समाज

नेपाललाई ९ अर्ब रूपैयाँ अनुदान दिने चिनियाँ राष्ट्रपतिको घोषणा

नेपाललाई ९ अर्ब रूपैयाँ अनुदान दिने चिनियाँ राष्ट्रपतिको घोषणा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाज
चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई करिब ९ अर्ब रूपैयाँ अनुदान सहयोग गर्ने घोषणा गरेका छन्। मंगलबार नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटमा सीले नेपालको आर्थिक समृद्धि र विकासका लागि आर्थिक सहायता गर्ने बताएका हुन्। भेटका क्रममा चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्ने पनि बताएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्ण ढकालले जानकारी दिए। उक्त भेटमा प्रधानमन्त्री ओलीले नेपाल र चीनबीचको सम्बन्ध पञ्चशीलको सिद्धान्तमा आधारित रहेको बताएका थिए। 'प्रधानमन्त्रीज्यूले नेपाल र चीनको सम्बन्ध सार्वभौमकिता,राजनीतिक स्वतन्त्रता,आपसी समझदारी र विश्वासमा आधारित रहेको बताउनुभयो,' ढकालले भने। भेटका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई सन् २०२५ मा नेपाल भ्रमण गर्न नेपालका राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट निम्तो पनि दिएका थिए। ...
मत्स्यपालक कृषकलाई विद्युत महसुलमा ५० प्रतिशत  छुट

मत्स्यपालक कृषकलाई विद्युत महसुलमा ५० प्रतिशत छुट

Breaking news 1, Breaking news 3, कृषि, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल पशुपंन्छि तथा मत्स्य विकास निर्देशनालय लुम्बिनी प्रदेशकाे माछापालक कृषकहरुलाई विद्युत महसुलमा ५० प्रतिशत छुट गर्ने व्यवस्था रहेको छ। प्रदेश अन्तर्गतका जिल्लाहरूमा रहेका भेटेनरी तथा पशुसेवा कार्यालय मार्फत मापदण्ड पुरागरी सिफारिस भएर आएका मत्स्य पालक कृषकहरूका लागि उक्त छुट दिने व्यवस्था रहेको छ। संचार पत्र संगकाे कुराकानीमा लुम्बिनी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डाक्टर प्रवेश सिंह कुँवरले कृषि व्यवसाय सञ्चालन गर्नुभएका कृषि व्यवसायीलाई मापदण्ड पूरा गरी आ-आफ्नो जिल्लाका भेटेनरी तथा पशुसेवा कार्यालयमा आवश्यक कागजातहरू प्रक्रिया पूरा गरी अवसरको सदुपयोग गर्न आग्रह गरे । साथै सरकारले पशुपालक कृषकहरुका लागि निःशुल्क कृतिम गर्भाधानका लागि खोप उपचार सेवा,समय समयमा स्वास्थ्य शिविर गरी निःशुल्क औषधि वितरण ,कृषकलाई तालिम प्रशिक्षण जस्ता कार्यक्रमहरू...
आज स्थानीय तहको उपनिर्वाचन: करिव ४ सय उम्मेदवार प्रतिस्पर्धामा

आज स्थानीय तहको उपनिर्वाचन: करिव ४ सय उम्मेदवार प्रतिस्पर्धामा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज बिहान ७ः०० देखि अपराह्न ५ः०० बजेसम्म मतदान हुँदैछ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तहमा निर्वाचनका लागि गरिनुपर्ने आवश्यक सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिए । निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिह्नमा निर्धक्क भई मतदान गर्न आयोगले सम्पूर्ण मतदातालाई आग्रह गरेको छ । प्रवक्ता अर्यालका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको ...
पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको २४औं वार्षिक साधारण सभा सम्पन्न

पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको २४औं वार्षिक साधारण सभा सम्पन्न

