समाज

आजबाट प्रधानमन्त्री कप क्रिकेट : तिलोत्तमा,भैरहवा र लमहीमा एकसाथ

आजबाट प्रधानमन्त्री कप क्रिकेट : तिलोत्तमा,भैरहवा र लमहीमा एकसाथ

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
रुपन्देही लुम्बिनी प्रदेशका आज बाट प्रधानमन्त्री कप क्रिकेट सुरु हुदैछ । खेलको आज भैरहवा, तिलोत्तमा र लमहीमा रहेका खेलमैदानमा एकै पटक खेलहरू सञ्चालन हुने छन्।  नेपाल क्रिकेट संघ (क्यान)का अनुसार रुपन्देहीको भैरहवामा रहेको सिद्धार्थ क्रिकेट मैदान, तिलोत्तमा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदान र दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिता  सञ्चलन हुँदैछ । प्रदेशका तीन क्रिकेट मैदानमा एकै पटक हुन लागेको प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको भैरहवाको सिद्धार्थ रङ्गशालामा आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले खेलको उद्घाटन गर्ने छन् ।  त्यस्तै  दाङको लमहीमा रहेको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्ने कार्यक्रम छ भने रुपन्देहीको एक्स्ट्राटेक ओभलमा तिल...
रूपन्देही विद्युतीय व्यवसायी संघले गर्याे अभिभावकको पुण्यतिथिमा रक्तदान

रूपन्देही विद्युतीय व्यवसायी संघले गर्याे अभिभावकको पुण्यतिथिमा रक्तदान

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
रूपन्देही रुपन्देही विद्युतीय व्यवसायी संघका महासचिव विष्णु भण्डारीका बुबा स्वर्गीय तिलकराम भण्डारीको १३औं दिनको पुण्य तिथिमा विद्युतीय व्यवसायी संघमा आवद्द व्यवसायीहरू ,परिवार तथा आफन्त हरुले रक्तदान गरेका छन्। फागुन २३ गते भण्डारी निवास तिलोत्तमाको पकडीहवामा रक्तदान कार्यक्रम गरिएको हो। भण्डारीका परिवार ,आफन्तजन ,रूपन्देही विद्युतीय व्यवसायी संघ र रक्त सञ्चार सेवा केन्द्र बुटवलको समन्वयमा रक्तदान कार्यक्रम गरिएको हो। उक्त कार्यक्रममा १७ जनाले रक्तदान गरेका थिए। रूपन्देही विद्युतीय व्यवसायी संघका अध्यक्ष शान्तराज खराल (सागर खरेल)ले " रक्तदानको लागि सबै अघि बढौँ मानवीय सेवामा हातेमालो गरौं" भन्ने उद्देश्यका साथ मानव सेवा अन्तर्गत रगतको अभावमा कोही तड्पिनु नपरोस् भन्ने उद्देश्य र स्वर्गीय बुवाको समाजसेवा प्रतिको लगाब मध्यनजर गरी रूपन्देही विद्युतीय व्यवसायी संघमा आबद्ध व्यव...
सुनगाभा सैनामैना गोल्डकप : आज आयोजक र भारतको सिक्किम क्लब बीच प्रतिस्पर्धा हुँदै

