राज्यको करोडौं लगानीको लुम्बिनी प्रदेशको जनस्वास्थ्य प्रयोगशाला ओझेलमा ,


श्रीराम ज्ञवाली

बुटवल

लुम्बिनी प्रदेश सरकारको मातहतमा रहेको स्वास्थ्य परीक्षण गर्ने जनस्वास्थ्य प्रयोगशाला ओझेलमा परेको छ। बुटवलको तामनगरमा सरकारको लगानीमा बनेको भव्य भवन तथा संरचना रहेको प्रयोगशाला अधिकांश प्रदेशवासीलाई जानकारी नै छैन।

देशमा संघीयता लागु भए पसश्चात सरकारले स्वास्थ्य सेवालाई सर्बशुलभ र प्रभाकारी बनाउने उदेश्यसहित नागरिक हरुलाई स्वास्थ परीक्षण निःशुल्क र केही परीक्षण न्यूनतम शुल्कमा गर्ने गरि संचालनमा आएको प्रयोगशाला कार्यलय स्थापना भएको स्थान नागरिकलाई सहज रुपमा पाएक पर्ने ठाउँमा नहुदा सेवा ग्राही नागरिकको संख्या कम देखिएको छ । धेरै नागरिकलाई कार्यलय र प्रदान गर्ने सेवाको बारेमा जानकारीनै छैन त्यसैले सेवा पाउनबाट वञ्चित रहेको पाइएको छ ।

सरकारले स्वास्थ्य प्रयोगशाला स्थापना गरेपनी नागरिकहरु स्वास्थ्य उपचारका लागि सबैभन्दा महँगो शुल्क तिरेर उपचार गर्न बाध्य छन । नागरिक वञ्चित हुनु परेको छ ।

प्रयोगशालाका निमित्त निर्देशक राजेशकुमार गुप्ताले राज्यको नागरिकलाई स्वास्थ्य परीक्षण उपलब्ध गराउने उद्देश्य अनुरुप स्थापना गरिएको प्रयोगशाला नागरिकहरूले जानकारी नपाएको र विभिन्न विकृतिका कारणले ओझेलमा परेकाे दुखेसो पाेखे ।प्रदेशका प्रमुख सहरमा नागरिकले जानकारी प्राप्त गर्न सक्ने स्थानमा कार्यालय राख्न पहल गरेकाे वताए । ल्याव प्रयाेगशाला कहिले नाेक्सानमा नजाने क्षेत्र भएकाले राज्यले लगानी गर्नमा पछि हट्न नहुने बताए ।

उनले २०८० असोजमा आफू उक्त प्रयोगशालामा नियुक्त भएपश्चात सुस्त रहेको कार्यालयलाई मूर्त रूप दिन सफल भएको र थप लाग्नुपर्ने देखेको बताए। उक्त प्रयोगशालामा प्रदेशभित्रका नागरिकलाई केही निःशुल्क र केही न्यूनतम शुल्कमा परीक्षण गर्ने व्यवस्था रहेको छ।

जसमा एचआइभी( एड्स )भाइरस परीक्षण ,वंशाणुगत रोगको निवारणका लागिका लागि परीक्षण सेवा , प्रदेशभित्र फैलिएका विभिन्न समयका महामारीमा स्थलगत परीक्षण र उपचार ,कोरोना भाइरसको अवस्था निरन्तर निगरानी र जानकारी लिनका लागि परीक्षण र सचेतनामा पहल गरेको छ ।दर्ता नभएका प्रयोगशालालाई नियमसँगत दर्ता प्रक्रियामा ल्याउन पहल गरेको र सफल भएको छ।

प्रदेशभित्रका अन्य स्वास्थ्य संस्थामा उपलब्ध नभएका परीक्षण सेवा उपलब्ध गराएको छ । होल बढी चेकजाँचका लागि न्यूनतम १ हजार ६ सय शुल्कमा परीक्षण गरिरहेको छ। सेवाग्राहीबाट आएको आम्दानी सरकारको राजस्व खातामा प्रत्यक्ष जाने गरेको छ।

छुटाउनुभयो कि ?

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...