औषधिले काम नगरेर अबको २५ वर्षमा विश्वमा झन्डै चार करोड मानिसको ज्यान जान सक्ने : अध्ययन


अबको २५ वर्षमा औषधिले काम गर्न छाडेर झन्डै चार करोड जना मानिसको ज्यान जान सक्ने एउटा अध्ययनले देखाएको छ । ग्लोबल रिसर्च अन एन्टिमाइक्रोबियल रेसिस्टेन्स परियोजनाले पहिलोपटक एएमआरको लामो समयसम्मको प्रवृत्तिबारे विश्वव्यापी अध्ययन गरेर त्यसको नतिजा लान्सेट जर्नलमा प्रकाशित गरेको छ । प्रकाशित प्रतिवेदनको निष्कर्षमा एन्टिमाइक्रोबियल रेसिस्टेन्सका (एएमआर) वा औषधिले काम नगर्दा सन् २०५० सम्ममा तीन करोड ९० लाख जना मानिसको ज्यान जाने उल्लेख रहेको छ । ब्याक्टेरियाविरुद्ध काम गर्ने (एन्टिबायोटिक), भाइरसविरुद्ध काम गर्ने (एन्टिभाइरल), फन्गसविरुद्ध काम गर्ने (एन्टिफन्गल) र परजीवीविरुद्ध काम गर्ने (एन्टिप्यारासाइटिक) औषधिलाई सामूहिक रूपमा एन्टिमाइक्रोबियल भनिन्छ । यी औषधि विरुद्ध जीवाणुले प्रतिरोधात्मक क्षमता विकास गरेमा त्यसलाई एएमआर भनिन्छ । एएमआरका कारण औषधिले काम गर्न छोड्छन् । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएपछि औषधि र खोपले समेत काम नगर्ने र सङ्क्रमणका कारण ज्यान गुमाउनुपर्ने प्रतिवेदनमा भनिएको छ ।

खोप र सरसफाइमा सुधारका कारण धेरै साना बच्चामा एएमआरको प्रभाव घट्दै गए पनि पाका उमेरका व्यक्तिमा यसको असर धेरै देखिएको छ । प्रतिवेदनमा सङ्क्रमण अझ राम्ररी रोके, स्वास्थ्यमा पहुँच बढाए र नयाँ एन्टिबायोटिक बनाए विश्वभर दशौं लाख मानिसको ज्यान जोगाउन सकिने पनि उल्लेख छ ।

छुटाउनुभयो कि ?

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...