रविको मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दोस्रो रिट
काठमाडौँ
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग जोडिएको सम्पत्ति शुद्धीकरण तथा सङ्गठित अपराध सम्बन्धी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दोस्रो रिट निवेदन दर्ता गरिएको छ ।सहकारी ठगी प्रकरणसँग सम्बन्धित गम्भीर मुद्दामा अभियोग संशोधन वा मुद्दा फिर्ता गर्ने गरी महान्यायाधिवक्ताको कार्यालयबाट गरिएको निर्णय गैरकानुनी र बदनियतपूर्ण रहेको दाबी गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् ।
यसअघि युवराज पौडेल (सफल) ले लामिछानेको मुद्दा फिर्ता गर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध रिट दिएका थिए । निवेदकले महान्यायाधिवक्ताको निर्णयले न्याय प्रक्रियामा गम्भीर अवरोध सिर्जना गर्ने र अपराधीलाई उन्मुक्ति दिने जोखिम रहेको उल्लेख गर्दै उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न ‘अन्तरिम आदेश’ जारी गर...








