पाल्पामा कुटपिटबाट वृद्ध महिलाको हत्या, उनका श्रीमान घाइते


पाल्पा
पाल्पाको माथागढी गाउँपालिका–४ देउगीरमा गएराति कुटपिटका कारण एक महिलाको मृत्यु भएको छ । झडेवा बस्ने ३७ वर्षका मिनबहादुर विश्वकर्माले कुटपिट गरी ७६ वर्षीया फूलमाया जिसीको हत्या गरेका हुन् ।
कुटपिटकै क्रममा फूलमायाका ८२ वर्षीया श्रीमान प्रेमबहादुर जिसी घाइते भएका छन् । उनलाई लुम्बिनी मेडिकल कलेजबाट थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवल रिफर गरिएको प्रहरी नायव उपरीक्षक (डीएसपी) होमप्रकाश चौधरीले जानकारी दिए ।
प्रहरीका अनुसार गएराति करिब १२ः३५ बजे घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी माथा र जिल्ला प्रहरी कार्यालयबाट टोली खटिएको थियो । त्यसपछि घरमै लुकिछिपी बसेका विश्वकर्मा पक्राउ परेका हुन् ।

स्थानीयका अनुसार कुटपिटमा धारिलो हतियार समेत प्रयोग गरिएको थियो । प्रहरीले घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ ।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...