राज्यको करोडौं लगानीको लुम्बिनी प्रदेशको जनस्वास्थ्य प्रयोगशाला ओझेलमा ,


श्रीराम ज्ञवाली

बुटवल

लुम्बिनी प्रदेश सरकारको मातहतमा रहेको स्वास्थ्य परीक्षण गर्ने जनस्वास्थ्य प्रयोगशाला ओझेलमा परेको छ। बुटवलको तामनगरमा सरकारको लगानीमा बनेको भव्य भवन तथा संरचना रहेको प्रयोगशाला अधिकांश प्रदेशवासीलाई जानकारी नै छैन।

देशमा संघीयता लागु भए पसश्चात सरकारले स्वास्थ्य सेवालाई सर्बशुलभ र प्रभाकारी बनाउने उदेश्यसहित नागरिक हरुलाई स्वास्थ परीक्षण निःशुल्क र केही परीक्षण न्यूनतम शुल्कमा गर्ने गरि संचालनमा आएको प्रयोगशाला कार्यलय स्थापना भएको स्थान नागरिकलाई सहज रुपमा पाएक पर्ने ठाउँमा नहुदा सेवा ग्राही नागरिकको संख्या कम देखिएको छ । धेरै नागरिकलाई कार्यलय र प्रदान गर्ने सेवाको बारेमा जानकारीनै छैन त्यसैले सेवा पाउनबाट वञ्चित रहेको पाइएको छ ।

सरकारले स्वास्थ्य प्रयोगशाला स्थापना गरेपनी नागरिकहरु स्वास्थ्य उपचारका लागि सबैभन्दा महँगो शुल्क तिरेर उपचार गर्न बाध्य छन । नागरिक वञ्चित हुनु परेको छ ।

प्रयोगशालाका निमित्त निर्देशक राजेशकुमार गुप्ताले राज्यको नागरिकलाई स्वास्थ्य परीक्षण उपलब्ध गराउने उद्देश्य अनुरुप स्थापना गरिएको प्रयोगशाला नागरिकहरूले जानकारी नपाएको र विभिन्न विकृतिका कारणले ओझेलमा परेकाे दुखेसो पाेखे ।प्रदेशका प्रमुख सहरमा नागरिकले जानकारी प्राप्त गर्न सक्ने स्थानमा कार्यालय राख्न पहल गरेकाे वताए । ल्याव प्रयाेगशाला कहिले नाेक्सानमा नजाने क्षेत्र भएकाले राज्यले लगानी गर्नमा पछि हट्न नहुने बताए ।

उनले २०८० असोजमा आफू उक्त प्रयोगशालामा नियुक्त भएपश्चात सुस्त रहेको कार्यालयलाई मूर्त रूप दिन सफल भएको र थप लाग्नुपर्ने देखेको बताए। उक्त प्रयोगशालामा प्रदेशभित्रका नागरिकलाई केही निःशुल्क र केही न्यूनतम शुल्कमा परीक्षण गर्ने व्यवस्था रहेको छ।

जसमा एचआइभी( एड्स )भाइरस परीक्षण ,वंशाणुगत रोगको निवारणका लागिका लागि परीक्षण सेवा , प्रदेशभित्र फैलिएका विभिन्न समयका महामारीमा स्थलगत परीक्षण र उपचार ,कोरोना भाइरसको अवस्था निरन्तर निगरानी र जानकारी लिनका लागि परीक्षण र सचेतनामा पहल गरेको छ ।दर्ता नभएका प्रयोगशालालाई नियमसँगत दर्ता प्रक्रियामा ल्याउन पहल गरेको र सफल भएको छ।

प्रदेशभित्रका अन्य स्वास्थ्य संस्थामा उपलब्ध नभएका परीक्षण सेवा उपलब्ध गराएको छ । होल बढी चेकजाँचका लागि न्यूनतम १ हजार ६ सय शुल्कमा परीक्षण गरिरहेको छ। सेवाग्राहीबाट आएको आम्दानी सरकारको राजस्व खातामा प्रत्यक्ष जाने गरेको छ।

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...