सुकुम्बासी आन्दोलन चर्किँदै : जेष्ठ ३ गते बुटवलमा बृहत प्रदर्शनसहित राष्ट्रिय सम्मेलनको तयारी
बुटवलदेशभर सरकारले डोजर आतंक मच्चाएको भन्दै अव्यवस्थित बसोबासी, भूमिहिन सुकुम्बासी, भूमिहिन दलित तथा अव्यवस्थित बसोबासीले आन्दोलनलाई थप चर्काउने भएका छन् । काठमाडौंसहित देशका विभिन्न ठाउँमा सरकारले डोजर लगाएर सुकुम्बासी बस्ती खाली गर्न थालेपछि देशभरका सुकुम्बासीहरु एक भएर आन्दोलन गर्ने भएका हुन् ।यसै बीच भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित संघर्ष समिति रुपन्देहीले जेष्ठ ३ गते बुटवलमा आयोजना हुने विरोध प्रदर्शन तथा राष्ट्रिय सम्मेलनको बारेमा मँगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । राजमार्ग चौराहबाट ३० हजार बढीको उपस्थितीमा र्यालीसहित ट्राफिक चोकमा पुगेर कोणसभाको आयोजना गरिने संघर्ष समितिका संयाजक खगेन्द्र पौडेलले जानकारी दिए । उक्त प्रदर्शनमा देशका विभिन्न जिल्लाबाट सहभागी हुने प्रतिनिधि तथा रुपन्देहीका १६ वटै स्थानीय पालिकाहरुबाट उपस्थिती रहने उनले बताए ।संघर्ष समितिका सल्लाहकार ...








