समाज

पाल्पामा कुटपिटबाट वृद्ध महिलाको हत्या, उनका श्रीमान घाइते

पाल्पामा कुटपिटबाट वृद्ध महिलाको हत्या, उनका श्रीमान घाइते

Breaking news 3, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
पाल्पापाल्पाको माथागढी गाउँपालिका–४ देउगीरमा गएराति कुटपिटका कारण एक महिलाको मृत्यु भएको छ । झडेवा बस्ने ३७ वर्षका मिनबहादुर विश्वकर्माले कुटपिट गरी ७६ वर्षीया फूलमाया जिसीको हत्या गरेका हुन् ।कुटपिटकै क्रममा फूलमायाका ८२ वर्षीया श्रीमान प्रेमबहादुर जिसी घाइते भएका छन् । उनलाई लुम्बिनी मेडिकल कलेजबाट थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवल रिफर गरिएको प्रहरी नायव उपरीक्षक (डीएसपी) होमप्रकाश चौधरीले जानकारी दिए ।प्रहरीका अनुसार गएराति करिब १२ः३५ बजे घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी माथा र जिल्ला प्रहरी कार्यालयबाट टोली खटिएको थियो । त्यसपछि घरमै लुकिछिपी बसेका विश्वकर्मा पक्राउ परेका हुन् । स्थानीयका अनुसार कुटपिटमा धारिलो हतियार समेत प्रयोग गरिएको थियो । प्रहरीले घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ । ...
विकासे मन्त्रालयका १ खर्ब १४ अर्ब १० करोड बजेट कटौती

विकासे मन्त्रालयका १ खर्ब १४ अर्ब १० करोड बजेट कटौती

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँजेन–जीको प्रदर्शनपछि गठित नयाँ सरकारले चालु आर्थिक वर्षका लागि विनियोजित कुल बजेटमध्ये करिब सवा खर्ब रुपैयाँ कटौती गरेको छ । अर्थमन्त्री रामेश्वर खनालले कार्यकार सम्हालेपछि पहिलो पहिलो निर्णयका रुपमा चालु वर्षको बजेटमा कुन–कुन आयोजनाको बजेट कटौती गर्न सकिन्छ भनेर अध्ययन गर्न समिति गठन गरेका थिए । असोज ६ को मन्त्रिपरिषद् बैठकले पनि केही आयोजनाको बजेट कटौति गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सरकारले विभिन्न करिब एक दर्जन विकासे मन्त्रालय अन्तर्गतका आयोजनाको १ खर्ब १४ अर्ब १० करोड बजेट कटौती गरेको हो । यद्यपि सरकारले त्यसलाई बजेट कटौती नभनेर रोक्का (स्थगन) भन्दै आएको छ । अहिलेलाई स्थगन भनिए पनि यो बजेट कटौती नै भएको स्रोतले जनाएको छ । तयारी र स्रोत सुनिश्चितता नभएका, तुलनात्मक रूपमा कम आवश्यक, पहुँच र दबाबका आधारमा बजेटमा राखिएका, आयोजना बैंकभन्दा बाहिर रहेका आयोजन...
७० हजार नयाँ मतदाता थपिए, नाम दर्ता गराउने समय ३० कात्तिक सम्म

७० हजार नयाँ मतदाता थपिए, नाम दर्ता गराउने समय ३० कात्तिक सम्म

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, फिचर, शिक्षा, समाचार, समाज
काठमाडौँतिहारको बिदा हुनु अघिल्लो दिनसम्म ७० हजार नयाँ मतदाता थपिएका छन् । अध्यादेशमार्फत कानुन संशोधन गरेर छुटेका व्यक्तिका लागि अतिरिक्त समय दिइएपछि मतदाता नामावलीमा नाम दर्ता गराउने क्रम जारी छ । सरकार तथा निर्वाचन आयोगले यथाशक्य छिटो मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन आग्रह गरेको छ ।निर्वाचन आयोगले ९ असोजमा सूचना प्रकाशित गरेर मतदाता नामावली संकलन थालिएको भनेको थियो । त्यसयता २ कात्तिकसम्म ७० हजार ४ सय १५ जना व्यक्ति मतदाता नामावलीमा थपिएका छन् । त्यसमध्ये ४३ हजार १ सय ६५ पुरुष र २७ हजार २ सय ४४ महिला र ६ जना अन्यले नाम दर्ता गराएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताए । अनुमान गरिएजस्तो नामावली संकलनमा उत्साहजनक सहभगिता नदेखिएको उनले उल्लेख गरे । सरकारले मतदाता नामावली ऐन संशोधन गरेर निर्वाचन घोषणा पछाडि पनि मतदाता नामावली संकलनको व्यवस्था गरेको हो । २१ फागुनमा प्रतिनिध...
दिपावलीको मैनबत्ती बाल्ने क्रममा आगलागी

