बरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी कर्ण बहादुर कार्कीको निधन


बुटवल । नेपाली पत्रकारीताको एउटा ईतिहास बनाएका कर्ण बहादुर कार्कीको निधन भएको छ। लामो समय बुटवलमा रहेर पत्रकारीता गर्दै आएका कार्की पछिल्लो समय पाल्पाको तानसेनमा नगरपालिका राईडाडामा बस्दै आएका थिए। 

मोफसलको सबैभन्दा पुरानो दैनिक पत्रिका लुम्विनी दैनिकका संस्थापक सम्पादक कार्की मिगौला, उच्चरक्तचाप, मधुमेह लगायतका समस्याको उपचार गराई रहेका थिए। 

२०११ सालमा जन्मिएका कार्कीको साउन अन्तिम हप्ता लुम्बिनी प्रादेशिक अस्पतालमा हर्नियाको सफल शल्यक्रिया भएको थियो। त्यसपछि उनी मिर्गौला प्रत्यारोपणको तयारीमा थिए। कार्की पञ्चायती व्यवस्था विरोधी आन्दोलनमा सक्रिय भएसंगै २०३६ सालको जनमत संग्रह पछि पाल्पाबाट पत्रकारिता शुरु गरेका थिए।

कार्कीले जमर्को, झिल्को र देशान्तर साप्ताहिकमा जोडिएर पत्रकारिता गरेका थिए।  २०४५ सालमा  कार्कीले दैनिक लुम्बिनीको प्रकाशन शुरु गरेका थिए। पञ्चायतविरोधी आन्दोलनमा सक्रिय भएर चिनिएका व्यक्ति भएकाले तत्कालीन जिल्ला प्रशासनले रुपन्देहीमा पत्रिका दर्ता  गर्न नदिएपछि नवलपरासीको परासीमा भाइ कृष्णबहादुर कार्कीको सहयोगमा दैनिक लुम्बिनी दर्ता गरेका थिए।

नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष भैसकेका कार्की निडर र हक्की स्वभावका पत्रकारका रुपमा चिनिन्थे। प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय कार्कीका एक छोरा एक श्रीमती र एक छोरी छन्।  

नेपाली पत्रकारीताका धरोहर कार्कीको निधनले हामीलाई स्तव्ध बनाएको छ। स्वर्गीय कार्की प्रति संचार पत्र डटकम परिवार भावपुर्ण श्रद्धान्जली ब्यक्त गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना ब्यक्त गर्दछौं।

छुटाउनुभयो कि ?

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...