पाल्पामा कुटपिटबाट वृद्ध महिलाको हत्या, उनका श्रीमान घाइते


पाल्पा
पाल्पाको माथागढी गाउँपालिका–४ देउगीरमा गएराति कुटपिटका कारण एक महिलाको मृत्यु भएको छ । झडेवा बस्ने ३७ वर्षका मिनबहादुर विश्वकर्माले कुटपिट गरी ७६ वर्षीया फूलमाया जिसीको हत्या गरेका हुन् ।
कुटपिटकै क्रममा फूलमायाका ८२ वर्षीया श्रीमान प्रेमबहादुर जिसी घाइते भएका छन् । उनलाई लुम्बिनी मेडिकल कलेजबाट थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवल रिफर गरिएको प्रहरी नायव उपरीक्षक (डीएसपी) होमप्रकाश चौधरीले जानकारी दिए ।
प्रहरीका अनुसार गएराति करिब १२ः३५ बजे घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी माथा र जिल्ला प्रहरी कार्यालयबाट टोली खटिएको थियो । त्यसपछि घरमै लुकिछिपी बसेका विश्वकर्मा पक्राउ परेका हुन् ।

स्थानीयका अनुसार कुटपिटमा धारिलो हतियार समेत प्रयोग गरिएको थियो । प्रहरीले घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ ।

छुटाउनुभयो कि ?

राजनीतिक सहिष्णुता

राजनीतिक सहिष्णुता

नारायण ज्ञवालीराजनीति समाजको ऐना हो भनिन्छ । समाज जति सभ्य, सहिष्णु र परिपक्व हुन्छ, राजनीति पनि त्यत्तिकै उत्तरदायी र सन्तुल...
माघे सङ्क्रान्ति पर्व मनाइँदै, कृषि जैविक विविधता दिवस पनि आजै

माघे सङ्क्रान्ति पर्व मनाइँदै, कृषि जैविक विविधता दिवस पनि आजै

काठमाण्डौ – आज देशभर माघे सङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गत...
कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

काठमाण्डौ – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएकोे छ । संस्थापन प...
रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

३० पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित ...