रूपन्देहीको बुटवलसहित ७७ वटै जिल्लामा एमालेले र्यालीसहित आज जनसभा गर्दै
बुटवलनेकपा (एमाले)७७ वटै जिल्लामा आजविशाल जनसभा तथा शान्तीपूर्ण जनप्रदर्शन गर्दैछ । रुपन्देहीको बुटवलमा पनि लोकतन्त्र र संविधानको रक्षा तथा जेनजी समुदायका माग सम्बोधनका एजेण्डासहित आयोजना जनसभा आयोजना गरिएको एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले बताए ।
उनका अनुसार रुपन्देहीका १६ वटै स्थानीय तहबाट हजारौं कार्यकर्ता, समर्थक र आम नागरिकको उत्साहजनक सहभागिता रहनेछ । उनले भने, “जिल्लाभरिका जनताको सहभागिताले रुपन्देहीमा ठूलो जनप्रदर्शन हुनेछ । हाम्रो मुख्य सन्देश लोकतन्त्र, संविधान र राष्ट्रिय हितको रक्षा हो ।”
बिहान ११ बजे राजमार्ग चौराहाबाट सुरु हुने मार्चपाससहितको र्याली बुटवलको ट्राफिकचोकमा पुगेर सभामा परिणत हुने एमाले रुपन्देहीका प्रचार विभमग प्रमेख मिनप्रसाद पौडेलले बताए । जनसभाका लागि पार्टीका विभिन्न कमिटी, जनवर्गीय संगठन र स्थानीय संरचनाहरूलाई आवश्यक जिम्मेवारी तोकिएको उनले ब...







