समाज

किया नेपालले गर्यो बुटवलमा शोरुमको उद्घाटन

किया नेपालले गर्यो बुटवलमा शोरुमको उद्घाटन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विदेश, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलकिया कम्पनीका चारपाङ्ग्रे सवारी साधन (कार)को विक्रेता किया नेपालले बुटवलबाट सेवा दिनका लागी विक्री केन्द्रको शुभारम्भ गरेको छ।ग्राहकको रोजाइमा परेको, गुणस्तरीय , टिकाउ र भरपर्दो प्रविधियुक्त , ईन्धन र इलेक्ट्रोनिक्स दुवै सुविधा रहेको किया ब्राण्डका कार विक्री केन्द्र कन्टिनेन्टल ट्रेडिङ ईन्टरप्राईजेज प्रालिको विहिबार बुटवलको कालिकानगरमा शोरुमको उद्घाटन गरिएको हो।शोरुमको उद्घाटन गर्दै कम्पनीका निर्देशक रेखा घिमिरेले कारहरुमै मजवुत, गुणस्तरीय, ग्राहकको विश्वास जित्न सफल किया नेपालले ३० बर्षसम्म निरन्तर सेवा दिंदै आएको र अव बुटवलबाट सेवा दिन पाउंदा खुशी लागेको वताउनुभयो।निर्देशक घिमिरेले देशका अन्य स्थानहरूमा भन्दा बुटवलबाट राम्रो व्यवसाय हुनेमा विश्वस्त रहेको धारणा राख्नुभयो।उहाँले ग्राहक , निरिक्षण गर्ने र सरोकारवाला सवैको प्रतिक्रिया बिक्री केन्द्र देखी प्रमुख कार्यालय सम्म आईपुग...
अटो चालकको मृत्यु पछि सुनसरीको लौकही बजार तनावग्रस्त, प्रहरीले हान्यो अश्रु ग्यास

अटो चालकको मृत्यु पछि सुनसरीको लौकही बजार तनावग्रस्त, प्रहरीले हान्यो अश्रु ग्यास

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौंसशस्त्र प्रहरीको गोली लागेर अटो रिक्सा चालकको मृत्यु भएपछि सुनसरीको लौकही बजार तनावग्रस्त बनेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । कोशी प्रदेशका डीआईजी विनोद घिमिरेले केही सेल अश्रु ग्यास प्रहार भएको बताए । ‘स्थिति नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार भएको हो । अहिले अवस्था सामान्य बन्दै गएको छ’ डीआईजी घिमिरेले भने ।बिहीबार बिहान करिब राति १ बजे कोशी गाउँपालिका १ मा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको थियो । उनी भारतीय क्षेत्रबाट चिनी, सर्फ र सुर्ती लगायत सामग्री लिएर आउँदै थिए । घर नजिकै उनीमाथि सशस्त्र प्रहरीले गोली चलाएको थियो । उनलाई दुई राउण्ड गोली लागेको छ ।साहको मृत्युपछि आक्रोशित स्थानीयले पूर्वपश्चिम राजमार्गको लौकही खण्ड अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् ।...
आज अङ्ग्रेजी नयाँवर्ष २०२६ को पहिलो दिन साथै राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस मनाईदै

आज अङ्ग्रेजी नयाँवर्ष २०२६ को पहिलो दिन साथै राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस मनाईदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंआज अङ्ग्रेजी नयाँवर्ष २०२६ को पहिलो दिन ‘अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नुका साथै मेरो शान, मेरो पहिचान राष्ट्रिय पोशाक संरक्षण अभियान भन्ने नारासहित १३औ टोपी दिवश मनाउन लागिएको हो।मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाईमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवस र पौष १७ गतेलाई राष्ट्रिय पोशाक दिवसको रुपमा मनाउन सुरु गरेका थिए । नेपाल बाहिर रहेका नेपाली र नेपालीभाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन्। नेपाली टोपीको साइनो बंगलादेशको ढाका, काश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ ।विशेषतः भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ-आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन्।यो दिन नेपाल र नेपाल बाहिर रहेका नेपाली समुदायले विभिन्न...
भारतमा व्यापार गरेर बसेका व्यक्ति समानुपातिकमा परेको भन्दै सर्लाही कांग्रेसले जनायो विरोध

भारतमा व्यापार गरेर बसेका व्यक्ति समानुपातिकमा परेको भन्दै सर्लाही कांग्रेसले जनायो विरोध

