Author: संचार पत्र

एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौँ नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज (बुधबार) चुनाव हुँदै छ।पटकपटक सारिएको मतदान आज बिहान ८ बजे सुरु गर्ने जानकारी एमाले नेताहरूले मंगलबार राति नै दिएका हुन्। मतदान एमालेको ११औँ महाधिवेशन जारी काठमाडौँको भृकुटीमण्डपमा विद्युतीय भोटिङ मेसिनमार्फत हुनेछ। एमाले नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित चुनावी मैदानमा छन्। ...
आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया सुरु

आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया सुरु

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंआगामी आर्थिक वर्ष (आव) २०८३/८४ को बजेट निर्माण प्रक्रिया सुरु भएको छ । राष्ट्रिय योजना आयोगले आगामी आवका लागि संघीय समपूरक र विशेष अनुदानअन्तर्गत कार्यान्वयन हुने योजना तथा कार्यक्रमको प्रदेश र स्थानीय तहसँग प्रस्ताव मागेसँगै बजेट प्रक्रिया सुरु भएको हो ।प्रदेश तथा स्थानीय तहका लागि सङ्घीय सरकारबाट उपलब्ध हुने समपूरक तथा विशेष अनुदान लिनका लागि आगामी माघ मसान्तभित्रमा प्रस्ताव पेस गरिसक्नुपर्नेछ । “प्रदेश र स्थानीय तहले अन्य स्रोतबाट कार्यान्वयन गर्ने आयोजना वा कार्यक्रम र सञ्चालनमा रहेका आयोजना तथा कार्यक्रमसँग दोहोरो नपर्ने गरी प्रस्ताव पेस गनुपर्नेछ”, आयोगले प्रस्ताव माग गर्दै भनेको छ, “प्रदेशको हकमा सम्बन्धित प्रदेश नीति तथा योजना आयोगले तयार पारेको प्राथमिकीकरणसहितको सिफारिस तथा प्रदेश सरकारको सिफारिस र स्थानीय तहको हकमा कार्यपालिकाबाट सिफारिस चाहिने छ”, आयोगले भनेको छ । ...
१६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी बुटवलको तयारी पूरा, स्वदेशी उत्पादनमात्र प्रवर्द्धन गरिने मेलामा८ लाखले अवलोकन गर्ने विश्वास

१६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी बुटवलको तयारी पूरा, स्वदेशी उत्पादनमात्र प्रवर्द्धन गरिने मेलामा८ लाखले अवलोकन गर्ने विश्वास

Breaking news 2, कृषि, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, मनोरञ्जन, राेचक जानकरी, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देही उद्योग संघको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसंघको संरक्षकत्वमा पौष ३ गतेदेखि १७ गतेसम्म बुटवलमा आयोजना गर्न लागिएको “१६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२” तयारी पूरा भएको मंगलबार पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी गराएको छ । स्टल निर्माणको सबै काम अन्तिम तयारीमा पुगेको छ । “समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार” नाराका साथ आयोजना हुन लागेको महोत्सवको पूर्वसन्यामा भोलि जनचेतना ¥याली गरिने आयोजकले जानकारी दिएका छन । पुस ३ गते दिउँसो २ः१६ मा उद्घाटन कार्यक्रम राखिएको छ ।बुटवल स्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने औद्योगिक प्रदर्शनीमा स्वदेशी उत्पादन, नयाँ प्रविधि, पर्यटन तथा कृषि उत्पादनसँग सम्बन्धित वस्तुहरुका लागि छुट्टाछुट्टै १० वटा पेभिलियन हुनेछन् । हालै निर्माण सम्पन्न ...
विदेशमा अध्ययन गर्न जानेले चार महिनामा लगे ४२ अर्ब ९६ करोड

विदेशमा अध्ययन गर्न जानेले चार महिनामा लगे ४२ अर्ब ९६ करोड

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंदेशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि शिक्षाका लागि ठूलो रकम विदेशिने गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनामा शिक्षातर्फको व्यय रु ४२ अर्ब ९६ करोड बराबर रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय रु ३२ अर्ब २२ करोड थियो । अघिल्लो आवको तुलनाका चालु आवको चार महिनामा करिब रु १० अर्ब बढी रकम शैक्षिक गतिविधिका लागि देशबाट बाहिरिएको हो । समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय १६ दशमलव चार प्रतिशतले वृद्धि भई रु ६४ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु ५५ अर्ब ४९ करोड रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय आठ दशमलव एक प्रतिशतले वृद्धि भई रु १९ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु १७ अर्ब ७६ करोड रहेको थियो । समीक्षा...
पाँच महिनामा ४ खर्ब ९ अर्ब ७८ करोड राजश्व संकलन

