रेसुङ्गा नगरपालिका १ को आयोजनामा तिज विशेष तथा दरखाने कार्यक्रम सम्पन्न
अनिता खत्री गुल्मी, ४ भदौ
नारीहरूको महान् पर्व हरितालिका तीजको उल्लास गुल्मीको रेसुङ्गा नगरपालिकामा छाएको छ। यसै क्रममा रेसुङ्गा नगरपालिका वडा नं. १ ले तीज विशेष तथा दर खाने कार्यक्रमको भव्य आयोजना गरी पर्वको सांस्कृतिक महत्व, नारी सशक्तिकरण र सामाजिक एकताको सन्देशलाई जीवन्त बनाएको छ।रातो पहिरन र गहनामा सजिएका दिदीबहिनीहरूको उल्लासमय उपस्थितिले कार्यक्रमस्थल रंगीविरंगी बनेको थियो। नगरप्रमुख खिलध्वज पन्थी, उपप्रमुख अमृता देवी कुँवर, वडा अध्यक्ष रामप्रसाद पन्थी, शिक्षा शाखा प्रमुख पिताम्बर पन्थी, वडा सदस्यहरू, समाजसेवी र स्थानीय सरोकारवाला निकायहरूको सहभागिताले कार्यक्रमको गरिमा थप उजागर भएको थियो। उपस्थित सबैले एकअर्कालाई तीजको शुभकामना साटासाट गर्दै पर्वको हार्दिकता र उत्साहलाई साझा गरे।नारी सशक्तिकरण र सामाजिक एकताको सन्देशकार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख खिलध्वज पन्थीले तीज पर...