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाली कांग्रेस सर्लाहीले भारतमा बसेर व्यापार गर्दै आएका व्यक्तिलाई समानुपातिक उम्मेदवार सिफारिस गरिएको भन्दै विरोध जनाएको छ । कांग्रेस सर्लाहीका कार्यवाहक सभापति डा. सरोज कुमारले पार्टी केन्द्रीय कार्यालय सानेपालाई पत्र लेखेर विरोध जनाएका हुन् ।उनका अनुसार कांग्रेसबाट सिफारिसमा परेका मो. अन्सार खाँ कुनै पनि पार्टी समितिबाट सिफारिस नभएको र पार्टी संगठनमा कहिल्यै नदेखिएको व्यक्ति दाबी गरिएको छ । विगत २०–२५ वर्षदेखि भारतको लुधियानामा व्यापार गर्दै आएका व्यक्ति कुन मापदण्डका आधारमा समानुपातिक सदस्यमा सिफारिस भए भनेर उनले प्रश्न उठाएका छन् ।केन्द्रीय समितिको यस्तो निर्णयले जिल्लामा बसेर पार्टी संगठन विस्तारमा लामो समयदेखि योगदान दिएका कार्यकर्ताको मनोबल गिरेको र संगठनभित्र निराशा तथा विद्रोहको भावना सिर्जना भएको पत्रमा उल्लेख छ ।पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको वर्तमान अवस्थाम...
बुटवलमा ‘सडक खाना महोत्सव: स्वाद–संस्कृतिमार्फत पर्यटन र रोजगारी प्रवर्द्धन

बुटवलमा ‘सडक खाना महोत्सव: स्वाद–संस्कृतिमार्फत पर्यटन र रोजगारी प्रवर्द्धन

Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलनेपाली मौलिक कला, संस्कृति, स्वाद र पहिचानको प्रवर्द्धन गर्दै आन्तरिक पर्यटन विकास र रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ बुटवलमा बुटवल सडक खाना महोत्सव-२०८२ सुरु भएको छ । पुस १५ गतेदेखि सुरु भएको महोत्सव बुटवल उपमहानगरपालिकाको सहकार्यमा आयोजना गरिएको हो ।महोत्सवको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले रात्रीकालीन बजारमार्फत सहरलाई थप चलायमान बनाउने लक्ष्यका साथ महोत्सव आयोजना गरिएको बताए । उनले कालिका पथलाई बुटवलको ‘सपनाको पथ’ का रूपमा विकास गर्ने योजनासहित व्यापार, पर्यटन र संस्कृतिलाई एकसाथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । स्थानीय तह, निजी क्षेत्र र समुदायबीच सहकार्य भए मात्र यस्ता कार्यक्रम दिगो बन्ने उनको भनाइ थियो ।महोत्सव उद्घाटनअघि निकालिएको सांस्कृतिक ¥यालीमा विभिन्न जातीय तथा सांस्कृतिक समूहको उल्लेखनीय सहभागिता देखिएको थियो । प्रतियोगितात्म...
चिसो मौसममा पनि औद्योगिक प्रदर्शनीमा थेगी नसक्नु भीड

चिसो मौसममा पनि औद्योगिक प्रदर्शनीमा थेगी नसक्नु भीड

Breaking news 2, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, मनोरञ्जन, माैसम, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवलमा जारी १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको प्रदर्शनीमा सांस्कृतिक कार्यक्रमको मुख्य आकर्षण रहेको लोकदोहोरी प्रतियोगिताको उपाधि खस्यौली रोधी घर बुटवलले जितेको छ ।पुस ३ गतेदेखि संचालन भएको प्रदर्शनीमा मंगलबार भएको फाइनलमा उसले उपाधि जितेर ८८ हजार ८ सय ८८ रुपैयाँसहित प्रमाणपत्र पाएको सांस्कृतिक उपसििमतका संयोजक लालप्रसाद बस्यालले जानकारी दिनुभयो । त्यसैगरी दोस्रोमा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेश, तेस्रोमा दोहोरी गीत प्रतिष्ठान पाल्पा, सान्तवना दोहोरी गीत प्रतिष्ठान रुपन्देही भएको उहाँले जानकारी दिनुभयो । दोस्रोले ४४ हजार ४ सय ४४, तेस्रोले २२ हजार २ सय २२ र सान्त्वनाले ११ हजार १ सय ११ रुपैयाँ रकम हात पारेका हुन् । त्यसैगरी खुला राष्ट्रिय लोकभजन प्रतियोगितामा प्रथम पन्चायन भजन मण्डली सैनामैना, दोस्रोमा कलौनी कान्तिपुर बोर्डिङ सैनामैना र ...
सरकारको ध्यान निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नुमा केन्द्रित छ: गृहमन्त्री ओमप्रकाश अर्याल

