलादेशको माग


बंगलादेशको विदेश मन्त्रालयले शेख हसिना र असदुज्जमान खानलाई तुरुन्तै बुझाउन भारतसँग माग गरेको छ । मानवताविरुद्धका अपराधमा दोषी ठहरिएका व्यक्तिलाई कुनै देशले आश्रय दिनु न्यायको अवहेलनाका रूपमा लिईने बंगलादेशले जनाएको छ ।

जवाफमा भारतीय विदेश मन्त्रालयले भारत बंगलादेशमा शान्ति, लोकतन्त्र, र स्थिरता चाहने बताएको छ । भारतले हसिनालाई बुझाउने वा नबुझाउनेबारे स्पष्ट जवाफ नदिई कूटनीतिक भाषा प्रयोग गरेको बीबीसीको खबरमा उल्लेख छ । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले शेख हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खान कमाललाई गएको वर्षको जुलाई र अगस्टमा भएका विद्रोह र हिंसात्मक घटनामा मानवताविरुद्धका अपराधमा दोषी ठहर गर्दै हिजो मृत्युदण्डको सजाय सुनाएको छ ।

दुवैजना अहिले भारतमा निर्वासनमा बसिरहेका छन् । ३ सदस्यीय न्यायाधिकरणले ४ सय ५३ पानामा विस्तृत फैसलासहित हसिनालाई पाँचमध्ये दुई आरोपमा मृत्युदण्ड र अन्यमा आजीवन कारावास सुनाएको हो । पूर्व गृहमन्त्री कमाललाई पनि मृत्युदण्ड र पूर्व प्रहरी महानिरीक्षक अब्दुल्ला अल मनुनलाई सरकारी साक्षी बनेपछि पाँच वर्षको सजाय तोकिएको छ । फैसला सार्वजनिक भइरहँदा ढाका अदालत परिसरमा ठूलो भीड जम्मा भई नारा जुलुस देखिएको बीबीसीले जनाएको छ ।

अभियोजनपक्षका अनुसार त्यतिबेला भएको विद्रोहमा १ हजार ४ सयको ज्यान गएको थियो भने झन्डै २५ हजार घाइते भएका थिए । हसिनामाथि रंगपुरका विद्यार्थी अबु सैदको हत्या, ढाका चंखर पुलमा ६ जनाको हत्या र ५ अगस्ट सन् २०२४ मा अशुलियामा भएका सामूहिक गोलीकाण्ड तथा शव जलाउने घटनामा संलग्नताको आरोप लगाइएको थियो

छुटाउनुभयो कि ?

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

३० पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित ...
कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

३० पुस, काठमाडौं । झण्डै आठ दशक लामो इतिहास बोकेको दल नेपाली कांग्रेस तेस्रोपटक विभाजित भएको छ । नेतृत्वको कार्य शैलीका कार...
नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री रुष्टकाठमाडौंनेपाल स्टक एक्सचेन्जको पुनर्संरचनाको लागि भन्दै बनेको अध्ययन समिति...
कांग्रेसमा विद्रोह

कांग्रेसमा विद्रोह

काठमाडौंभदौ २३ र २४ मा जेनजीले गरेको विद्रोहको मुख्य निशानामा दुई राजनीतिक पात्र थिए- तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्...