Tag: sanchar

पाँचौ फोर्टिन स्टार कपको उपाधी जनसहयोग माविलाई

पाँचौ फोर्टिन स्टार कपको उपाधी जनसहयोग माविलाई

Breaking news 2, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
गुल्मी पाचौं फोर्टिन स्टार कप २०८१ को उपाधि जनसहयोग मा बि रेसुङ्गा ०५ भुवनपानी ले जितेको छ ।शनिबार भएको फाइनल खेल मा महेन्द्र मा बि तम्घास लाई १-० को अन्तर मा उपाधि हात पारेको छ । जनसहयोगका लागि दोस्रो हाफमा सन्तोष परियारले निणायक गोल गरे । फोर्टिन स्टार कपमा पहिलो पटक गत बर्ष सहभागि हुँदा जनसहयोग मावि क्वाटरफाइनलबाट बाहिरिएको थियो । दोस्रो पटक भने उपाधी नै जितेको छ । खेलमा महेन्द्र माध्यमिक विद्यालय दोस्रो भएको छ । महेन्द्र मावि गत बर्ष पनि दोस्रो भएको थियो । ग्रामिण क्षेत्रबाट प्रतियोगितामा सहभागी भई उपाधी जित्न सफल भए सगै जनसहयोग मा.विको चौतर्फी प्रसंसा भएको छ । खेल मैदानको अभाव, नियमित खेल अभ्यासको अभाब हुदा हुदै पनी कडा मेहनतका साथ जित हासिल गर्नु जनसहयोग माविलाई ठुलो सफलता हो । फोर्टिन स्टारकपमा जित हासिल गरेपछी खुसियालीमा खेलाडी विद्यार्थी सहित विद्यालय परिवारले पञ्...
बसको ठक्करबाट एक बालिकाको ज्यान गयो

बसको ठक्करबाट एक बालिकाको ज्यान गयो

Breaking news 1
अर्घाखाँचीमा बसले पैदल यात्रीलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन !बुटवलबाट अर्घाखाँचीको सुपादेउराली मन्दिरमा दर्शन गरी पिकनिकमा जाँदै गरेको लु २ ख १४१५ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुई जना बालिका हिडिरहेको अबस्थामा बसले ठक्कर दिएको हो ।प्रहरीका अनुसार धाराबजारमा पैदल हिँडिरहेका शितगंगा नगरपालिका-४ अमराइ निवासी वर्ष १३ कि बिनिता विकको अर्घाखाँची अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । सोही ठाउँ बस्ने वर्ष १० वर्षकी एलिना विकको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ । ...
राज्यको करोडौं लगानीको  लुम्बिनी प्रदेशको जनस्वास्थ्य प्रयोगशाला ओझेलमा ,

राज्यको करोडौं लगानीको लुम्बिनी प्रदेशको जनस्वास्थ्य प्रयोगशाला ओझेलमा ,

Breaking news 1, Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, सम्पादकिय
श्रीराम ज्ञवाली बुटवल लुम्बिनी प्रदेश सरकारको मातहतमा रहेको स्वास्थ्य परीक्षण गर्ने जनस्वास्थ्य प्रयोगशाला ओझेलमा परेको छ। बुटवलको तामनगरमा सरकारको लगानीमा बनेको भव्य भवन तथा संरचना रहेको प्रयोगशाला अधिकांश प्रदेशवासीलाई जानकारी नै छैन। देशमा संघीयता लागु भए पसश्चात सरकारले स्वास्थ्य सेवालाई सर्बशुलभ र प्रभाकारी बनाउने उदेश्यसहित नागरिक हरुलाई स्वास्थ परीक्षण निःशुल्क र केही परीक्षण न्यूनतम शुल्कमा गर्ने गरि संचालनमा आएको प्रयोगशाला कार्यलय स्थापना भएको स्थान नागरिकलाई सहज रुपमा पाएक पर्ने ठाउँमा नहुदा सेवा ग्राही नागरिकको संख्या कम देखिएको छ । धेरै नागरिकलाई कार्यलय र प्रदान गर्ने सेवाको बारेमा जानकारीनै छैन त्यसैले सेवा पाउनबाट वञ्चित रहेको पाइएको छ । सरकारले स्वास्थ्य प्रयोगशाला स्थापना गरेपनी नागरिकहरु स्वास्थ्य उपचारका लागि सबैभन्दा महँगो शुल्क तिरेर उपचार गर्न ...
पूर्वराजा ज्ञानेन्द्र भोलि लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने

पूर्वराजा ज्ञानेन्द्र भोलि लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने

Breaking news 2, जीवनशैली, ताजा अपडेट, समाचार, स्थानीय
बुटवल, ६ मंसिर । पूर्व राजा ज्ञानेन्द्र शाह शुक्रबार लुम्बिनी आउने हुनु भएको छ । लुम्बिनीमा आयोजित एक पूजा कार्यक्रममा सहभागी हुन उहा लुम्बिनी आउने कार्यक्रम रहेको पूर्व राजा शाहको संवाद सचिवालयले जानकारी दिएको छ । शुक्रबार बुद्धको जन्मस्थल लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सरिक  हुने कार्यक्रम तय भएको संवाद सचिव डा फणीराज पाठकले जानकारी दिनु भएको छ । ...
ब्रिक्स शिखर सम्मेलनमा मध्यपूर्व र युक्रेनमा शान्तिको लागि विश्व समुदायको आह्वान

ब्रिक्स शिखर सम्मेलनमा मध्यपूर्व र युक्रेनमा शान्तिको लागि विश्व समुदायको आह्वान

ताजा अपडेट, विदेश, समाचार
रुसमा आयोजित १६ औँ ब्रिक्स शिखर सम्मेलनमा विश्वका नेताहरूले मध्यपूर्व र युक्रेनमा शान्तिको आह्वान गरेका छन् । रुसको कजानमा भएको सम्मेलनमा सहभागी भएका विश्वका झण्डै २० जना नेताहरूको यो भेला राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२२ मा युक्रेनमा सेना पठाएयता रुसमा आयोजित सबैभन्दा ठूलो कूटनीतिक मञ्च हो । सन् २००९ मा चार सदस्य – ब्राजिल, रुस, भारत र चीनबाट शुरु भएको ब्रिक्स दक्षिण अफ्रिका, इजिप्ट र इरान जस्ता अन्य उदीयमान राष्ट्रहरू समावेश गर्दै विस्तार भएको छ । यी देशका नेताहरुले निकालेको     संयुक्त वक्तव्यमा ‘मध्यपूर्व र उत्तर अफ्रिकी क्षेत्रमा भइरहेको  द्वन्द्व र अस्थिरताबारे गहिरो चिन्ता’ व्यक्त भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । नेताहरुले दक्षिणी लेबनानमा संयुक्त राष्ट्रसङ्घका कर्मचारीहरूमाथि इजरायली आक्रमणको आलोचना गर्दै लेबनानको ‘क्षेत्रीय ...
बरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी कर्ण बहादुर कार्कीको निधन

बरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी कर्ण बहादुर कार्कीको निधन

जीवनशैली, ताजा अपडेट, विविध, समाचार, समाज, स्थानीय
बुटवल । नेपाली पत्रकारीताको एउटा ईतिहास बनाएका कर्ण बहादुर कार्कीको निधन भएको छ। लामो समय बुटवलमा रहेर पत्रकारीता गर्दै आएका कार्की पछिल्लो समय पाल्पाको तानसेनमा नगरपालिका राईडाडामा बस्दै आएका थिए।  मोफसलको सबैभन्दा पुरानो दैनिक पत्रिका लुम्विनी दैनिकका संस्थापक सम्पादक कार्की मिगौला, उच्चरक्तचाप, मधुमेह लगायतका समस्याको उपचार गराई रहेका थिए।  २०११ सालमा जन्मिएका कार्कीको साउन अन्तिम हप्ता लुम्बिनी प्रादेशिक अस्पतालमा हर्नियाको सफल शल्यक्रिया भएको थियो। त्यसपछि उनी मिर्गौला प्रत्यारोपणको तयारीमा थिए। कार्की पञ्चायती व्यवस्था विरोधी आन्दोलनमा सक्रिय भएसंगै २०३६ सालको जनमत संग्रह पछि पाल्पाबाट पत्रकारिता शुरु गरेका थिए। कार्कीले जमर्को, झिल्को र देशान्तर साप्ताहिकमा जोडिएर पत्रकारिता गरेका थिए।  २०४५ सालमा  कार्कीले दैनिक लुम्बिनीको प्रकाशन शुरु गरेका थिए। पञ्चाय...
उखु र दूध किसानको बक्यौता तिर्न २ अर्ब निकासा

उखु र दूध किसानको बक्यौता तिर्न २ अर्ब निकासा

Breaking news 2, कृषि, ताजा अपडेट, समाचार, स्थानीय
११ असोज, काठमाडौँ । सरकारले दुग्ध तथा उखु किसानको बक्यौता तिर्न करिब २ अर्ब रुपैयाँ निकासा गरेको छ । रकम निकासा भएसँगै उखु किसानले दसैंअगाडि नै बक्यौता रकम पाउनेछन् ।दुग्ध किसानहरूको बक्यौता रकम तिर्न शुक्रबार मात्र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ऋण लगानीको तमसुक तथा भुक्तानीका लागि अनुमति दिएको हो ।८ जिल्लाका उखु किसानले पाउनु पर्ने १ अरब ४५ करोड बढी रकम कृषि मन्त्रालयले रकमान्तर गरी भुक्तानीका लागि जिल्लाहरूमा पठाएको कृषि तथा पशुपंक्षी मन्त्रालयले जनाएको छ ।सरकारले कञ्चनपुर, नवलपरासी पश्चिम, बारा, रौतहट , सर्लाही, महोत्तरी, सिराहा र सुनसरी जिल्लाका उखु किसानले पाउनु पर्ने रकमका लागि निकासा गरेको हो । ...
आज संविधान दिवस, टुँडिखेलदेखि दरबारमार्गसम्म विशेष कार्यक्रम