सरकारको ध्यान निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नुमा केन्द्रित छ: गृहमन्त्री ओमप्रकाश अर्याल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
विराटनगरगृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको ध्यान दिन गनेर सरकारमा बस्नु नभई तोकिएको समयमा निष्पक्ष स्वतन्त्र र धाँधली रहित निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नु रहेको बताएका छन् ।बुधवार मोरङको विराटनगरमा कोशी प्रदेशको समन्वयमा गृह मन्त्रालयले आयोजना गरेको 'कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी' को उद्घाटन सत्रलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले सो धारणा व्यक्त गरेका हुन् । उनले भने- 'निर्वाचन लोकतन्त्र एक असल अभ्यास हो र यो अपरिहार्य छ। निर्वाचनले नागरिक शक्तिलाई सरकारमा पुर्‍याई शासनको वैधानिकता प्रदान गर्दछ ।'निर्वाचन बिना सुशासन कायम गर्न कठिन हुने हुनाले देश थप अस्थिरतातर्फ धकेलिन सक्ने हुँदा सुशासन चाहने हो भने निर्वाचनको विकल्प छैन, मन्त्री अर्यालले भने ।गृहमन्त्री अर्यालका अनुसार शान्ति सुव्यवस्था कायम गर्न एवं निर्वाचनको वातावरण सृजनामा प्र...
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंप्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ ।विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेतृ शैलजा आचार्य, नेताहरु खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेता तथा कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएका थिए ।भारत निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको घटना नजिकबाट हेरिरहनुभएका कोइरालालगायतका नेताले राष्ट्रियता एकता तथा मेलमिलापको नीति लिई आजभन्दा ४९ वर्ष अघि स्वदेश फर्किएका हुन् ।विसं २०१७ पुस १ गतेको तत्कालीन राजा महेन्द्रको शाही ‘कु’ ...
निर्वाचनमा सुरक्षाका हिसाबले तीन भागमा वर्गीकरण गरेर व्यवस्थापन मिलाउने गरी कार्ययोजना

निर्वाचनमा सुरक्षाका हिसाबले तीन भागमा वर्गीकरण गरेर व्यवस्थापन मिलाउने गरी कार्ययोजना

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँगृह मन्त्रालयले आयोगबाट तय भएका मतदानस्थल र मतदान केन्द्रलाई सुरक्षा चुनौतीका रुपमा तीन भागमा वर्गीकरण गरेर सुरक्षा व्यवस्थापन मिलाउने गरी सुरक्षा कार्ययोजना बनाएको छ ।आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय भएका करिब ११ हजार मतदानस्थलमध्ये एकतिहाइ सुरक्षाका दृष्टिले ‘अति संवेदनशील’ सूचीमा समेटिएका छन् ।२१ फागुन २०८२ मा प्रतिनिधिसभा सदस्यतर्फ २ सय ७५ सिटमा निर्वाचन हुँदै छ । जसमा १ सय ६५ प्रत्यक्ष र १ सय १० सिट सिट निर्वाचनबाट टुंगो लाग्ने छ । त्यसका लागि निर्वाचन आयोगले १० हजार ९ सय ६७ मतदानस्थल र २३ हजार १ सय १२ मतदान केन्द्र तय गरेको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले तय भएका मतदानस्थलमध्ये एकतिहाइ अर्थात् ३ हजार ६ सय ८० स्थललाई अति संवेदनशील सूचीमा समेटिएको बताए । आयोगले तय गरेको मतदानस्थल र मतदान केन्द्रलाई सुरक्षा चुनौतीका आधारमा अति संवेदनशील, संवेदनशील ...
आज तमु ल्होसार पर्व , सार्वजनिक बिदा

आज तमु ल्होसार पर्व , सार्वजनिक बिदा

Breaking news 1, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंगुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रुपमा मनाउँछन् ।तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुसमा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको जानकारहरू बताउँछन् । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । ...