पाँचौ फोर्टिन स्टार कपको उपाधी जनसहयोग माविलाई


गुल्मी

पाचौं फोर्टिन स्टार कप २०८१ को उपाधि जनसहयोग मा बि रेसुङ्गा ०५ भुवनपानी ले जितेको छ ।
शनिबार भएको फाइनल खेल मा महेन्द्र मा बि तम्घास लाई १-० को अन्तर मा उपाधि हात पारेको छ । जनसहयोगका लागि दोस्रो हाफमा सन्तोष परियारले निणायक गोल गरे । फोर्टिन स्टार कपमा पहिलो पटक गत बर्ष सहभागि हुँदा जनसहयोग मावि क्वाटरफाइनलबाट बाहिरिएको थियो । दोस्रो पटक भने उपाधी नै जितेको छ । खेलमा महेन्द्र माध्यमिक विद्यालय दोस्रो भएको छ । महेन्द्र मावि गत बर्ष पनि दोस्रो भएको थियो ।

ग्रामिण क्षेत्रबाट प्रतियोगितामा सहभागी भई उपाधी जित्न सफल भए सगै जनसहयोग मा.विको चौतर्फी प्रसंसा भएको छ । खेल मैदानको अभाव, नियमित खेल अभ्यासको अभाब हुदा हुदै पनी कडा मेहनतका साथ जित हासिल गर्नु जनसहयोग माविलाई ठुलो सफलता हो । फोर्टिन स्टारकपमा जित हासिल गरेपछी खुसियालीमा खेलाडी विद्यार्थी सहित विद्यालय परिवारले पञ्चेवाजा सहित तम्घास बजार परिक्रमा गरका छन ।


जिल्लामा विद्यालयस्तरीय छात्र फुटबलमा हुने सबैभन्दा ठुलो प्रतियोगिता भएकोले फोर्टिन स्टार कपको उपाधि महत्वपूणर् मानिन्छ । खेल जितेसँगै जनसहयोग माविले ३५ हजारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने महेन्द्र माविले २५ हजार, ट्रफी मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । मंसिर ११ देखि संचालन भएको फोर्टिन स्टार कपमा शुक्रबार भएको सेमिफाइनलमा महेन्द्र माविले भाडगाउँ मावि र जनसहयोग माविले सिद्धबाबा माविलाई पराजित गर्दै फाइनल पुगेका थिए ।

छुटाउनुभयो कि ?

भारतमा युवालाई साथ दिँदै विपक्षी दलहरू पनि आन्दोलनमा

भारतमा युवालाई साथ दिँदै विपक्षी दलहरू पनि आन्दोलनमा

काठमाडौँभारतमा शिक्षा प्रणाली सुधार एवं शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको मागसहित युवा र विद्यार्थीले गरेको प्रदर्...
सातै प्रदेशमा सत्ता सहकार्य गर्न एमाले र नेकपा सहमत

सातै प्रदेशमा सत्ता सहकार्य गर्न एमाले र नेकपा सहमत

काठमाडौंनेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेशमा सरकार निर्माण गर्न सहकार्य गर्ने भएका छन् । नेपाली काँग्रे...
६० प्रकारका औषधिको मूल्य समायोजन प्रस्ताव

६० प्रकारका औषधिको मूल्य समायोजन प्रस्ताव

काठमाडौंक्यान्सर तथा अन्य अत्यावश्यक औषधिको अभाव न्यूनीकरण गर्ने उद्देश्यले औषधि व्यवस्था विभागले ती औषधिको मूल्य समायोजन प्र...
नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत विराटनगर आयो कार्गो रेल, उद्योगलाई ढुवानीमा राहत

नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत विराटनगर आयो कार्गो रेल, उद्योगलाई ढुवानीमा राहत

काठमाडौंतेस्रो मुलुकबाट आयात हुने औद्योगिक कच्चा पदार्थ अब भारतीय बन्दरगाह कोलकाताबाट सिधै विराटनगरसम्म रेलमार्फत आउन थालेको ...