सुनगाभा सैनामैना गोल्डकप : आज आयोजक र भारतको सिक्किम क्लब बीच प्रतिस्पर्धा हुँदै

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
रुपन्देही रुपन्देहीको सैनामैनामा जारी सुनगाभा सैनामैना गोल्डकमा आज शुक्रबार आयोजक र भारतको सिक्किम क्लब बीच प्रतिस्पर्धा हुँदै छ । स्थानीय मुर्गिया फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिता अन्तरगत दिउँसो ३ बजे मुर्गिया फुटबल रंगशालामा हुने प्रतिस्पर्धामा विजेता टोली सेमिफाइनल प्रवेश गर्नेछ ।  प्रतियोगिता अन्तरगत विहिबारको खेलमा महाबिर क्लब काठमाडौंले जित दर्ता गर्दै सेमीफाईनलमा प्रवेश गरेको छ । उसले चितवनको हनामी विएफसी चितवनलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । सुनगाभा पब्लिक स्कुलको टाइटल स्पोन्सर तथा सैनामैना नगरपालिकाको आर्थिक सहयोग र संरक्षकत्वमा जारी प्रतियोगिताको फाइनल खेल फागुन २८ गते हुनेछ । प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा भोली शुक्रबारको खेल आयोजक मुर्गिया फुटबल क्लब र भारतको सिक्किम क्लवबीच हुनेछ । प्रतियोगिताको विजेत...
विशेष अदालतबाट एमडीएमएस घोटालामा दूरसञ्चार प्राधिकरणका दुई पूर्व अध्यक्षहरू दोषी ठहर

विशेष अदालतबाट एमडीएमएस घोटालामा दूरसञ्चार प्राधिकरणका दुई पूर्व अध्यक्षहरू दोषी ठहर

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद प्रक्रियामा अनियमितता गरेको अभियोगमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षहरू दिगम्बर झा र पुरुषोत्तम खनाललाई विशेष अदालतले दोषी ठहर गरेको छ । अदालतले झा र खनालसहित विदेशी नागरिक मोहम्मद नुर अमिन र तीन विदेशी कम्पनीलाई दोषी ठहर गरेको छ भने अन्य प्रतिवादीलाई सफाइ दिएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र एवं न्यायाधीश​हरू रितेन्द्र थापा र बिदुर कोइरालाको संयुक्त इजलासले दोषी ठहर भएका तीनै जनालाई ​जनही पाँच करोड ८० लाख १४ हजार ८२८ रुपैयाँ ७४ पैसा बिगो र एक वर्षको कैद सजाय तोकेको छ । उक्त इजलासले बिहीबार संक्षिप्त फैसला गर्दै​ प्राधिकरणका पूर्वअध्यक्षहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार दोषी ठहर गर्दै उनीहरूको कार्यहरूमा अनियमितता र मिलेमतोको पुष्टि गरेको हो । उनीहरूले प्राधिकरणको अध्यक्षको पदमा...
अमेरीकी कदम विरूद्ध चिनकाे खुल्ला चेतावनी: ‘अमेरीकासंग सबै युद्ध लड्न तयार छाै’

अमेरीकी कदम विरूद्ध चिनकाे खुल्ला चेतावनी: ‘अमेरीकासंग सबै युद्ध लड्न तयार छाै’

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडाैँ अमेरीकी राष्ट्रिति  डोनाल्ड ट्रम्पले चीनीया सामानमा थप १० प्रतिसत भन्सार शुल्क बृद्धि  गरेपछि क्रुद्ध बनेकाे चीनले अमेरिकालाई खुलेआम चेतावनी दिएको छ। अमेरिकास्थित चिनियाँ दूतावासले विज्ञप्ति जारी गरी चीन अमरिकासँग सबै प्रकारको युद्ध लड्न  तयार रहेको बताएको हो। चिनियाँ दूतावासले सामाजिक सञ्जालमा लेखेको छ, ‘चाहे त्यो ट्यारिफ (भन्सार शुल्क) युद्ध होस्, व्यापार युद्ध होस् वा अन्य कुनै युद्ध, यदि अमेरिका युद्ध चाहन्छ भने हामी अन्त्यसम्म लड्न तयार छौँ।’ अमेरिकी राष्ट्रपति ट्रम्पले मंगलबारदेखि चीनबाट अमेरिका आउने सामानमा थप १० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन्। यसअघि फेब्रुअरीको सुरुमै ट्रम्पले चीनबाट आयात हुने सामानमा १० प्रतिशत शुल्क लगाइसकेका थिए। बढाएको समेत गर्दा अमेरिकाले चिनियाँ सामानमा कूल २० प्रतिशत भन्सार शुल्क लगाएक...
सरकारको पहलमा ८ हजार बचतकर्ताको पौने २ अर्व बचत रकम फिर्ता

