उपचार गोजीबाट रकम निकालेर होइन बिमा कार्डबाट गर्ने सुनिश्चित गर्नु पर्छः स्वास्थ्य मन्त्री पौडेल


बुटवल

अब व्यक्तिले गोजीबाट रकम निकालेर नभई बिमा कार्डबाट उपचार सुनिश्चित गर्नु पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका छन् ।

स्वास्थ्य विमाबाट उपचार गर्ने व्यवस्था मिलाएर विमा रकम तिर्नेले तिर्नु पर्ने र विमा बाफतको पैसा तिर्न नसक्नेको राज्यले तिरिदिनु पर्ने बताए । ‘अब उपचार गोजीबाट पैसा निकालेर होइन, गोजीबाट विमा कार्ड निकालेर गर्नु पर्छ । विमा बाफतको शुल्क तिर्न सक्नेले अनिर्वाय रुपमा तिर्ने व्यवस्था गर्नु पर्छ । नसक्नेहरुको राज्यले दिनु पर्छ’, मन्त्री पौडेलले भने । 

आज बुटवलमा आयोजित कार्यक्रममा उनले स्वास्थ्य बिमा कोषलाई सुरक्षित र बलियो बनाउँदै सर्वसाधारणलाई सेवा दिने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए। मन्त्री पौडेलले स्वास्थ्यलाई राज्यको पहिलो प्राथमिकतामा राख्दै सरकारी अस्पतालमा दरबन्दी वृद्धि र निजी क्षेत्रको निरन्तर विस्तारलाई सन्तुलनमा ल्याउनुपर्ने धारणा राखे।

स्वास्थ्यमा ४ प्रतिशत बजेट लगानी गरेर स्वास्थ्यलाई राज्यले प्राथमिकतामा राखेको भन्न नमिलने बताउँदै मन्त्री पौडेलले बजेट बढाउनका लागि पहल गर्ने समेत बताए । 

छुटाउनुभयो कि ?

थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको ज्यान गयो : ७९ जना घाइते

थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको ज्यान गयो : ७९ जना घाइते

थाइल्याण्डको नाखोन राचासिमा प्रान्तमा काम गर्दै गरेको क्रेन गुड्दै गरेको रेलमाथि खस्दा कम्तीमा २२ ज्यान गएको छ भने ७९ जना घ...
नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...