बुटवलमा हिरो एक्सचेन्ज मेला सञ्चालनमा


रुपन्देही
बुटवलमा हिरो मोटरसाइकल तथा स्कुटरका ग्राहकका लागि विशेष एक्सचेन्ज क्याम्प सुरु भएको छ।
सिजी मोटर्स अन्तर्गतको हिमालयन अटो ट्रेडिङले सञ्चालन गरेको यो क्याम्पमा पुरानो सवारी साटेर नयाँ हिरो मोडेलमा आकर्षक छुट, बोनस तथा विशेष सुविधा प्रदान गरिँदैछ।

हिरो एक्सचेन्ज तथा इभल्भ’ नामक विशेष क्याम्प मार्फत कम्पनीले पुरानो सवारी साट्दा कम्तीमा २५ हजार रुपैयाँसम्मको न्यूनतम मूल्यांकन प्रदान गर्ने घोषणा गरेको छ।जसले विभिन्न वर्षका तथा विभिन्न अवस्थामा रहेका सवारी धनीका लागि सहज र आकर्षक अवसर सिर्जना गरेको छ।

पुरानो सवारीको वास्तविक मूल्यभन्दा बाहेक थप १० हजार रुपैयाँ बोनस प्रदान गरिने भएपछि धेरै ग्राहकले पुरानो मोडेल परिवर्तन गरी नयाँ हिरो मोडेल रोज्ने वातावरण बनाइएको छ। एक्सचेन्ज नगरी सोझै नयाँ मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकका लागि पनि ८ हजार रुपैयाँ नगद छुट उपलब्ध गराइएको छ, जसले यस क्याम्पलाई अझ आकर्षक बनाएको छ।

क्याम्पमा सहभागी हुने ग्राहकले नयाँ बाइक किन्दा हेल्मेट, बाइक कभर, ब्याग र ग्लोभ्स जस्ता आवश्यक एक्सेसरीज निःशुल्क प्राप्त गर्न सक्नेछन्। सजिलो किस्ताबन्दीको सुविधा चाहनेका लागि जगदम्बा हायर पर्चेजमार्फत तत्काल र सरल फाइनान्स सुविधा प्रदान गरिएको छ, जसका कारण न्यूनतम कागजातमै नयाँ सवारी घर लैजान सकिनेछ।

यस वर्ष हिरोले बजारमा ल्याएको नयाँ मोडेल XOOM 125R पनि ‘न्यू अराइभल’ का रूपमा सोही क्याम्पमा प्रदर्शित गरिएको छ। आधुनिक डिजाइन र आकर्षक स्टाइल भएको यो मोडेलले युवा ग्राहकको ध्यान विशेष रूपमा तानेको कम्पनीले बताएको छ। साथै हिरो ब्रान्डका सबै मोडेलमा पाँच वर्षको वारेन्टी सुविधा उपलब्ध भएकाले ग्राहकको विश्वास झन् बलियो भइरहेको शोरूमका प्रतिनिधिहरूको भनाइ छ।

६ दिनसम्म चल्ने यो विशेष क्याम्पले बुटवल तथा आसपासका क्षेत्रका ग्राहकलाई नयाँ र आधुनिक हिरो सवारी छनोट गर्न सहज वातावरण सिर्जना गरेको छ। इच्छुक ग्राहकले मंसिर ६ गतेसम्म कालिका चौकस्थित हिमालयन अटो ट्रेडिङमा पुगेर अफर तथा सुविधाको लाभ लिन सक्ने व्यवस्था गरिएको छ।
मंसिर ६ गतेसम्म मात्र सञ्चालन हुनेछ।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...