चिसो बढ्दै : तराईका केही भागमा हुस्सु


काठमाण्डौ

देशभर चिसो बढ्दै गएको छ । आज बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ९.६ डिग्री सेल्सियसमा झरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान पौने ६ बजे काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ९.६ डिग्री सेल्सियस मापन भएको हो ।

काठमाण्डौमा आज न्यूनतम तापक्रम ९ देखि ११ डिग्री सेल्सियस र अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस रहने अनुमान छ । त्यस्तै बिहान जुम्लाको न्यूनतम तापक्रम बिहान माइनस २.९ डिग्री सेल्सियस मापन भएको छ । आज कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागमा मौसम आंशिक बदली छ ।
त्यस्तै कर्णालीको पनि उच्च क्षेत्रमा आंशिक बदली छ । तराईका केही भागमा हुस्सु लागेको महाशाखाका मौसमविद् विनु महर्जनले बताउनुभयो । देशका अरू बाँकी भागमा मौसम मुख्यतया सफा नै छ । आज दिउँसो पनि कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।

छुटाउनुभयो कि ?

विपत्ति र क्षति न्यूनीकरण

विपत्ति र क्षति न्यूनीकरण

श्रीराम ज्ञवालीमानव जीवन, धनजन, समाज र वातावरणमा अपूर्णनिय क्षति पुर्‍याउने, सामान्य जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउने ...
नागढुङ्गा–नारायणगढ सडक सुचारु

नागढुङ्गा–नारायणगढ सडक सुचारु

काठमाण्डौ – भोटेकोशी नदीमा फेरि बाढी आएको सूचनापछि रोकिएको नागढुङ्गा–नारायणगढ सडकखण्डमा गाडी चल्न थालेका छन् । आज बिहान भो...
बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।  अझै दुई हजार ४९८ जन...
शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ सय नाघिसकेको छ । अधिकांश शवको पहिचान हु...