बुटवलमा बसको ठक्करबाट एक जनाको मृत्यु


बुटवल
बुटवलमा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ। लुम्बिनी बस टर्मिनलबाट निस्किने क्रममा बसले ठक्कर दिएपछि गम्भीर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको हो।
बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको लु २ ख ४०९७ नम्बरको बस बिहान करिब ७ बजे बसपार्कको गेटनजिक निस्किँदै गर्दा पैदल यात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
ठक्करबाट कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका–७ बडसुदुवाका ३५ वर्षीय दिनेश यादव गम्भीर घाइते भएका थिए। उनलाई तत्काल लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

यादव बुटवलमा पेन्टिङको काम गर्दै आएका थिए। तिहारको बिदा भएपछि बिहान घर जान बसपार्कतर्फ जाँदै गर्दा उनी दुर्घटनामा परेका हुन्।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्र बहादुर रानाका अनुसार बस र चालक पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–९ का ४० वर्षीय भीम मगरलाई नियन्त्रणमा लिइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

छुटाउनुभयो कि ?

बालबालिकामा लगानी-समृद्ध समाजको थालनी

बालबालिकामा लगानी-समृद्ध समाजको थालनी

श्रीराम ज्ञवालीबालबालिका देशका भविष्य मात्र होइनन्, उनीहरू वर्तमानका साझेदार र परिवर्तनका संवाहक पनि हुन्। समाजको चेतना, सभ्य...
देशका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

देशका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भू–भाग नजिक रहेको ...
मुग्लिन-नारायणगढ र कालीगण्डकी करिडोर सडक सञ्चालनमा

मुग्लिन-नारायणगढ र कालीगण्डकी करिडोर सडक सञ्चालनमा

बुटवलविभिन्न ठाउँमा पहिराले अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । यो सडक खण्डका तुइनखोला, केरा...
गणेश नेपालीको परिवार र सरकारबीच ९ बुँदे सहमति

गणेश नेपालीको परिवार र सरकारबीच ९ बुँदे सहमति

काठमाण्डाै – काठमाण्डाैकाे त्रिपुरेश्वमार रहेकाे राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएपछि ज्यान गुमाएका गणेश नेपालीका प...