नेकपा रुपन्देहीद्वारा सहिद-बेपत्ता परिवारलाई सम्मान


विनोद खनाल, बुटवल

सहिद सप्ताह अन्तर्गत नेकपा रुपन्देहीले आईतवार एक कार्यक्रम गरी जनयुद्धका क्रममा रुपन्देहीबाट साहदत भएका सहिद तथा बेपत्ताका परिवारलाई सम्मान गरेको छ । २०५२ साल फागुन एक गतेदेखी सुरुभएको जनयुद्धका क्रममा रुपन्देहीबाट २०५५ साल कात्तिक २३ गते माधब घिमिरेको पहिलो साहदति भएको थियो भने एकै घरपरिवारका ६ जना सहित ७१ जनाले रुपन्देहीबाट बलिदानी गरेको नेकपा रुपन्देही सेक्रेटरी बिरन्द्र सीले बताए ।

सुपानेट झुल, खादा र नगद सहित सम्मान गरिएको उक्त कार्यक्रममा करिब ६० सहिदपरिवार उपस्थित भएका थिए । सो सम्मान कार्यक्रममा प्रमुख अतिथि नेकपाका पोलिटव्युरो सदस्य एवं रुपन्देही ईन्चार्ज बसन्त सीले महान सहिदहरुको बलिदानको जगमा जन्मिएको बर्तमान ब्यबस्थामा शाशन चलाउनेहरुलाई जनयुद्ध र सहिदहरुको अपमान गर्ने छुट नभएको बताए । उनले भने – “जनयुद्धको रगतको जगमा जन्मिएको ब्यबस्थामा केन्द्र, प्रदेश र स्थानीय तहमा रजगज गरेका शाशकहरुले जनयुद्धलाई नै अपमान गर्ने हैन जनयुद्धका सहिदहरु माओवादीका मात्रै सहिद नभै गणतन्त्रका सहिदको रुपमा सम्मान गरेर उचित अवशर दिन जरुरी छ ।

राणाका विरुद्ध संघर्षमा साहदति गरेका चार सहिद पन्चायतका बिरुद्धका सुखानि लगायतका आन्दोलनका सहिद र राजतन्त्रको समुल अन्त्यका लागि गरेको जनयुद्धका सहिदमा फरक कसरी हुन सक्छन? ति सबै सहिद राष्ट्रीय सहिद हुन ।” यस्तै नेता बसन्तले सहिद परिवारहरुलाई सम्मानगर्नुको साटो जनयुद्धलाई नै अपराधिकरण गर्न खोजेको भन्दै सक्छौ सम्मान गर हैन भने अपमान गर्ने धृष्टता नगर्न चेतावनी दिए । सहिद बेपत्ता परिवार र उनका सन्ततिहरुको सम्पुर्ण रुपमा जिम्मा लिनुपर्ने र जनयुद्धका सहिदहरुलाई राष्टीय सहिद घोषणा गर्नुपर्ने दावी गर्दै उनले भने – “सहिदबेपत्ता परिवारका आँशु र पिडालाई कमजोरी ठानेर दवाउने कोशिश नगरियोस । त्यो बिद्रोहमा सल्कियो भने शाशकहरुले आँसु बगाउन पनि पाउँनेछैनन ।” यस्तै कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य सरद सीले सहिदपरिवार संग सहकार्य गर्दै हिमाल पहाड तराईका जनताको एकाकारमा नेपालको दलाल पुजीवादी सत्तालाई अन्त्य गरी नेपाली बिशेषताको समाजबाद ल्याउन फेरी एकपटक नयाँ संकल्प गर्न जरुरी रहेको बताए । अर्का केन्द्रीय सदस्य बिस्वास सीले यही दलाल पुजीवादी ब्यबस्थाका लागी नेपाली महान आमाबाबाका छोराछोरीहरु उच्च वलिदानीभावका साथ हाँसीहाँसी मर्न तयार नभएको भन्दै सहिदहरुका सपना पुरा नभएको र वलिदानीको उचित सम्मान नभएको जिकिर गरे । सहिदबेपत्ता परिवारकी केन्द्रीय सचिव जया सीले सहिद बेपत्ता परिवार दल बिषेशमा बिभाजित नभै हाम्रा हक अधिकार प्राप्तिको लडाईंकालागि पनि एकजुट हुन आवश्यक रहेको बताईन । यस्तै उनले सम्युक्त राष्ट्रसंगले द्वन्द्व पिडितलाई मिलाएर परिपुरणको ब्यबस्था गर्ने भनेपनी राज्यपक्षले पहल नगरेकोमा चिन्ता ब्यक्त गरिन ।

यस्तै कार्यक्रममा नेकपा माओबादी केन्द्रकी रुपन्देही ईन्चार्ज तथा सहिद परिवार सोनीया यादव, सभासद तथा सहिद परिवार लता घिमिरे, सहिद बेपत्ता समाज रुपन्देही सचिव शिब घिमिरे, सहिद जीवनारायण सुबेदीकी श्रिमती ईन्दिरा सुबेदी लगायतले बोल्दै सहिदहरुको योगदानलाई खेरजान दिन नहुने बताए। कार्यक्रममा समाना परिवारकी रेश्मी बुढाको सहिद तिमिलाई बोलको गित गाउँदा सबैका आँखा रसाएका र माहोल भावुक बनेको थियो । पार्टिका केन्द्रीय सदस्य शरद सीको अध्यक्षता अर्का केन्द्रीय सदस्य बिस्वाश सीको स्वागत र केन्द्रीय सदस्य एवं जिल्ला सेक्रेटरी बिरेन्द्र सीको संचालनमा सम्पन्न कार्यक्रममा सहिदपरिवारसंग अन्तरक्रिया समेत गरिएको थियो ।

छुटाउनुभयो कि ?

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

काठमाडौंगृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।आम निर्वाचनको तयारीबारे जानकारी लिन ओखलढुङ...
सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै भएको ब...
किन मनाइन्छ मगर दिवस ?

किन मनाइन्छ मगर दिवस ?

ललित बुढा मगरवर्तमान अवस्थालाई चित्रण गर्दा नेपाली जनता धेरै कुराले अधिकार सम्पन्न छन् । विभिन जात जाती, भाषा, धर्म, लिङ्ग आद...
भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

बुटवलनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले मात्रै देश नबन्ने बताएका छन् । बुटवलमा शुक्रबार आयोजित...