दिपावलीको मैनबत्ती बाल्ने क्रममा आगलागी

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
गुल्मी गुल्मीको मुसिकोट नगरपालिकामा गए राति एक गोठमा आगलागी भएको छ । दीपावलीको अवसरमा मैनबत्ती बाल्ने क्रममा अचानक आगो लाग्दा मुसिकोट नगरपालिका -९ ददल्कामा स्थानीय शान्ति परियारको एकतले कच्ची गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। आगलागी भएको जानकारी पाहुना साथ राति नै प्रहरी चौकी वामिटक्सारबाट प्रहरी सहायक निरीक्षक प्रदीप कार्कीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।स्थानीय बासिन्दाको सहयोगमा आगो राति नै पूर्ण रूपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गा बहादुर सारूले बताएका छन् । ...
बुटवलमा बसको ठक्करबाट एक जनाको मृत्यु

बुटवलमा बसको ठक्करबाट एक जनाको मृत्यु

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवलबुटवलमा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ। लुम्बिनी बस टर्मिनलबाट निस्किने क्रममा बसले ठक्कर दिएपछि गम्भीर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको हो।बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको लु २ ख ४०९७ नम्बरको बस बिहान करिब ७ बजे बसपार्कको गेटनजिक निस्किँदै गर्दा पैदल यात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।ठक्करबाट कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका–७ बडसुदुवाका ३५ वर्षीय दिनेश यादव गम्भीर घाइते भएका थिए। उनलाई तत्काल लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। यादव बुटवलमा पेन्टिङको काम गर्दै आएका थिए। तिहारको बिदा भएपछि बिहान घर जान बसपार्कतर्फ जाँदै गर्दा उनी दुर्घटनामा परेका हुन्। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्र बहादुर रानाका अनुसार बस र चालक पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–९ का ४०...
राष्ट्रिय जेनजी पार्टी नामक दल दर्ता गर्न आयोगमा निवेदन

राष्ट्रिय जेनजी पार्टी नामक दल दर्ता गर्न आयोगमा निवेदन

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँनिर्वाचन आयोगमा राष्ट्रिय जेनजी पार्टी नामको दल दर्ताका लागि निवेदन परेको छ । हिराप्रसाद सोती उर्फ किरण विक अध्यक्ष रहने गरी आयोगमा उक्त नामको दल दर्ताका लागि निवेदन आएको र दर्ता नम्बर ५३९ रहेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।उनका अनुसार निवेदनमा क्रस खुकुरी निर्वाचन चिह्न माग गरिएको छ । तर उक्त निर्वाचन चिह्न परिवर्तन गर्न सुझाव दिएको आयोगका एक पदाधिकारीले जानकारी दिए । त्यस्तै जेनजी पार्टीको उपाध्यक्ष मुना विक, महासचिव गोपाल आचार्य तथा सचिवहरू सञ्जु नेपाली, मोहम्मद आयातुल्ला रहमान र होम श्रेष्ठ रहेको जनाइएको छ । सोती बुटवलबाट जेनजी आन्दोलनमा भूमिका निभाएका युवा अभियन्ता भएको बताइएको छ । उक्त पार्टीको प्रारम्भिक केन्द्रीय कमिटी २१ जनाको रहने बताइए पनि सदस्यहरूको नाम खुलाइएको छैन । उक्त पार्टीको कार्यालय ठेगाना अनामनगर उल्लेख छ । त्यस्तै आयो...
दलहरूको संख्या १२४, थप १७ वटा दर्ता हुँदै

