पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको २४औं वार्षिक साधारण सभा सम्पन्न


बुटबल

पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको २४ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।साधारण सभामा बोल्ने व्यवसायीका अगुवाहरुले कानुन बिपरित ओभरलोड बोक्न नपाइने भएपनि सोको नियमन नहुदा व्यवसायी मारमा परेको बताएका छन ।

सरकारले तोकेको ढुवानी भाडा प्राप्त गनर्का लागि ओभरलोड र भारतीय गाडीहरुको भन्सार बिन्दुमै पल्टी हुनुपर्ने यातायात व्यवसायीले माग गरेका छन । भारतीय गाडिहरुले निर्वाद रुपमा ओभरलोड बोक्दा नेपाली सडक, पुल पुलेसा र नेपाली ट्रक व्यवसायी आफ्नो पेशाबाट विस्थापित हुदै गएको उनीहरुले गुनासो समेत गरेका छन ।

कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष हिरालाल श्रेष्ठले मालवाहक सवारी साधनको भारवाहन नियमन सम्बन्धि निर्देशिका २०७४ तथा ओभरलोड सम्वन्धी प्रचलित कानुन अनुसार क्षमता भन्दा बढी भार बोक्नेलाई भन्सार बिन्दुमै पल्टी गराउनुको अर्को कुनै विकल्प नभएको बताउनु भयो । यातायात व्यवसायीमुखि नीति नहुंदा व्यवसायीले वर्षौदेखि समस्या भोग्दै आउनु परेको उल्लेख गर्दै यातायात व्यवसायी विस्थापित हुंदापनि सरकारले न्याय दिन नसकेको गुनासो गर्नु भयो ।ओभरलोड बोक्नु कानुन विपरित भएको बताउंदै ओभरलोड बोक्ने गाडीलाई अब सडकमै सामान झारेर कारवाही गर्नुपर्ने र त्यसका लागि महासंघ प्रतिवद्व भएर लागि परेको अध्यक्ष श्रेष्ठको भनाइ रहेको छ । दुर्घटनाको एउटा कारण ओभरलोड भएकाले दुर्घटना न्यूनीकरण गर्नका लागि चालकहरुलाई तालिम दिने र ट्राफिक प्रहरीसंग समन्वय, सहकार्य गर्ने बताउनु भयो ।यातायात व्यवसायीहरुको लगानी असुरक्षित भएको उल्लेख गर्दै व्यवसायीका हितका लागि भ्याटमा जानु पर्नेमा जोड दिनु भयो ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलमा ट्रक तथा यातायात व्यवसायीलाई पार्किङको समस्या भएको बताउंदै जग्गाको खोजी गरेर पार्किङलाई व्यवस्थित गराउन सहयोग गर्ने प्रतिवद्वता व्यक्त गर्नु भयो । बुटवल उपमहानगरपालिका व्यवसायीको पक्षमा रहेको बताउंदै कोही पनि व्यवसायी आफ्नो पेशाबाट विस्थापित नहुने गरी कार्यक्रम ल्याउन प्रमुख पाण्डेयले आग्रह गर्नु भयो ।

पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलका अध्यक्ष टिकाराम गौतमले व्यवसायीको हित र संस्थाको संस्थागत विकासका लागि काम भैरहेको बताउनु भयो ।

कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्रविक्रम बानिया पश्चिमाञ्चल यातायात व्यवसायी समितिका पूर्व अध्यक्ष रामेश्वरप्रसाद श्रेष्ठ, माओवादीका निमानन्द गैरे, समाजवादी पार्टी नयां शक्तिका केन्द्रिय सदस्य पंकज राई, पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, ढुवानी व्यवसायी समिति बुटवलका अध्यक्ष जीतबहादुर भाट, गण्डकी यातायात व्यवसायी समिति पोखराका अध्यक्ष सुरेन्द्र त्रिपाठी, सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्ण बेल्वासेलगायतले बोल्दै सरकारले यातायात व्यवसायीका समस्या सम्बोधन गर्न नसकेको गुनासो गर्नु भएको थियो ।

साधारण सभाले महासचिव खिम बहादुर थापाद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन र कोषाध्यक्ष शंकर प्रसाद लम्सालद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन छलफल सहित पारित भएको छ । वरिष्ठ उपाध्यक्ष कमल घिमिरेको स्वागत र प्रकाश गैरेको सञ्चालनमा भएको साधारण सभामा समितिमा विगत २४ वर्ष देखि काम गरेर विदा हुनु भएका कार्यालय प्रमुख बाबुराम अधिकारी, उत्कृष्ट कार्य गर्ने कर्मचारी र व्यवसायीलाई सम्मान गरिएको थियो ।

छुटाउनुभयो कि ?

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

काठमाडौंगृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।आम निर्वाचनको तयारीबारे जानकारी लिन ओखलढुङ...
सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै भएको ब...
किन मनाइन्छ मगर दिवस ?

किन मनाइन्छ मगर दिवस ?

ललित बुढा मगरवर्तमान अवस्थालाई चित्रण गर्दा नेपाली जनता धेरै कुराले अधिकार सम्पन्न छन् । विभिन जात जाती, भाषा, धर्म, लिङ्ग आद...
भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

बुटवलनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले मात्रै देश नबन्ने बताएका छन् । बुटवलमा शुक्रबार आयोजित...