सरकारको पहलमा ८ हजार बचतकर्ताको पौने २ अर्व बचत रकम फिर्ता


काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएपछि हालसम्म ८१५५ जना सहकारीपीडितले आफ्नो बचत फिर्ता पाएका छन । भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीले संसदमा यस्तो जानकारी दिएका हुन् । मन्त्री अधिकारीले बर्तमान सरकार गठन भएदेखि फागुन २० गतेसम्म ८ हजार १५५ जना सहकारी बचतकर्ताको हिनामिना भएको रकम फिर्ता गराइएको तथ्य राखे ।

प्रतिनिधि सभामा सहकारी सम्बन्धी अध्यादेशमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री अधिकारीले ती बचतकर्ताको १ अर्ब ६७ करोड ७० लाख रुपैया बचत रकम फिर्ता गराइएको बताए ।

सरकारले सहकारी पीडितलाई केही गरेन भन्ने विपक्षीहरुको आरोपको खण्डन गर्दै मन्त्री अधिकारीले साउनदेखि फागुनसम्मको सो तथ्यांक पेश गरे । त्यस्तै ४ महिनाको बीचमा सहकारीका बचतकर्ता र सञ्चालकहरुबीच सहमति गराएर १ अर्ब १० करोड रुपैयाको हिसाब मिलान गरिएको जानकारी पनि दिए ।

उनका अनुसार एक हजारजना सहकारीका ऋणी सदस्यबाट ३१ करोड रुपैया असूल उपर गरिएको र ७ हजार ऋणी सदस्यको खाता रोक्का गरिएको छ । यस्तै ऋण असूली नियमित गराइएको र प्राधिकरणमार्फत काम भइरहेको मन्त्री अधिकारीले बताए ।

सहकारीबाट ऋण लिँदा पनि धितो अनिवार्य गरिएको पनि मन्त्री अधिकारीले जानकारी दिए । मन्त्री अधिकारीले आफ्नै पालामा गर्न खोजिएको काम अहिलेको सरकारले गर्दा पनि विपक्षमा रहेका दलका सांसदहरुले आलोचना गरेको गुनासो गरे ।

छुटाउनुभयो कि ?

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...