आज संविधान दिवस, टुँडिखेलदेखि दरबारमार्गसम्म विशेष कार्यक्रम


३ असोज, काठमाडौं । आज संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते संघीयतासहितको संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ ।

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज बिहान साढे आठ बजे विशेष समारोह आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सहभागी हुँदैछन् ।

टुँडिखेलमा आयोजित समारोहमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिने छ । नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै शान्तिको प्रतीक सेतो परेवा उडाउने प्रचलन छ ।

आजै राष्ट्रपति पौडेलले शीतल निवासमा पनि एक कार्यक्रम आयोजना गरेका छन् ।

साँझ भने दरबारमार्गमा सांगीतिक कार्यक्रम आयोजना हुँदै छ । ‘नेशनल डे कन्सर्ट’ नाममा हुन लागेको सांगीतिक कार्यक्रमका लागि हिजोदेखि नै दरबारमार्ग क्षेत्रमा सवारी आवागमन बन्द गरिएको छ ।

संविधान दिवसको दिन आज काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्थ चुस्त पारिएको छ । शान्ति सुव्यवस्था कायम राख्न सुरक्षाकर्मीलाई हाई अलर्टमा राखिएको छ ।

सरकारले हरेक वर्ष संविधान दिवस विभिन्न कार्यक्रम गरी तीन दिनसम्म मनाउने गर्दछ । आज सबै नेपालीलाई घरघरमा दीपावली गरेर दिवस मनाउन सरकारले आह्वान गरेको छ ।

छुटाउनुभयो कि ?

साउदी अरेबियाको सुरक्षा स्थितिका कारण नेपाल वायुसेवा निगमको दमाम उडान रद्द

साउदी अरेबियाको सुरक्षा स्थितिका कारण नेपाल वायुसेवा निगमको दमाम उडान रद्द

बुटवल साउदी अरेबियाको सुरक्षा स्थितिका कारण नेपाल वायुसेवा निगमको दमाम उडान रद्द गरिएको छ ।नेपाल वायुसेवा निगमले साउदी अरेबिय...
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण

सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण

बुटवल आज अधिकांश सरकारी वेबसाइट बन्द छन् । पीएचपी प्रविधिमा देखिएको सुरक्षा जोखिमका कारण सरकारी वेबसाइटहरू बन्द गरिएको हो ।सफ...
मङ्गलबारदेखि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्

मङ्गलबारदेखि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्

बुटवलनेपाल मौसम विज्ञान विभागले आगामी मङ्गलबारदेखि मुलुकको केही भू–भागमा वर्षा हुनसक्ने सम्भावना रहे पनि त्रसित नहुन सबैसँग अ...
साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौँसाउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमण रोक्ने क्रममा खसेका टुक्राबाट एक नेपालीसहित दुई विदे...