रूपन्देहीको बुटवलसहित ७७ वटै जिल्लामा एमालेले र्यालीसहित आज जनसभा गर्दै


बुटवल
नेकपा (एमाले)७७ वटै जिल्लामा आजविशाल जनसभा तथा शान्तीपूर्ण जनप्रदर्शन गर्दैछ । रुपन्देहीको बुटवलमा पनि लोकतन्त्र र संविधानको रक्षा तथा जेनजी समुदायका माग सम्बोधनका एजेण्डासहित आयोजना जनसभा आयोजना गरिएको एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले बताए ।

उनका अनुसार रुपन्देहीका १६ वटै स्थानीय तहबाट हजारौं कार्यकर्ता, समर्थक र आम नागरिकको उत्साहजनक सहभागिता रहनेछ । उनले भने, “जिल्लाभरिका जनताको सहभागिताले रुपन्देहीमा ठूलो जनप्रदर्शन हुनेछ । हाम्रो मुख्य सन्देश लोकतन्त्र, संविधान र राष्ट्रिय हितको रक्षा हो ।”

बिहान ११ बजे राजमार्ग चौराहाबाट सुरु हुने मार्चपाससहितको र्याली बुटवलको ट्राफिकचोकमा पुगेर सभामा परिणत हुने एमाले रुपन्देहीका प्रचार विभमग प्रमेख मिनप्रसाद पौडेलले बताए । जनसभाका लागि पार्टीका विभिन्न कमिटी, जनवर्गीय संगठन र स्थानीय संरचनाहरूलाई आवश्यक जिम्मेवारी तोकिएको उनले बताए ।

जनसंगठन समन्वय समिति रुपन्देहीका प्रमुख बाबुराम पन्थीले पार्टीका २३ वटै जनवर्गीय संगठनले जनप्रदर्शन र सभामा उत्साहपूर्ण सहभागिता जनाउने बताए । “सबै जनवर्गीय संगठनलाई आवश्यक जिम्मेवारी दिइएको छ, त्यसदिनको प्रदर्शन ऐतिहासिक र भव्य हुने छ”-उनले भने ।

जनसभामा जेनजी समुदाय, युवा तथा आम रुपन्देहीबासीलाई सहभागी हुन पार्टीले विशेष अपिल गरेको छ । जेनजीको आवाज र माग एमालेले मात्रै संस्थागत रूपमा बोकेर अघि बढाएको उनले बताए । उनले भने, “जेनजीका माग संविधान संशोधनमार्फत मात्र पूरा गर्न सकिन्छ । त्यसका लागि प्रतिनिधिसभा पुनःस्थापना अपरिहार्य छ, र एमाले त्यसको पक्षमा दृढ छ ।”

सभामा पार्टीका विभिन्न नेताहरूले सम्बोधन गर्नेछन् । जनप्रदर्शनलाई संगठन सुदृढीकरण र नयाँ पुस्तामा राजनीतिक चेतना जगाउने अवसरका रूपमा लिइएको छ । एमाले रुपन्देहीले जनसभालाई शान्तिपूर्ण, अनुशासित र सन्देशमुखी बनाउन सुरक्षादल र ट्राफिक व्यवस्थापनसमेतका विषयमा सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको जनाएको छ ।
एमालेले आज रुपन्देहीको बुटवलसहित देशभर ७७ वटै जिल्लामा सभा गर्न लागेको हो ।

छुटाउनुभयो कि ?

विपत्ति र क्षति न्यूनीकरण

विपत्ति र क्षति न्यूनीकरण

श्रीराम ज्ञवालीमानव जीवन, धनजन, समाज र वातावरणमा अपूर्णनिय क्षति पुर्‍याउने, सामान्य जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउने ...
नागढुङ्गा–नारायणगढ सडक सुचारु

नागढुङ्गा–नारायणगढ सडक सुचारु

काठमाण्डौ – भोटेकोशी नदीमा फेरि बाढी आएको सूचनापछि रोकिएको नागढुङ्गा–नारायणगढ सडकखण्डमा गाडी चल्न थालेका छन् । आज बिहान भो...
बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।  अझै दुई हजार ४९८ जन...
शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ सय नाघिसकेको छ । अधिकांश शवको पहिचान हु...