औषधिले काम नगरेर अबको २५ वर्षमा विश्वमा झन्डै चार करोड मानिसको ज्यान जान सक्ने : अध्ययन


अबको २५ वर्षमा औषधिले काम गर्न छाडेर झन्डै चार करोड जना मानिसको ज्यान जान सक्ने एउटा अध्ययनले देखाएको छ । ग्लोबल रिसर्च अन एन्टिमाइक्रोबियल रेसिस्टेन्स परियोजनाले पहिलोपटक एएमआरको लामो समयसम्मको प्रवृत्तिबारे विश्वव्यापी अध्ययन गरेर त्यसको नतिजा लान्सेट जर्नलमा प्रकाशित गरेको छ । प्रकाशित प्रतिवेदनको निष्कर्षमा एन्टिमाइक्रोबियल रेसिस्टेन्सका (एएमआर) वा औषधिले काम नगर्दा सन् २०५० सम्ममा तीन करोड ९० लाख जना मानिसको ज्यान जाने उल्लेख रहेको छ । ब्याक्टेरियाविरुद्ध काम गर्ने (एन्टिबायोटिक), भाइरसविरुद्ध काम गर्ने (एन्टिभाइरल), फन्गसविरुद्ध काम गर्ने (एन्टिफन्गल) र परजीवीविरुद्ध काम गर्ने (एन्टिप्यारासाइटिक) औषधिलाई सामूहिक रूपमा एन्टिमाइक्रोबियल भनिन्छ । यी औषधि विरुद्ध जीवाणुले प्रतिरोधात्मक क्षमता विकास गरेमा त्यसलाई एएमआर भनिन्छ । एएमआरका कारण औषधिले काम गर्न छोड्छन् । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएपछि औषधि र खोपले समेत काम नगर्ने र सङ्क्रमणका कारण ज्यान गुमाउनुपर्ने प्रतिवेदनमा भनिएको छ ।

खोप र सरसफाइमा सुधारका कारण धेरै साना बच्चामा एएमआरको प्रभाव घट्दै गए पनि पाका उमेरका व्यक्तिमा यसको असर धेरै देखिएको छ । प्रतिवेदनमा सङ्क्रमण अझ राम्ररी रोके, स्वास्थ्यमा पहुँच बढाए र नयाँ एन्टिबायोटिक बनाए विश्वभर दशौं लाख मानिसको ज्यान जोगाउन सकिने पनि उल्लेख छ ।

छुटाउनुभयो कि ?

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...