दूध तथा दुग्धजन्य पदार्थको गुणस्तर,स्वच्छता र शुद्धतामा सरोकारवालाको जाेड



बुटवल
दूध तथा दुग्धजन्य पदार्थको उत्पादनदेखि उपभोगसम्म गुणस्तर र शुद्धता कायम गर्न सरोकारवालाले डेरी व्यवसायीलाई आग्रह गरेका छन् । रुपन्देही डेरी व्यवसायी समितिको १८औँ वार्षिक साधारण सभा तथा आठौँ अधिवेशनका अवसरमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरूले दूधको गुणस्तर उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएकाले उत्पादन, प्रशोधन र वितरणका हरेक चरणमा खाद्य स्वच्छता कायम गर्नुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा बनेल्दै खाद्य तथा गुण नियन्त्रण कार्यालय रुपन्देहीकी प्रमुख डा. बालकुमारी शर्माले खाद्य पदार्थ स्वच्छ, स्वस्थ र गुणस्तरीय हुनुपर्ने बताइन् । खाद्य स्वच्छता उत्पादनदेखि उपभोगसम्मका सबै प्रक्रियामा अनिवार्य हुनुपर्ने उल्लेख गर्दै उनले दूध उत्पादनदेखि उपभोगसम्म व्यावसायिक मर्यादा कायम राख्न आग्रह गरिन् ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष नरिश्वर शर्मा पौडेलले डेरी व्यवसायमा गुणस्तर, नियमित अनुगमन र व्यावसायिक मर्यादा कायम राख्दै व्यवसायीको हकहित संरक्षणमा एकताबद्ध हुनुपर्ने बताए । व्यवसायीका समस्या समाधानका लागि संघले आवश्यक पहल र पैरवी गर्न सधैँ तयार रहेको उनको भनाइ थियो ।
उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले उपभोक्ताले प्रयोग गर्ने खाद्य पदार्थ गुणस्तरीय हुनुपर्ने बताउँदै त्यसका लागि उपभोक्ता स्वयं पनि सचेत हुनुपर्ने र व्यवसायी थप जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।


कार्यक्रममा संस्थाका अध्यक्ष विष्णु पाण्डेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै दूध तथा दुग्धजन्य पदार्थको व्यवसाय उपभोक्ताको स्वास्थ्य र किसानको जीविकोपार्जनसँग जोडिएको संवेदनशील क्षेत्र भएको बताए । डेरी व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन नियमित अनुगमन, व्यवसायीको क्षमता अभिवृद्धि तथा गुणस्तर मापदण्डको पालना आवश्यक रहेको उनले उल्लेख गरे ।
समितिमा आबद्ध नभएका डेरी व्यवसायीलाई समेट्दै जिल्लाभरका व्यवसायीलाई संस्थाको दायरामा ल्याउने, तालिम तथा प्रशिक्षण सञ्चालन गर्ने र स्थानीय तहसँग सहकार्य गरी व्यवसाय प्रवर्द्धन गर्ने योजना रहेको पाण्डेले बताए । उपभोक्तालाई स्वस्थ र गुणस्तरीय दूध उपलब्ध गराउनुका साथै किसानको उत्पादनले उचित मूल्य पाउने वातावरण बनाउनु समितिको मुख्य उद्देश्य रहेको उनको भनाइ थियो ।
समितिका पूर्वअध्यक्ष नेत्र पाठकले समितिको पहलमा मिल्क होलिडे अन्त्य गर्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा पनि व्यवसायीको हकहित र समस्या समाधानका लागि सक्रिय हुन सुझाव दिए ।
समितिका सल्लाहकार कृष्णप्रसाद भट्टराईले दूधको शुद्धता गोठदेखि ओठसम्म कायम हुनुपर्ने बताए । अनुगमनका नाममा किसान तथा व्यवसायीलाई अनावश्यक दुःख दिने प्रवृत्तिको भने उनले विरोध गरे ।
समितिका निवर्तमान अध्यक्ष रामकृष्ण शर्माले दूधको मूल्य लागतका आधारमा निर्धारण गर्नुपर्ने, उत्पादनको गुणस्तर सुधार गर्नुपर्ने र किसानको बाँकी भुक्तानी समयमै उपलब्ध गराउनुपर्ने बताए । साथै, भन्सार प्रक्रिया पूरा नगरी आयात भइरहेका दूध तथा दुग्धजन्य पदार्थको नियन्त्रणमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति कपिल ज्ञवाली, समितिका उपाध्यक्ष जीवलाल न्यौपाने, सचिव यमप्रसाद शर्मालगायतले डेरी व्यवसायको गुणस्तर, व्यावसायिक एकता, व्यवसायीका समस्या र समाधानबारे धारणा राखेका थिए ।

छुटाउनुभयो कि ?

भाेलीदेखि तिलोत्तमामा औद्योगिक व्यापार मेला

भाेलीदेखि तिलोत्तमामा औद्योगिक व्यापार मेला

बुटवलरुपन्देहीको तिलोत्तमामा भाेली मंसिर ३ गतेदेखि चौथो राष्ट्रिय औद्योगिक व्यापार मेला सञ्चालन हुंदै छ।तिलोत्तमा उद्योग वाणि...
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले जारी गर्‍यो कारण देखाउ आदेश

दानबहादुर कार्कीको रिटमा सर्वोच्चले जारी गर्‍यो कारण देखाउ आदेश

काठमाडौंआईजीपीमा पुनर्वहाली माग गर्दै दानबहादुर कार्कीद्वारा दायर रिटमा सर्वोच्च अदालतले आज कारण देखाउ आदेश जारी गरेको छ ।न्य...
दूध तथा दुग्धजन्य पदार्थको गुणस्तर,स्वच्छता र शुद्धतामा सरोकारवालाको जाेड

दूध तथा दुग्धजन्य पदार्थको गुणस्तर,स्वच्छता र शुद्धतामा सरोकारवालाको जाेड

बुटवलदूध तथा दुग्धजन्य पदार्थको उत्पादनदेखि उपभोगसम्म गुणस्तर र शुद्धता कायम गर्न सरोकारवालाले डेरी व्यवसायीलाई आग्रह गरेका छ...
एनपीएल: चितवन राइनोज र काठमाण्डू गोर्खाज भिड्दै

एनपीएल: चितवन राइनोज र काठमाण्डू गोर्खाज भिड्दै

काठमाडौंनेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज चितवन राइनोज र काठमाण्डू गोर्खाजले प्रतिस्पर्धा गर्दैछन् ।खेलमा दुवै ट...