सरकारको पहलमा ८ हजार बचतकर्ताको पौने २ अर्व बचत रकम फिर्ता

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएपछि हालसम्म ८१५५ जना सहकारीपीडितले आफ्नो बचत फिर्ता पाएका छन । भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीले संसदमा यस्तो जानकारी दिएका हुन् । मन्त्री अधिकारीले बर्तमान सरकार गठन भएदेखि फागुन २० गतेसम्म ८ हजार १५५ जना सहकारी बचतकर्ताको हिनामिना भएको रकम फिर्ता गराइएको तथ्य राखे । प्रतिनिधि सभामा सहकारी सम्बन्धी अध्यादेशमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री अधिकारीले ती बचतकर्ताको १ अर्ब ६७ करोड ७० लाख रुपैया बचत रकम फिर्ता गराइएको बताए । सरकारले सहकारी पीडितलाई केही गरेन भन्ने विपक्षीहरुको आरोपको खण्डन गर्दै मन्त्री अधिकारीले साउनदेखि फागुनसम्मको सो तथ्यांक पेश गरे । त्यस्तै ४ महिनाको बीचमा सहकारीका बचतकर्ता र सञ्चालकहरुबीच सहमति गराएर १ अर्ब १० करोड रुपैयाको हिसाब मिलान गरिएको जानकारी पनि दिए । उनका अनु...
उपचार गोजीबाट रकम निकालेर होइन बिमा कार्डबाट गर्ने सुनिश्चित गर्नु पर्छः स्वास्थ्य मन्त्री पौडेल

उपचार गोजीबाट रकम निकालेर होइन बिमा कार्डबाट गर्ने सुनिश्चित गर्नु पर्छः स्वास्थ्य मन्त्री पौडेल

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल अब व्यक्तिले गोजीबाट रकम निकालेर नभई बिमा कार्डबाट उपचार सुनिश्चित गर्नु पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका छन् । स्वास्थ्य विमाबाट उपचार गर्ने व्यवस्था मिलाएर विमा रकम तिर्नेले तिर्नु पर्ने र विमा बाफतको पैसा तिर्न नसक्नेको राज्यले तिरिदिनु पर्ने बताए । ‘अब उपचार गोजीबाट पैसा निकालेर होइन, गोजीबाट विमा कार्ड निकालेर गर्नु पर्छ । विमा बाफतको शुल्क तिर्न सक्नेले अनिर्वाय रुपमा तिर्ने व्यवस्था गर्नु पर्छ । नसक्नेहरुको राज्यले दिनु पर्छ’, मन्त्री पौडेलले भने ।  आज बुटवलमा आयोजित कार्यक्रममा उनले स्वास्थ्य बिमा कोषलाई सुरक्षित र बलियो बनाउँदै सर्वसाधारणलाई सेवा दिने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए। मन्त्री पौडेलले स्वास्थ्यलाई राज्यको पहिलो प्राथमिकतामा राख्दै सरकारी अस्पतालमा दरबन्दी वृद्धि र निजी क्षेत्रको निरन्तर विस्तारलाई सन्तुलनमा ल्याउन...
सुनगाभा सैनामैना गोल्डकप : विभागीय टोली नेपाल पुलिस र फर्साटिकर एफसी भिड्दै

