शनिवार एमालेले बुटवलमा जनसभा गर्दै


बुटवल
नेकपा एमालेले आगामी शनिवार देशभरका जिल्लाहरूमा जनसभा गर्दै छ । गत भदौ २३ र २४ गतेको जेन जी आन्दोलनपछि गठित सरकारले गरेको प्रतिनिधिसभा विघटनप्रति एमालेले विरोध गर्दै आएको छ । 
सोही क्रममा विघटित प्रतिनिधिसभा पुनः स्थापनाको माग गर्दै एमालेले देशका सबै जिल्लाहरूमा शनिवार जनसभा र प्रदर्शन आयोजना गरेको हो । रुपन्देहीमा पनि शनिवार बुटवलमा जनसभा हुँदै छ । 
नेकपा एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख मीन प्रसाद पौडेलले प्रतिनिधिसभा विघटन विरुद्ध रुपन्देहीमा पनि जनसभा आयोजना गरिएको बताउनुभयो । पौडेलले शनिवारको जनसभा र प्रदर्शन लोकतन्त्रको पक्षमा र प्रतिगामी षडयन्त्रका विरुद्धमा आयोजना गरिएकोले सबैलाई सहभागी हुन आग्रह गर्नुभयो । 
जनसभाअघि युवाहरूले बुटवल राजमार्ग चौराहाबाट ट्राफिक चोक सम्म मार्च पास गर्ने छन् । युवाहरूको मार्च पास पछि प्रदर्शन जनसभामा परिणत हुने छ । 
प्रचार विभाग प्रमुख पौडेलका अनुसार एमालेले यस पटकको प्रदर्शनलाई जागरण अभियानको रूपमा अघि बढाएको हो । 
एमालेले प्रतिनिधि सभा विघटनविरुद्ध देशैभरि जनपरिचालन गर्ने निर्णय गरेको थियो । सोही अनुसार गत २२ गते देशभरका वडा तथा २५ गते पालिकाहरूमा भेला र जनप्रदर्शन सम्पन्न गरिसकेको छ । शनिवार सबै जिल्लाहरूमा प्रदर्शनपछि मङ्सिर ६ गते काठमाडौँमा जनप्रदर्शन गर्ने एमालेले तयारी गरेको छ ।

छुटाउनुभयो कि ?

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौँसाउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमण रोक्ने क्रममा खसेका टुक्राबाट एक नेपालीसहित दुई विदे...
आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी

आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी

काठमाडौँविजयादशमीका दिन टीका थाप्न नभ्याएका आफन्त तथा चेलीबेटीहरूका लागि आज पनि दसैँको टीका लगाउने क्रम जारी छ । आश्विन शु...
रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

बुटवलरुपन्देहीमा आर्थिक वर्ष २०८३/०८४ अन्तर्गत अघिल्लो असोज महिनामा १३२ वटा अपराधका मुद्दा दर्ता भएका छन् । तीमध्ये ज्यानसम्ब...
युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

काठमाडौंयुक्रेनमा चार वर्षभन्दा लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने नयाँ कूटनीतिक प्रयासस्वरूप रूसी राष्ट्रपति भ्लादिमिर पुट...