बुटवलमा ‘सडक खाना महोत्सव: स्वाद–संस्कृतिमार्फत पर्यटन र रोजगारी प्रवर्द्धन


बुटवल
नेपाली मौलिक कला, संस्कृति, स्वाद र पहिचानको प्रवर्द्धन गर्दै आन्तरिक पर्यटन विकास र रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ बुटवलमा बुटवल सडक खाना महोत्सव-२०८२ सुरु भएको छ । पुस १५ गतेदेखि सुरु भएको महोत्सव बुटवल उपमहानगरपालिकाको सहकार्यमा आयोजना गरिएको हो ।
महोत्सवको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले रात्रीकालीन बजारमार्फत सहरलाई थप चलायमान बनाउने लक्ष्यका साथ महोत्सव आयोजना गरिएको बताए । उनले कालिका पथलाई बुटवलको ‘सपनाको पथ’ का रूपमा विकास गर्ने योजनासहित व्यापार, पर्यटन र संस्कृतिलाई एकसाथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । स्थानीय तह, निजी क्षेत्र र समुदायबीच सहकार्य भए मात्र यस्ता कार्यक्रम दिगो बन्ने उनको भनाइ थियो ।
महोत्सव उद्घाटनअघि निकालिएको सांस्कृतिक ¥यालीमा विभिन्न जातीय तथा सांस्कृतिक समूहको उल्लेखनीय सहभागिता देखिएको थियो । प्रतियोगितात्मक रूपमा आयोजित ¥यालीमा नेवा समाज अर्घाखाँची-रुपन्देही प्रथम हुँदै नगद १५ हजार र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । उचडिहवा स्वावलम्बन समूह दोस्रो हुँदै १० हजार र राष्ट्रिय लोकभजन समूह तेस्रो हुँदै ७ हजार रुपैयाँसहित सम्मानित भए । त्यस्तै बुद्ध टोल विकास संस्था, पशुपति टोल विकास संस्था, मनकामना, समावेशी, मिलनटोल, तिनाउ टोल तथा स्वावलम्बन महिला रोजगार क्षेत्री महिला दीदीबहिनी समूहलाई सान्त्वना पुरस्कार स्वरूप जनही ५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष माधव कुमार खनालले पर्यटन प्रवर्द्धनका लागि राज्यले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्नेमा जोड दिए । निजी क्षेत्रको लगानी सुरक्षित हुने वातावरण निर्माण भए पर्यटन क्षेत्रले ठूलो योगदान दिन सक्ने उनको भनाइ थियो ।

बुटवल उद्योग संघ रुपन्देहीका अध्यक्ष हरि अर्यालले यस्ता महोत्सवले आन्तरिक पर्यटन प्रवर्द्धनसँगै स्थानीय अर्थतन्त्र चलायमान बनाउने बताए । होटल एसोसिएसन नेपालका प्रतिनिधि गोपाल रानाले कालिका पथलाई स्थायी रात्रिकालीन बजारका रूपमा विकास गर्न सरकारको सहयोग आवश्यक रहेको बताए । उनले सीमावर्ती भारतीय पर्यटकलाई आकर्षित गर्न सके ठूलो आर्थिक लाभ लिन सकिने उल्लेख गरे ।

संघका सल्लाहकार माधव नेपालले सडक महोत्सवलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न स्थायी स्थान तोक्न स्थानीय सरकारसँग आग्रह गरे । ¥याली संयोजक एकदेव पाण्डे (सुरज) का अनुसार सांस्कृतिक झाँकीमा विभिन्न जातजातिको मौलिक पहिचान झल्कने पोसाक, बाजागाजा र नृत्य प्रस्तुत गरिएको थियो ।

संघका महासचिव केशवराज कंडेलका अनुसार महोत्सवमा १३ वटा संघ-संस्था तथा समूहको सहभागिता रहेको छ । स्वाद, संस्कृति र पर्यटनलाई एकैसाथ प्रवर्द्धन गर्ने उद्देश्यसहित सुरु भएको बुटवल सडक खाना महोत्सवले स्थानीय अर्थतन्त्र चलायमान बनाउने अपेक्षा गरिएको छ ।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी : अहिलेसम्म १ हजार ३९५ शव भेटिए, ५ हजार १३० जना सम्पर्कविहीन

भोटेकोशी बाढी : अहिलेसम्म १ हजार ३९५ शव भेटिए, ५ हजार १३० जना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको आज तीन हप्ता भएको छ । अहिलेसम्म १ हजार ३९५ जनाको श...
कम्युनिटि राईड भएको टिभिएसको गोल्डेन कि जित्ने अफर सार्बजनिक

कम्युनिटि राईड भएको टिभिएसको गोल्डेन कि जित्ने अफर सार्बजनिक

बुटवलनेपालमा टीभीएसका दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्सले यस वर्षको पर्व लक्षित नयाँ फेस्टिभ क्याम्पेन टिभ...
३३ होल्डिङ सेन्टरमा २४ सय १८ बाढीपीडित : खानेपानी मुख्य समस्या, महामारीको जोखिम

३३ होल्डिङ सेन्टरमा २४ सय १८ बाढीपीडित : खानेपानी मुख्य समस्या, महामारीको जोखिम

काठमाडौँबिदुर नगरपालिकास्थित पीपलटारको होल्डिङ सेन्टरमा ५ वर्षीया योबिसा श्रेष्ठ २३ भदौको दिउँसोसम्म खेलिरहेकी थिइन् । तर रात...
नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न भारतको स्वीकृति

नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न भारतको स्वीकृति

काठमाडौँभारतको विद्युत् मन्त्रालयले नेपाललाई आगामी डिसेम्बर ३१ सम्म दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न स्वीकृति दिएको छ...