आज संविधान दिवस, टुँडिखेलदेखि दरबारमार्गसम्म विशेष कार्यक्रम

Breaking news 1, जीवनशैली, ताजा अपडेट, समाचार, स्थानीय
३ असोज, काठमाडौं । आज संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते संघीयतासहितको संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ । संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज बिहान साढे आठ बजे विशेष समारोह आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सहभागी हुँदैछन् । टुँडिखेलमा आयोजित समारोहमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिने छ । नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै शान्तिको प्रतीक सेतो परेवा उडाउने प्रचलन छ । आजै राष्ट्रपति पौडेलले शीतल निवासमा पनि एक कार्यक्रम आयोजना गरेका छन् । साँझ भने दरबारमार्गमा सांगीतिक कार्यक्रम आयोजना हुँदै छ । ‘नेशनल डे कन्सर्ट’ नाममा हुन लागेको सांगीतिक कार्यक्रमका...
औषधिले काम नगरेर अबको २५ वर्षमा विश्वमा झन्डै चार करोड मानिसको ज्यान जान सक्ने : अध्ययन

औषधिले काम नगरेर अबको २५ वर्षमा विश्वमा झन्डै चार करोड मानिसको ज्यान जान सक्ने : अध्ययन

Breaking news 2, ताजा अपडेट, विदेश, विविध, समाचार, समाज, सम्पादकिय, स्थानीय
अबको २५ वर्षमा औषधिले काम गर्न छाडेर झन्डै चार करोड जना मानिसको ज्यान जान सक्ने एउटा अध्ययनले देखाएको छ । ग्लोबल रिसर्च अन एन्टिमाइक्रोबियल रेसिस्टेन्स परियोजनाले पहिलोपटक एएमआरको लामो समयसम्मको प्रवृत्तिबारे विश्वव्यापी अध्ययन गरेर त्यसको नतिजा लान्सेट जर्नलमा प्रकाशित गरेको छ । प्रकाशित प्रतिवेदनको निष्कर्षमा एन्टिमाइक्रोबियल रेसिस्टेन्सका (एएमआर) वा औषधिले काम नगर्दा सन् २०५० सम्ममा तीन करोड ९० लाख जना मानिसको ज्यान जाने उल्लेख रहेको छ । ब्याक्टेरियाविरुद्ध काम गर्ने (एन्टिबायोटिक), भाइरसविरुद्ध काम गर्ने (एन्टिभाइरल), फन्गसविरुद्ध काम गर्ने (एन्टिफन्गल) र परजीवीविरुद्ध काम गर्ने (एन्टिप्यारासाइटिक) औषधिलाई सामूहिक रूपमा एन्टिमाइक्रोबियल भनिन्छ । यी औषधि विरुद्ध जीवाणुले प्रतिरोधात्मक क्षमता विकास गरेमा त्यसलाई एएमआर भनिन्छ । एएमआरका कारण औषधिले काम गर्न छोड्छन् । रोग प्रतिरोधात्मक...
‘धार्मिक आस्थामा आघात पुर्‍याउने फिल्मलाई नसच्याएसम्म प्रदर्शन अनुमति नदिनू’

‘धार्मिक आस्थामा आघात पुर्‍याउने फिल्मलाई नसच्याएसम्म प्रदर्शन अनुमति नदिनू’

Breaking news 2, ताजा अपडेट, समाचार, सम्पादकिय, स्थानीय
काठमाडौं । भारतीय फिल्म ‘आदिपुरुष’को विवादबारे दायर मुद्दामा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । फिल्ममा राष्ट्रिय विभूति लगायतका विषय उल्लेख गर्दा सम्बन्धित निकायबाट अग्रिम रुपमा अनुमति लिएर मात्र समावेश गर्ने व्यवस्था मिलाउन सर्वोच्चले सरकारका नाममा निर्देशनात्मक आदेश पनि जारी गरेको छ । सर्वोच्चले विदेशमा निर्माण भएको फिल्ममा नेपालको शान्ति सुरक्षा, मित्र राष्ट्रसँगको सम्बन्ध, विभिन्न जातजातिबीचको सुसम्बन्ध, धार्मिक तथा सांस्कृतिक मूल्य मान्यतामा आघात पुर्‍याउने खालको भएमा नेपालभित्र प्रदर्शनको अनुमति नदिन निर्देशनात्मक आदेश दिएको छ । त्यस्तै सार्वजनिक हित, सरोकार तथा सदाचार र नैतिकता प्रतिकूलका कार्यलाई बढावा दिने एवं लैंगिक हिंसालाई प्रश्रय दिने प्रकृतिका भए नभएको जाँच गरी फिल्मको मूल स्रोतमा नसच्चिएसम्म त्यस्ता सामग्री नेपालभित्र प्रदर्शन अनुमति नदिन भनिएको छ ...