रविको मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दोस्रो रिट


काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग जोडिएको सम्पत्ति शुद्धीकरण तथा सङ्गठित अपराध सम्बन्धी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दोस्रो रिट निवेदन दर्ता गरिएको छ ।
सहकारी ठगी प्रकरणसँग सम्बन्धित गम्भीर मुद्दामा अभियोग संशोधन वा मुद्दा फिर्ता गर्ने गरी महान्यायाधिवक्ताको कार्यालयबाट गरिएको निर्णय गैरकानुनी र बदनियतपूर्ण रहेको दाबी गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् ।

यसअघि युवराज पौडेल (सफल) ले लामिछानेको मुद्दा फिर्ता गर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध रिट दिएका थिए । निवेदकले महान्यायाधिवक्ताको निर्णयले न्याय प्रक्रियामा गम्भीर अवरोध सिर्जना गर्ने र अपराधीलाई उन्मुक्ति दिने जोखिम रहेको उल्लेख गर्दै उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न ‘अन्तरिम आदेश’ जारी गर्न माग गरेका छन् ।

छुटाउनुभयो कि ?

संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, भरोसा दिनुपर्छ : प्रधानमन्त्री

संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, भरोसा दिनुपर्छ : प्रधानमन्त्री

काठमाडौँप्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा संकट परेको बेलामा देशको नेतृत्वले हिम्मत, आड र भरोसा दिनुपर्ने बताए । उनले भोटे...
शेयर बजारमा १५ दशमलव ४४ अंकको वृद्धि, २ अर्ब ९४ करोडको कारोबार

शेयर बजारमा १५ दशमलव ४४ अंकको वृद्धि, २ अर्ब ९४ करोडको कारोबार

काठमाडौँनेप्सेमा आज वृद्धि आएको छ । आज बुधबार नेप्से १५ दशमलव ४४ अंकले बढेर २५३८ दशमलव ११ विन्दुमा पुगेर रोकिएको छ ।आज ३५४ कम...
बुटवलको रेसुङ्गा स्वास्थ्य क्लिनिक प्रालिमा क्यान्सरको उपचार

बुटवलको रेसुङ्गा स्वास्थ्य क्लिनिक प्रालिमा क्यान्सरको उपचार

बुटवलबुटवलको रेसुङ्गा स्वास्थ्य क्लिनिक प्रालिमा हरेक महिनाको पहिलो शनिबार क्यान्सर रोगको परीक्षण तथा उपचार हुने गर्दछ।नेपालक...
कान्ति माविका प्राचार्य ज्ञवाली भन्छन् ‘चाहे जस्तो परिणामका लागि अहोरात्र लागेका छौं’

कान्ति माविका प्राचार्य ज्ञवाली भन्छन् ‘चाहे जस्तो परिणामका लागि अहोरात्र लागेका छौं’

बुटवलबुटवलको कान्ति माध्यमिक विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीले विद्यालय सरकारको मुल्यांकनमा उत्कृष्ट भएपनि आफुहरुले चाहे...