पाँचौ फोर्टिन स्टार कपको उपाधी जनसहयोग माविलाई


गुल्मी

पाचौं फोर्टिन स्टार कप २०८१ को उपाधि जनसहयोग मा बि रेसुङ्गा ०५ भुवनपानी ले जितेको छ ।
शनिबार भएको फाइनल खेल मा महेन्द्र मा बि तम्घास लाई १-० को अन्तर मा उपाधि हात पारेको छ । जनसहयोगका लागि दोस्रो हाफमा सन्तोष परियारले निणायक गोल गरे । फोर्टिन स्टार कपमा पहिलो पटक गत बर्ष सहभागि हुँदा जनसहयोग मावि क्वाटरफाइनलबाट बाहिरिएको थियो । दोस्रो पटक भने उपाधी नै जितेको छ । खेलमा महेन्द्र माध्यमिक विद्यालय दोस्रो भएको छ । महेन्द्र मावि गत बर्ष पनि दोस्रो भएको थियो ।

ग्रामिण क्षेत्रबाट प्रतियोगितामा सहभागी भई उपाधी जित्न सफल भए सगै जनसहयोग मा.विको चौतर्फी प्रसंसा भएको छ । खेल मैदानको अभाव, नियमित खेल अभ्यासको अभाब हुदा हुदै पनी कडा मेहनतका साथ जित हासिल गर्नु जनसहयोग माविलाई ठुलो सफलता हो । फोर्टिन स्टारकपमा जित हासिल गरेपछी खुसियालीमा खेलाडी विद्यार्थी सहित विद्यालय परिवारले पञ्चेवाजा सहित तम्घास बजार परिक्रमा गरका छन ।


जिल्लामा विद्यालयस्तरीय छात्र फुटबलमा हुने सबैभन्दा ठुलो प्रतियोगिता भएकोले फोर्टिन स्टार कपको उपाधि महत्वपूणर् मानिन्छ । खेल जितेसँगै जनसहयोग माविले ३५ हजारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने महेन्द्र माविले २५ हजार, ट्रफी मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । मंसिर ११ देखि संचालन भएको फोर्टिन स्टार कपमा शुक्रबार भएको सेमिफाइनलमा महेन्द्र माविले भाडगाउँ मावि र जनसहयोग माविले सिद्धबाबा माविलाई पराजित गर्दै फाइनल पुगेका थिए ।

छुटाउनुभयो कि ?

साउदी अरेबियाको सुरक्षा स्थितिका कारण नेपाल वायुसेवा निगमको दमाम उडान रद्द

साउदी अरेबियाको सुरक्षा स्थितिका कारण नेपाल वायुसेवा निगमको दमाम उडान रद्द

बुटवल साउदी अरेबियाको सुरक्षा स्थितिका कारण नेपाल वायुसेवा निगमको दमाम उडान रद्द गरिएको छ ।नेपाल वायुसेवा निगमले साउदी अरेबिय...
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण

सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण

बुटवल आज अधिकांश सरकारी वेबसाइट बन्द छन् । पीएचपी प्रविधिमा देखिएको सुरक्षा जोखिमका कारण सरकारी वेबसाइटहरू बन्द गरिएको हो ।सफ...
मङ्गलबारदेखि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्

मङ्गलबारदेखि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्

बुटवलनेपाल मौसम विज्ञान विभागले आगामी मङ्गलबारदेखि मुलुकको केही भू–भागमा वर्षा हुनसक्ने सम्भावना रहे पनि त्रसित नहुन सबैसँग अ...
साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौँसाउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमण रोक्ने क्रममा खसेका टुक्राबाट एक नेपालीसहित दुई विदे...