शनिवार एमालेले बुटवलमा जनसभा गर्दै


बुटवल
नेकपा एमालेले आगामी शनिवार देशभरका जिल्लाहरूमा जनसभा गर्दै छ । गत भदौ २३ र २४ गतेको जेन जी आन्दोलनपछि गठित सरकारले गरेको प्रतिनिधिसभा विघटनप्रति एमालेले विरोध गर्दै आएको छ । 
सोही क्रममा विघटित प्रतिनिधिसभा पुनः स्थापनाको माग गर्दै एमालेले देशका सबै जिल्लाहरूमा शनिवार जनसभा र प्रदर्शन आयोजना गरेको हो । रुपन्देहीमा पनि शनिवार बुटवलमा जनसभा हुँदै छ । 
नेकपा एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख मीन प्रसाद पौडेलले प्रतिनिधिसभा विघटन विरुद्ध रुपन्देहीमा पनि जनसभा आयोजना गरिएको बताउनुभयो । पौडेलले शनिवारको जनसभा र प्रदर्शन लोकतन्त्रको पक्षमा र प्रतिगामी षडयन्त्रका विरुद्धमा आयोजना गरिएकोले सबैलाई सहभागी हुन आग्रह गर्नुभयो । 
जनसभाअघि युवाहरूले बुटवल राजमार्ग चौराहाबाट ट्राफिक चोक सम्म मार्च पास गर्ने छन् । युवाहरूको मार्च पास पछि प्रदर्शन जनसभामा परिणत हुने छ । 
प्रचार विभाग प्रमुख पौडेलका अनुसार एमालेले यस पटकको प्रदर्शनलाई जागरण अभियानको रूपमा अघि बढाएको हो । 
एमालेले प्रतिनिधि सभा विघटनविरुद्ध देशैभरि जनपरिचालन गर्ने निर्णय गरेको थियो । सोही अनुसार गत २२ गते देशभरका वडा तथा २५ गते पालिकाहरूमा भेला र जनप्रदर्शन सम्पन्न गरिसकेको छ । शनिवार सबै जिल्लाहरूमा प्रदर्शनपछि मङ्सिर ६ गते काठमाडौँमा जनप्रदर्शन गर्ने एमालेले तयारी गरेको छ ।

छुटाउनुभयो कि ?

विपत्ति र क्षति न्यूनीकरण

विपत्ति र क्षति न्यूनीकरण

श्रीराम ज्ञवालीमानव जीवन, धनजन, समाज र वातावरणमा अपूर्णनिय क्षति पुर्‍याउने, सामान्य जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउने ...
नागढुङ्गा–नारायणगढ सडक सुचारु

नागढुङ्गा–नारायणगढ सडक सुचारु

काठमाण्डौ – भोटेकोशी नदीमा फेरि बाढी आएको सूचनापछि रोकिएको नागढुङ्गा–नारायणगढ सडकखण्डमा गाडी चल्न थालेका छन् । आज बिहान भो...
बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।  अझै दुई हजार ४९८ जन...
शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ सय नाघिसकेको छ । अधिकांश शवको पहिचान हु...