बुटवलमा बसको ठक्करबाट एक जनाको मृत्यु


बुटवल
बुटवलमा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ। लुम्बिनी बस टर्मिनलबाट निस्किने क्रममा बसले ठक्कर दिएपछि गम्भीर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको हो।
बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको लु २ ख ४०९७ नम्बरको बस बिहान करिब ७ बजे बसपार्कको गेटनजिक निस्किँदै गर्दा पैदल यात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
ठक्करबाट कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका–७ बडसुदुवाका ३५ वर्षीय दिनेश यादव गम्भीर घाइते भएका थिए। उनलाई तत्काल लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

यादव बुटवलमा पेन्टिङको काम गर्दै आएका थिए। तिहारको बिदा भएपछि बिहान घर जान बसपार्कतर्फ जाँदै गर्दा उनी दुर्घटनामा परेका हुन्।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्र बहादुर रानाका अनुसार बस र चालक पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–९ का ४० वर्षीय भीम मगरलाई नियन्त्रणमा लिइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

छुटाउनुभयो कि ?

प्रधानमन्त्री शाहको शुभकामना: सरकार छ भन्ने अनुभूति दिलाउन सबै एकजुट हुन आह्वान

प्रधानमन्त्री शाहको शुभकामना: सरकार छ भन्ने अनुभूति दिलाउन सबै एकजुट हुन आह्वान

काठमाडौंप्रधानमन्त्री बालेन्द्र शाहले विजयादशमीको शुभकामना दिँदै देशविदेशमा रहेका सबैमा सुख, शान्ति समृद्धि र उत्तरोत्तर प्रग...
आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

बुटवलबडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृ...
बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...