सुनगाभा सैनामैना गोल्डकप : विभागीय टोली नेपाल पुलिस र फर्साटिकर एफसी भिड्दै

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल रुपन्देहीको सैनामैनामा जारी प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत आजको खेलमा विभागीय टोली नेपाल पुलिस र फर्साटिकर फुटबल क्लब बीच प्रतिस्पर्धा हुँदै छ । सैनामैना–४ स्थित सैनमैना फुटबल रंगशाला मुर्गिमा दिउँसो ३ः४५ बजेदेखि खेल हुनेछ । स्थानीय मुर्गिया फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिता अन्तरगत सोमबार भएको उद्घाटन खेलमा आयोजकले गोर्खा ब्वाईज एफसीलाई पराजित गर्दै अघिल्लो चरण्मा प्रवेश गरेको छ । उसले २–० गोल अन्तरले गोर्खा ब्वाईजलाई पराजित गरेको थियो । सुनगाभा पब्लिक स्कुलको टाइटल स्पोन्सर तथा सैनामैना नगरपालिकाको आर्थिक सहयोग र संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले नगद ७ लाख पुरस्कार राशीसहित गोल्डकप, मेडल र प्रमाणपत्र प्रापत गर्नेछ । यसैगरी उपविजेताले नगदर ४ लाख तथा अन्तिम चारमा पुग्ने अन्य २ समुहले समान ८० हजार नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।&...
नेकपा रुपन्देहीद्वारा सहिद-बेपत्ता परिवारलाई सम्मान

नेकपा रुपन्देहीद्वारा सहिद-बेपत्ता परिवारलाई सम्मान

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
विनोद खनाल, बुटवल सहिद सप्ताह अन्तर्गत नेकपा रुपन्देहीले आईतवार एक कार्यक्रम गरी जनयुद्धका क्रममा रुपन्देहीबाट साहदत भएका सहिद तथा बेपत्ताका परिवारलाई सम्मान गरेको छ । २०५२ साल फागुन एक गतेदेखी सुरुभएको जनयुद्धका क्रममा रुपन्देहीबाट २०५५ साल कात्तिक २३ गते माधब घिमिरेको पहिलो साहदति भएको थियो भने एकै घरपरिवारका ६ जना सहित ७१ जनाले रुपन्देहीबाट बलिदानी गरेको नेकपा रुपन्देही सेक्रेटरी बिरन्द्र सीले बताए । सुपानेट झुल, खादा र नगद सहित सम्मान गरिएको उक्त कार्यक्रममा करिब ६० सहिदपरिवार उपस्थित भएका थिए । सो सम्मान कार्यक्रममा प्रमुख अतिथि नेकपाका पोलिटव्युरो सदस्य एवं रुपन्देही ईन्चार्ज बसन्त सीले महान सहिदहरुको बलिदानको जगमा जन्मिएको बर्तमान ब्यबस्थामा शाशन चलाउनेहरुलाई जनयुद्ध र सहिदहरुको अपमान गर्ने छुट नभएको बताए । उनले भने - "जनयुद्धको रगतको जगमा जन्मिएको ब्यबस्थामा केन्द्र, प...
आज विश्व वन्यजन्तु दिवस मनाइँदै

आज विश्व वन्यजन्तु दिवस मनाइँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौं आज मार्च ३ अर्थात् विश्व वन्यजन्तु दिवस । वन्यजन्तु र मानवको बासस्थान पृथ्वीको अतिदोहन रोक्न तथा यसको जैविक विविधता, पर्यावरणीय एवं पारिस्थितिकीय प्रणालीको संरक्षणमा जोड दिंदै ‘वन्यजन्तु संरक्षणमा वित्तः मानव र पृथ्वीमा लगानी’ नाराका साथ संसारभर यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको ६८ औँ महासभाले २० डिसेम्बर २०१३ मा जोखिममा रहेका वन्यजन्तु र वनस्पतिका बारेमा मानवलाई सचेत गराउने उद्देश्यले मार्च ३ लाई विश्व वन्यजन्तु दिवसको रूपमा घोषणा गरेको हो । सन् १९७३ मा आजकै दिन लोपोन्मुख प्रजातिका वन्यजन्तु र वनस्पतिको अन्तरराष्ट्रिय व्यापार महासन्धि (सिआइटिईएस)अनुमोदन भएको थियो । सोही वर्षको मार्च ३ देखि १४ सम्म थाइल्याण्डको राजधानी ब्याङ्कककमा आयोजित जलवायु परिवर्तनसम्बन्धी १६औँ राष्ट्रसङ्घीय सम्मेलन तथा सिआइटिईएस पक्षराष्ट्रको सम्मेलनले थाइल्याण्डको वन्यजन्तु दिवस मनाउ...