राष्ट्रिय जेनजी पार्टी नामक दल दर्ता गर्न आयोगमा निवेदन


काठमाडौँ
निर्वाचन आयोगमा राष्ट्रिय जेनजी पार्टी नामको दल दर्ताका लागि निवेदन परेको छ । हिराप्रसाद सोती उर्फ किरण विक अध्यक्ष रहने गरी आयोगमा उक्त नामको दल दर्ताका लागि निवेदन आएको र दर्ता नम्बर ५३९ रहेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
उनका अनुसार निवेदनमा क्रस खुकुरी निर्वाचन चिह्न माग गरिएको छ । तर उक्त निर्वाचन चिह्न परिवर्तन गर्न सुझाव दिएको आयोगका एक पदाधिकारीले जानकारी दिए ।

त्यस्तै जेनजी पार्टीको उपाध्यक्ष मुना विक, महासचिव गोपाल आचार्य तथा सचिवहरू सञ्जु नेपाली, मोहम्मद आयातुल्ला रहमान र होम श्रेष्ठ रहेको जनाइएको छ । सोती बुटवलबाट जेनजी आन्दोलनमा भूमिका निभाएका युवा अभियन्ता भएको बताइएको छ । उक्त पार्टीको प्रारम्भिक केन्द्रीय कमिटी २१ जनाको रहने बताइए पनि सदस्यहरूको नाम खुलाइएको छैन । उक्त पार्टीको कार्यालय ठेगाना अनामनगर उल्लेख छ ।

त्यस्तै आयोगमा आइतबार नेपाल लिबरल नामको पार्टी दर्ताका लागि पनि निवेदन परेको आयोगका प्रवक्ता भट्टराईले जनाए । उनका अनुसार उक्त पार्टीको चुनाव चिह्न सिक्का माग गरिएको छ । दुवै निवेदन आयोगले दर्ता गरे पनि थप निर्णय गरिसकेको छैन ।

छुटाउनुभयो कि ?

प्रधानमन्त्री शाहको शुभकामना: सरकार छ भन्ने अनुभूति दिलाउन सबै एकजुट हुन आह्वान

प्रधानमन्त्री शाहको शुभकामना: सरकार छ भन्ने अनुभूति दिलाउन सबै एकजुट हुन आह्वान

काठमाडौंप्रधानमन्त्री बालेन्द्र शाहले विजयादशमीको शुभकामना दिँदै देशविदेशमा रहेका सबैमा सुख, शान्ति समृद्धि र उत्तरोत्तर प्रग...
आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

बुटवलबडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृ...
बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...