दलहरूको संख्या १२४, थप १७ वटा दर्ता हुँदै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनिर्वाचन आयोगमा नयाँ दल दर्ताको निवेदन लिएर पुग्नेको संख्या १७ पुगेको छ । आयोगका अनुसार १७ वटै दल दर्ताको प्रक्रियामा रहेका छन् । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार जेनजी आन्दोलन अगाडि दल दर्ताका लागि दश वटा निवेदन परेका थिए । जेनजी आन्दोलनपछि थप सात दल दर्ताका लागि निवेदन परेको छ । १७ वटै निवेदनमाथि आयोग अध्ययनको क्रममा छ ।सूचना अधिकारी घिमिरेका अनुसार दर्ता भएका दलको संख्या १२४ रहेको छ । निवेदन दिएका सबै दल दर्ता भए दलको संख्या अझ बढ्नेछ ।यस बीचमा दुई वटा पार्टी फुटेर दर्ता भएका छन् । जनमत पार्टी फुटेर जनस्वराज पार्टी दर्ता भएको छ । नेपाल जनमुक्ति पार्टी फुटेर नयाँ दल दर्ता भएको छ ।दर्ता हुन बाँकी रहेका दलहरूको विवरण अध्ययन गर्ने काम भइराखेको आयोगले जनाएको छ । कुनै दलको विधान स्पष्ट हुनुपर्ने, कुनैको सनाखतका लागि आवश्यक संख्या नपुग्ने लगायतका समस्या रहेका ...
सेनाले फोन जफत गरेको तत्कालीन प्रधानमन्त्री र मन्त्रीहरूको भनाइ

सेनाले फोन जफत गरेको तत्कालीन प्रधानमन्त्री र मन्त्रीहरूको भनाइ

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँ एमाले अध्यक्ष केपी शर्मा ओलीले कामचलाउ सरकारको प्रधानमन्त्री रहेकै बेला आफ्नो फोन सेनाले ‘सिज’ गरेको (जफत गरेको) दाबी गरेका छन् ।प्रदर्शनकारी प्रधानमन्त्री निवास बालुवाटारतर्फ अघि बढेपछि सेनाले २४ भदौको अपराह्न ओलीलाई हेलिकोप्टरबाट उद्धार गरेको थियो । आफू सेनाको सुरक्षाभित्र गएपछि तीन दिनसम्म सञ्चार सम्पर्कबाट अलग राखिएको ओलीको भनाइ छ । २३ भदौको जेन–जी आन्दोलनमा सरकारले व्यापक दमन गरेको थियो भने २४ भदौमा प्रदर्शन हिंसात्मक बनेको थियो । प्रदर्शनकारीले देशभर सरकारी र निजी संरचनामा तोडफोड, लुटपाट र आगजनी मच्चाएपछि ओलीले अपराह्न करिब २ बजे प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । ओलीको राजीनामापत्र सैनिक अधिकारीमार्फत राष्ट्रपति कार्यालय पठाइएको थियो । त्यसलगत्तै उनलाई सेनाले हेलिकोप्टर चढाएर मकवानपुरको सुपारीटार ब्यारेक पुर्‍याएको थियो । आइतबार काठमाडौंमा सञ्चारकर्मीहरूसँ...
तिहारको तेस्रो दिन :आज नरक चतुर्दशी, कुकुर तिहार तथा लक्ष्मी पूजा

तिहारको तेस्रो दिन :आज नरक चतुर्दशी, कुकुर तिहार तथा लक्ष्मी पूजा

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, शिक्षा, समाचार, समाज
काठमाडौं तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा डा देवमणि भट्टराई नरक चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउँछन् । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले जानकारी दिए ।वैवस्वतः मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ ...
दैलेखको ग्याँस भण्डार रिपोर्टलाई अन्तिम रुप दिन सरकारी टोली चीन जाँदै

दैलेखको ग्याँस भण्डार रिपोर्टलाई अन्तिम रुप दिन सरकारी टोली चीन जाँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, समाज
काठमाडौं दैलेखको जलजलेमा भेटिएको मिथेन ग्याँसको भण्डारका विषयमा छलफल गर्न सरकारी टोली चीन जाने तयारीमा छ । खानी तथा भूगर्भ विभागका महानिर्देशक दिनेश कुमार नापितको नेतृत्वको टोली ग्याँस उत्खननको विस्तृत प्रतिवेदनलाई अन्तिम रुप दिने विषयमा छलफल गर्न चीन जान लागेको हो । चीनको छेन्दुस्थित चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र चीनकै सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले गरेको ड्रिलिङबाट दैलेखको जलजलेमा मिथेन ग्याँसको भण्डार रहेको पुष्टि भएको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरुले ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको र त्यसले नेपालमा ५० वर्षको माग धान्ने अनुमान गरिएको बताएका थिए ।तर, अन्वेषणको अन्तिम प्रतिवेदन चीनले अझै दिएको छैन । मन्त्रालयका अनुसार चिनियाँ टोलीले आगामी डिसेम्बरमा प्रतिवेदन दिने जनाएको छ । सोही प्रतिवेदनलाई अन्तिम रुप दिन खानी तथा भूगर्भ विभ...