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटबल पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको २४ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।साधारण सभामा बोल्ने व्यवसायीका अगुवाहरुले कानुन बिपरित ओभरलोड बोक्न नपाइने भएपनि सोको नियमन नहुदा व्यवसायी मारमा परेको बताएका छन । सरकारले तोकेको ढुवानी भाडा प्राप्त गनर्का लागि ओभरलोड र भारतीय गाडीहरुको भन्सार बिन्दुमै पल्टी हुनुपर्ने यातायात व्यवसायीले माग गरेका छन । भारतीय गाडिहरुले निर्वाद रुपमा ओभरलोड बोक्दा नेपाली सडक, पुल पुलेसा र नेपाली ट्रक व्यवसायी आफ्नो पेशाबाट विस्थापित हुदै गएको उनीहरुले गुनासो समेत गरेका छन । कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष हिरालाल श्रेष्ठले मालवाहक सवारी साधनको भारवाहन नियमन सम्बन्धि निर्देशिका २०७४ तथा ओभरलोड सम्वन्धी प्रचलित कानुन अनुसार क्षमता भन्दा बढी भार बोक्नेलाई भन्सार बिन्दुमै पल्टी गराउनुको अर्को कुनै विकल्प नभएक...
लिट्स कलेज बुटवलमा विदाई तथा स्वागत कार्यक्रम सम्पन्न

लिट्स कलेज बुटवलमा विदाई तथा स्वागत कार्यक्रम सम्पन्न

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल रूपन्देहीको बुटवलमा अवस्थित रहेर निरन्तर सेवा दिँदै आएको लुम्बिनी इन्स्टिच्युट अफ टेक्निकल साइन्स (लिट्स )कलेजले नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अध्ययन पुरा गरिसकेका विद्यार्थीलाई बिदाई कार्यक्रम सम्पन्न गरेको छ। शनिबार बुटवलकाे सुख्खानगर कलेज परिसरमा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि कलेजका संस्थापक महासचिव कृष्णप्रसाद भुसालले विभिन्न चुनौतीका बावजुद २०५४ सालमा स्थापना गरेको कलेज अहिले पश्चिम नेपालकै उत्कृष्ट भएकोमा गर्भ महसुस भएको बताए । अहिले उक्त कलेजबाट उत्तीर्ण गरी जनशक्ति देश तथा अन्य बाहिरी मुलुकमा गएर उत्कृष्ट सेवा प्रदान गर्न सफल भएको बताए । कलेजका प्राचार्य तथा कार्यकारी निर्देशक बसन्तराज खनालले प्राविधिक शिक्षाको महत्व उल्लेखनीय रहेको र आफ्नो कलेजबाट उत्तीर्ण गरी रोजगारमा जोडिएका व्यक्तिहरू व्यवस्थित जीवन बिताइरहेकोमा गर्व महसुस भएको बताए। उन...
पुर्नजीवन पाउने आशामा बुटवल धागो कारखाना

पुर्नजीवन पाउने आशामा बुटवल धागो कारखाना

Breaking news 2, जीवनशैली, ताजा अपडेट, समाचार, समाज, सम्पादकिय, स्थानीय
बुटबल बुटबलको औधोगिक क्षेत्र नजिकै बाहिर आकर्षक प्रबेशद्धार सुरक्षाको लागी तैनाथ प्रहरी भित्र प्रबेश गरेपछी भब्य संरचना लाग्छ कुनै संचालनमै रहेको उधोग जस्तै तर विडम्बाना डेढ दशकदेखि बुटवल धागो कारखाना थल्लिएर गुहार मागिरहेको छ । २०६४ साल फागुन भन्दा अगाडि सम्म सयौं कर्मचारीहरूको चहलपहल हुने बुटवल धागो कारखानालाई अहिले २ जना कर्मचारीले कुरिरहेका छन् ।२०६४ सालबाट कारखाना पूर्णरूपमा बन्द छ । कारखानाका करोडौंका मेसिन जीर्ण र बेवारिसे बनेका छन । २०३९ सालमा स्थापना भएको धागो कारखानाले २०४८ सालबाट व्यावसायिक रूपमा धागो उत्पादन सुरु गरेको थियो । २०६६ सालमा धागो कारखानाका साढे चार सय कर्मचारीलाई बिदा गरिएको थियो । कारखानामा उत्पादन हुने धागो , सयौ व्याक्तिलाई रोजगारी शिर्जना ,संरचना जग्गा र मेसिनको अबस्था हेर्दा बुझ्दा सपना जस्तै लाग्छ । किन चासो दिदैन सरकारपूर्वपश्चिम राजमार्ग अन्तर...
प्रतिफल आउने योजनालाई विशेष ध्यान दिन मुख्यमन्त्री आचार्यको निर्देशन

प्रतिफल आउने योजनालाई विशेष ध्यान दिन मुख्यमन्त्री आचार्यको निर्देशन

Breaking news 2, Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लगानी अनुसार प्रतिफल आउने योजनाहरुको कार्यान्वयनमा विशेष ध्यान दिन दिर्नेशन दिएका छन् । प्रदेश विकास समस्या समाधान समितिको बिहिवार बसेको बैठकलाई मुख्यमन्त्रीले सो निर्देशन दिएका हुन् ।  सरकारले अघि बढाएका आयोजना समय सीमा भित्रै सम्पन्न गर्नेगरी भूमिका बढाउन मन्त्रालय तथा मातहतका नियकालाई दिर्नेशन दिए । प्रदेश समस्या समाधान समितिको बैठकबाट गत आर्थिक वर्ष २०८०÷०८१ म वित्तीय हस्तान्तरण शिर्षक अन्तरगत संघीय सरकारबाट विनियोजन भएको वित्तीय समानीकरण अनुदानको प्राप्त हुन बाँकी रहक संघीय सरकारबाट प्राप्त हुनुपर्ने विषय प्राथमिकताका साथ उठाइएको छ । यो समस्यालाई राष्ट्रिय बिकास समस्या समाधान समितिमा पठाउनेगरी प्रदेश विकास समस्या समाधान समितिको बैठकले अघि बढाएको हो ।  प्रदेश सरकारले थालेका तर, सम्पन्न हुन नसकेका योजनाहरुको अध्य...
अर्थमन्त्री र फिनल्याण्डका विकासमन्त्रीबीच भेट : सार्वजनिक लगानी परिचालन परियोजनामा सम्झौता

अर्थमन्त्री र फिनल्याण्डका विकासमन्त्रीबीच भेट : सार्वजनिक लगानी परिचालन परियोजनामा सम्झौता

Breaking news 1, Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्याण्डका परराष्ट्र मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएपछि नेपाल सरकार र फिनल्याण्ड सरकारबीच सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी खाका सम्झौतामा हस्ताक्षर भएको छ ।   फिनल्याण्डको सार्वजनिक लगानी सुविधा योजनाअन्तर्गत वित्त परिचालन हुने परियोजनाको सम्झौतामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेइकाले हस्ताक्षर गरेका हुन् । यो सम्झौताको नेपालमा सामाजिक–आर्थिक पूर्वाधार सुदृढ गर्न र दिगो विकासलाई प्रोत्साहन गर्न परियोजनामा आधारित सहुलियतपूर्ण वित्तिय परिचालन गर्ने लक्ष्य रहेको छ । अनुदान प्राप्त परियोजनाहरूमार्फत नेपालले खानेपानी, फोहो...
 डोनाल्ड ट्रम्पले नियुक्त गरेका सदस्यहरुलाई बम आक्रमणको धम्की

 डोनाल्ड ट्रम्पले नियुक्त गरेका सदस्यहरुलाई बम आक्रमणको धम्की

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौं अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्त गरेका सदस्यहरुलाई बम आक्रमणको धम्की आइरहेको अधिकारीहरुले बताएका छन् । ट्रम्पको टिमको प्रवक्ताको जिम्मेवारी निर्वाह गर्दै आएकी क्यारोलिन लेविटका अनुसार ट्रम्पले विभिन्न पदमा नियुक्ति दिएकाहरुलाई मंगलबार र बुधबार बिहान धम्की आएको थियो । धम्की आएपछि एफबीआई लगायतका सुरक्षा एजेन्सीहरुलाई सतर्क बनाइएको छ । साथै कुनै पनि परिस्थितिसँग जुध्नका लागि आवश्यक तयारी पनि गरिएको अधिकारीहरुले बताएका छन् । संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूतमा नियुक्त एलिस स्टेफनिकले आफ्नो घरमा बम आक्रमणको चेतावनी सहितको सूचना आएको बताएकी छन् । पति र तीन वर्षको छोरासहित वाशिङ्टनबाट न्यूयोर्क जाँदै गर्दा खतराको सूचना प्राप्त भएको उनले बताएकी छन् । ट्रम्पले नियुक्त गरेका पर्यावरण संरक्षण एजेन्सीका प्रमुख ली जेल्डिनलाई पाइप बम आक्रमणको...
स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु

स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं यही मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुसार आज राति १२ बजेदेखि नै लागू हुने निर्वाचन आयोगले जनाएको छ ।  मौन अवधिको समयमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले भौतिक वा सामाजिक सञ्जालमार्फत मत माग्नसमेत पाइने छैन । ...