पाँच महिनामा ४ खर्ब ९ अर्ब ७८ करोड राजश्व संकलन

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंआर्थिक बर्ष २०८२-८३ को मङ्सिरसम्म महिनामा ४ खर्ब ९ अर्ब ७८ करोड राजश्व संकलन भएको छ । मङ्सिर मसान्तसम्म पाँच महिनामा ५ खर्ब २० अर्ब ४४ करोडको लक्ष्य रहेकोमा ७८.७४ प्रतिशत संकलन भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै मङ्सिर महिनाको लक्ष्य ९५ अर्ब २० करोड रहेकोमा ८० अर्ब २७ करोड राजश्व संकलन भएको छ, जुन ८४.३१ प्रतिशत हो । अघिल्लो आर्थिक बर्षमा मङ्सिर महिनामा ७६ अर्ब ७६ करोड राजश्व संकलन भएको थियो । आर्थिक बर्ष २०८२-८३ को कुल राजश्व संकलन लक्ष्य भने १४ खर्ब ८० अर्ब रहेको छ भने पाँच महिनामा ४ खर्ब ९ अर्ब ७८ करोड संकलन भएको छ । यस अघि २०८१-८२ आर्थिक बर्षको पाँच महिनामा ४ खर्ब ५ अर्ब ७७ करोड राजश्व संकलन भएको थियो । ...
एमालेको महाधिवेशनमा पदाधिकारी उम्मेदवार को को छन्?

एमालेको महाधिवेशनमा पदाधिकारी उम्मेदवार को को छन्?

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनेकपा एमालेको नयाँ नेतृत्व चयनको लागि आज उम्मेदवारी भएको छ । एमालेको नयाँ नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानलनै बनाएर उम्मेदवारी दर्ता गरेका छन् ।एमालेको एघारौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने निर्वाचन कमिटीसमक्ष दर्ता भएका पदाधिकारीको प्रारम्भिक नामावली केन्द्रीय निर्वाचन आयोगले प्रकाशित गरेको हो ।जस अनुसार पदाधिकारीमा उम्मेदवारी दिएकाको उम्मेदवारको प्रारम्भिक सूची:अध्यक्ष- एक जना निर्वाचित हुने १- ईश्वर पोखरेल२- के पी शर्मा ओली उपाध्यक्ष- ५ जना निर्वाचित हुने १- अरूण नेपाल२- गुरु प्रसाद बराल३- गोकर्णराज विष्ट४- टंक प्रसाद कार्की५- परशुराम मेघी गुरुङ६- पृथ्वी सुब्बा गुरुङ७- भीम प्रसाद आचार्य८- रघुजी पन्त९- राम बहादुर थापा (बादल)१०- डा. विन्दा पाण्डे११- विष्णुप्रसाद पौडेल महासचिव- एक जना निर्वाचित हुने १- शंकर पोख...
पेट्रोल, डिजेल र मट्टितेलमा मुल्य वृद्धि, नयाँ मूल्य लागू

पेट्रोल, डिजेल र मट्टितेलमा मुल्य वृद्धि, नयाँ मूल्य लागू

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार
काठमाडौंनेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य बढाएको छ । भारतीय आयल कर्पोरेसनबाट नयाँ मूल्य प्राप्त भएपछि निगमले पेट्रोल प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर ४ रुपैयाँले मूल्य वृद्धि गरेको हो । समायोजन गरिएको नयाँ मूल्य सोमबार राति १२ बजेदेखि लागू गरिएको छ । ढुवानी लागतका आधारमा निगमले देशका विभिन्न भागलाई तीन वर्गमा विभाजन गरी पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आएको छ । नयाँ मूल्य अनुसार पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १६० रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेल प्रतिलिटर १३९ रुपैयाँ ५० पैसा कायम गरिएको छ । त्यसैगरी दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १६२ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १४१ रुपैयाँ प्रतिलिटर पुगेको छ । तेस्रो व...
विदेशी विनिमय सञ्चिति १४.१ प्रतिशतले बढ्यो

विदेशी विनिमय सञ्चिति १४.१ प्रतिशतले बढ्यो

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंविदेशी विनिमय सञ्चिति १४.१ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्बजनिक गरेको आर्थिक बर्ष २०८२-८३ को चार महिनाको देशको आर्थिक तथा वित्तीय प्रतिवेदनमा विदेशी विनिमय सञ्चिति १४.१ प्रतिशतले वृद्धि भएर ३० खर्ब ५५ अर्ब ५२ करोड पुगेको हो । २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १४.१ प्रतिशतले वृद्धि भई २०८२ कात्तिक मसान्तमा ३० खर्ब ५५ अर्ब ५२ करोड पुगेको छ । त्यस्तै अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ कात्तिक मसान्तमा १०.३ प्रतिशतले वृद्धि भई २१ अर्ब ५२ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ कात्तिक मसान्तमा १२.८ प्रतिशतले वृद्धि भई २७ अर्ब २४ अर्ब ६६ करोड पुगेको छ । बैंक तथा वित्तीय संस...
बुटवलमा हुनलागेको औद्योगिक प्रदर्शनीमा सुरक्षा व्यवस्थामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह, तैयारी अन्तिम चरणमा

बुटवलमा हुनलागेको औद्योगिक प्रदर्शनीमा सुरक्षा व्यवस्थामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह, तैयारी अन्तिम चरणमा

Breaking news 2, कृषि, गित संगित, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देही उद्योग सङ्घले पुस ३ गतेदेखि १७ गतेसम्म बुटवल मण्डमस्थित राष्ट्रिय औद्योगिक प्रदर्शनी स्थलमा आयोजना गर्न लागेको १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको सुरक्षा व्यवस्थाका विषयमा सरोकारवाला पक्षले विशेष दिन आग्रह गर्दै आयोजकलाई साथ दिने प्रतिवद्धता जनाएका छन् । सोमबार प्रदर्शनी स्थलमा संघले यस क्षेत्रका सुरक्षा निकायका प्रमुख तथा विभिन्न संघ संस्थाको नेतृत्व तथा सुरक्षा उपसमितिका सदस्यहरुबीच आयोजना गरेको छलफल कार्यक्रममा सहभागीहरुले प्रदर्शनी र महोत्सवहरुमा विभिन्न स्वार्थ राखेर आउनेहरुको विशेष ख्याल गरिने, आयोजकको तर्फबाट राखिने सुरक्षा संयन्त्रलाई विशेष चनाखो राखिने र सुरक्षा निकायहरुबाट आवश्यक सुरक्षा सर्तकता अपनाइने गरी यसलाई सफल बनाउनुपर्ने जनाएका छन् । आयोजक समितिको तर्फबाट अध्यक्ष कृष्णप्रसाद पराजुलीले सबैका सुझावका आधारमा यसलाई अघ...
बुटवलको कालिका मानवज्ञान माविको वार्षिकोत्सबमा ‘कालिका कप’ आयोजना

बुटवलको कालिका मानवज्ञान माविको वार्षिकोत्सबमा ‘कालिका कप’ आयोजना

Breaking news 3, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, स्थानीय
बुटवलकालिका मानवज्ञान मा.वि.बुटवलले ६५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस यही पुस १ देखि ५ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । वार्षिकोत्सव कार्यक्रममा आयोजना गरिने खेलकुद तथा जिल्लास्तरीय कालिका कप खेलकुद प्रतियोगिता यस वर्षपनि आयोजना गरिएको छ । विद्यायले सोमबार सेक्टर २ रामनगरमा पत्रकार सम्मेलनको आयोजना गरी किताबी ज्ञान मात्र नभई शारीरिक अभ्यास खेलकुद एवम् विभिन्न प्रदर्शनीको माध्यमबाट पनि विद्यार्थीहरुलाई ज्ञान सिकाउन सकिन्छ भन्ने उदेश्यका साथ ‘शिक्षा सँगै खेल’ भन्ने नाराका साथ कालिका रनिङ शिल्ड प्रतियोगिताको चौथो जिल्लास्तरीय कालिका कप खेलकुद प्रतियोगिता–२०८२ आयोजना गर्न लागिएको जानकारी गराएको हो । विद्यालयका प्रधानाध्यापक दिनेश थापाका अनुसार पुष २ गतेदेखि ‘जिल्लास्तरीय कालिका रनिङ शिल्ड’ आयोजना हुने छ । खेल विधालाई अभिन्न अंगको रुपमा योजना गराई कार्य सञ्चालन गर्दा वि...