पुर्नजीवन पाउने आशामा बुटवल धागो कारखाना


बुटबल

बुटबलको औधोगिक क्षेत्र नजिकै बाहिर आकर्षक प्रबेशद्धार सुरक्षाको लागी तैनाथ प्रहरी भित्र प्रबेश गरेपछी भब्य संरचना लाग्छ कुनै संचालनमै रहेको उधोग जस्तै तर विडम्बाना डेढ दशकदेखि बुटवल धागो कारखाना थल्लिएर गुहार मागिरहेको छ । २०६४ साल फागुन भन्दा अगाडि सम्म सयौं कर्मचारीहरूको चहलपहल हुने बुटवल धागो कारखानालाई अहिले २ जना कर्मचारीले कुरिरहेका छन् ।
२०६४ सालबाट कारखाना पूर्णरूपमा बन्द छ । कारखानाका करोडौंका मेसिन जीर्ण र बेवारिसे बनेका छन । २०३९ सालमा स्थापना भएको धागो कारखानाले २०४८ सालबाट व्यावसायिक रूपमा धागो उत्पादन सुरु गरेको थियो । २०६६ सालमा धागो कारखानाका साढे चार सय कर्मचारीलाई बिदा गरिएको थियो । कारखानामा उत्पादन हुने धागो , सयौ व्याक्तिलाई रोजगारी शिर्जना ,संरचना जग्गा र मेसिनको अबस्था हेर्दा बुझ्दा सपना जस्तै लाग्छ ।

किन चासो दिदैन सरकार
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल प्रवेशद्वार बुटवल–१२ रामनगरस्थित १४३ रोपनी क्षेत्रफलमा फैलिएको उद्योगले सरकारलाई गिज्ज्याइरहेको छ । राज्यको सम्पत्ति बेवारिसे बन्दा सरकार मुखर्दशक बनेको छ ।

नेपाली कपडा उद्योगलाई धागो र्पुयाएर विदेश समेत निर्यात गर्ने लक्ष्यसहित २०३९ सालमा खोलिएको कारखाना २०४८ सालदेखि सञ्चालनमा आएको थियो । कारखानाको भवन जिर्ण बन्न थालेको छ । करोडौं मुल्यका मेशिनमा खिया लागेको छ र माकुराको जालोले जेलिएको छ । राज्यको ठूलो सम्पति बेवारिसे बन्दा कसैको पनि ध्यान पुग्न सकेको छैन ।
बुटवका धागो कारखानाका सम्बन्धमा सरकारी स्तरमा बेलाबेलामा कुरा उठे पनि सञ्चालन गर्ने कि खारेज गर्ने भन्ने कुनै ठोस निर्णय हुन सकेको छैन। यसको अध्ययन गर्न उद्योग र अर्थ मन्त्रालयबाट विभिन्न समिति पनि बने । निजी क्षेत्रलाई दिने भनेर अर्थ मन्त्रालयमा फाइल पनि पुगेको थियो । धागो कारखाना अवलोकन गर्न थुप्रै उद्योग मन्त्री आए। तर कुनै टुंगो लागेको छैन । बाँकेको नेपालगञ्जस्थित खजुरामा कपास उत्पादन गरेर बुटवलमा धागो बनाउने अनि त्यो धागोलाई हेटौंडा र्पुयाएर कपडा उत्पादन गरी बजार पठाउने उद्देश्य राज्यको नीति थियो । सो अवधारणा तत्कालीन राजा स्व वीरेन्द्र शाहको थियो । मुलुकलाई धागोमा आत्मनिर्भर बनाउन यो उद्योग स्थापना गरिएको हो । तर अहिले बन्द छ ।

यतिबेला कारखानाको भवन मर्मत–सम्भारको खाँचो देखिएको छ । अस्थायी टालटुल गरे पनि पानी थेग्न सक्ने अवस्था छैन । उद्योगमा ६ वटा ठुला भवनहरू छन् । त्यहीँ भवनहरू २३ हजार वर्ग मिटरमा छन् । ती भवनभित्र ५६ वटा धागो बनाउने मशिन छन् ।मेशिनबाट २४ घण्टामा २५ हजार ८८ स्पीन्डल धागो काट्ने क्षमता रहेको छ । कारखानामा सरकारको ७८, साल्ड ट्रेडिङ, र खेतान समुहको १५ र पब्लिक शेयर ८ प्रतिशत रहेको जनाइएको छ ।

बुटवल धागो कारखानाका निमित्त प्रमुख डोलराज शर्माले राज्यले आफ्नो सम्पत्तिलाई दुर्दशा देखाएर राख्नुभन्दा छिटो एउटा निचोडमा पुग्नैपर्ने बताए । ‘२–४ वर्ष अगाडिसम्म त कारखाना चल्छ कि भन्ने आशा थियो,’ शर्माले संचार पत्र संग भन्नुभयो ‘अब चल्ला जस्तो देखिँदैन । कि चलाउनुपर्छ, नसके निजी क्षेत्रलाई दिनुपर्छ, नत्र उद्योगलाई हटाउनुपर्छ । लामो समय राज्यले आफ्नो सम्पति यस्तो अबस्थामा राख्नु हुँदैन ।’
पछिल्लो समय देशमा केहि हुदैन भन्ने भाष्य शिर्जना गरि युवा विदेश पलायन हुने क्रम बढिरहेको र नागरिकमा चरम निराशा छाइरहेको यस्तो अबस्थामा बन्द रहेका यस्ता उद्योगहरुलाई पुन संचालनमा ल्याउन सक्ने हो भने रोजगार स्थापना भै नागरिकहरुमा केहि उत्साह थपिन्थ्यो ।

छुटाउनुभयो कि ?

भारतमा युवालाई साथ दिँदै विपक्षी दलहरू पनि आन्दोलनमा

भारतमा युवालाई साथ दिँदै विपक्षी दलहरू पनि आन्दोलनमा

काठमाडौँभारतमा शिक्षा प्रणाली सुधार एवं शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको मागसहित युवा र विद्यार्थीले गरेको प्रदर्...
सातै प्रदेशमा सत्ता सहकार्य गर्न एमाले र नेकपा सहमत

सातै प्रदेशमा सत्ता सहकार्य गर्न एमाले र नेकपा सहमत

काठमाडौंनेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेशमा सरकार निर्माण गर्न सहकार्य गर्ने भएका छन् । नेपाली काँग्रे...
६० प्रकारका औषधिको मूल्य समायोजन प्रस्ताव

६० प्रकारका औषधिको मूल्य समायोजन प्रस्ताव

काठमाडौंक्यान्सर तथा अन्य अत्यावश्यक औषधिको अभाव न्यूनीकरण गर्ने उद्देश्यले औषधि व्यवस्था विभागले ती औषधिको मूल्य समायोजन प्र...
नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत विराटनगर आयो कार्गो रेल, उद्योगलाई ढुवानीमा राहत

नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत विराटनगर आयो कार्गो रेल, उद्योगलाई ढुवानीमा राहत

काठमाडौंतेस्रो मुलुकबाट आयात हुने औद्योगिक कच्चा पदार्थ अब भारतीय बन्दरगाह कोलकाताबाट सिधै विराटनगरसम्म रेलमार्फत आउन थालेको ...