ब्रिक्स शिखर सम्मेलनमा मध्यपूर्व र युक्रेनमा शान्तिको लागि विश्व समुदायको आह्वान


रुसमा आयोजित १६ औँ ब्रिक्स शिखर सम्मेलनमा विश्वका नेताहरूले मध्यपूर्व र युक्रेनमा शान्तिको आह्वान गरेका छन् । रुसको कजानमा भएको सम्मेलनमा सहभागी भएका विश्वका झण्डै २० जना नेताहरूको यो भेला राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२२ मा युक्रेनमा सेना पठाएयता रुसमा आयोजित सबैभन्दा ठूलो कूटनीतिक मञ्च हो ।

सन् २००९ मा चार सदस्य – ब्राजिल, रुस, भारत र चीनबाट शुरु भएको ब्रिक्स दक्षिण अफ्रिका, इजिप्ट र इरान जस्ता अन्य उदीयमान राष्ट्रहरू समावेश गर्दै विस्तार भएको छ । यी देशका नेताहरुले निकालेको     संयुक्त वक्तव्यमा ‘मध्यपूर्व र उत्तर अफ्रिकी क्षेत्रमा भइरहेको  द्वन्द्व र अस्थिरताबारे गहिरो चिन्ता’ व्यक्त भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

नेताहरुले दक्षिणी लेबनानमा संयुक्त राष्ट्रसङ्घका कर्मचारीहरूमाथि इजरायली आक्रमणको आलोचना गर्दै लेबनानको ‘क्षेत्रीय अखण्डता’ ‘संरक्षित’ गर्न समेत आग्रह गरेका छन् । जवाफमा राष्ट्रपति पुटिनले युक्रेन द्वन्द्वमा मध्यस्थताका प्रस्तावहरूलाई स्वागत गरेको बताउनुभयो ।

पुटिनले सम्मेलनलाई मस्कोलाई एक्ल्याउने पश्चिमी प्रयासहरू असफल भएको सङ्केतका रूपमा प्रस्तुत गरिरहनुभएको छ  तर उहाँले आफ्ना केही निकटतम र महत्त्वपूर्ण साझेदारहरूबाट युक्रेन द्वन्द्व अन्त्य गर्न प्रत्यक्ष आह्वानको सामना गर्नुपरेको खबरमा उल्लेख छ ।

यसैबीच सम्मेलनको सन्दर्भमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच आज द्विपक्षिय भेटवार्ता हुने छ । महासचिव गुटेरेसको सन् २०२२ अप्रिलपछि रुसको यो पहिलो भ्रमण हो । अस्ति मङ्गलवार शुरु भएको सम्मेलन आज सकिँदैछ ।

छुटाउनुभयो कि ?

आन्दोलनरत मिटरब्याज पीडितसँग वार्ता अघि बढाउन सरकारले बनायो सचिव नेतृत्वको टोली

आन्दोलनरत मिटरब्याज पीडितसँग वार्ता अघि बढाउन सरकारले बनायो सचिव नेतृत्वको टोली

काठमाडौंसरकारले मिटरब्याज पीडितसँग वार्ता अघि बढाउन सरकारले वार्ता टोली बनाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रध...
मानसिक स्वास्थ्य र समाधान

मानसिक स्वास्थ्य र समाधान

श्रीराम ज्ञवालीमानिसको जीवनमा शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण मानसिक स्वास्थ्य पनि हो। सामान्य भाषामा बुझ्दा, मनोरोग वा ...
विश्वकप फुटबल: अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा

विश्वकप फुटबल: अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा

काठमाडौँअर्जेन्टिनाले अन्तिम पाँच मिनेटमा दुई गोल गर्दै इङ्ग्ल्यान्डमाथि २-१ को रोमाञ्चक जित निकाल्दै विश्वकप फुटबलको फाइनलमा...
मौसम पूर्वानुमान: लुम्बिनी सहित ६ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान: लुम्बिनी सहित ६ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर...