समाज

भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौंभोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट विभिन्न क्षेत्रमा प्रारम्भिक रूपमा ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार भवन, सडक, कृषि, पशुपन्छी, बैंक तथा दूरसञ्चारलगायत क्षेत्रमा गरिएको प्रारम्भिक मूल्यांकनबाट उक्त क्षति देखिएको हो ।उनले आगामी चार महिनाको प्रारम्भिक पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको बताए । यसअन्तर्गत भवन तथा बस्ती पुनःस्थापना, पुल निर्माण, स्वास्थ्य तथा पोषण, शिक्षा, कृषि, पशुपन्छी, ऊर्जा र दूरसञ्चारलगायत क्षेत्र समेटिएका छन् ।खोज तथा उद्धार कार्य अझै जारी रहेको भन्दै उनले दैनिक १० देखि १२ वटा हेलिकप्टरमार्फत खोजी, उद्धार तथा शव संकलनको काम भइरहेको जानकारी दिए। बाढीका कारण सुरुङमा फसेकाहरूको उद...
आज श्रीकृष्ण जन्माष्टमी मनाइदै

आज श्रीकृष्ण जन्माष्टमी मनाइदै

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँवैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाईदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए । कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व...
जलवायु परिवर्तनको असर र समाधान

जलवायु परिवर्तनको असर र समाधान

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, लेख रचना, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय
श्रीराम ज्ञवालीजलवायु परिवर्तन वर्तमान विश्वको सबैभन्दा ठूलो र गम्भीर चुनौती हो, जसले मानव सभ्यता, प्राकृतिक पारिस्थितिक प्रणाली र पृथ्वीको समग्र भविष्यलाई नै संकटमा पारेको छ। पछिल्ला केही दशकहरूमा मानव सिर्जित गतिविधिहरूका कारण पृथ्वीको वायुमण्डलको औसत तापक्रम तीव्र रूपमा बढिरहेको छ। यस तापमान वृद्धिका कारण मौसमको चक्र, वर्षाको ढाँचा र प्राकृतिक प्रणालीमा अनपेक्षित परिवर्तनहरू आइरहेका छन्। नेपाल जस्तो भौगोलिक रूपमा संवेदनशील र विकासोन्मुख देशका लागि जलवायु परिवर्तनको असर झन् बढी घातक र चुनौतीपूर्ण बन्दै गएको छ। पृथ्वीको वायुमण्डलमा प्राकृतिक रूपमा पाइने हरितगृह ग्यासहरू (जस्तै कार्बन डाइअक्साइड, मिथेन, नाइट्रस अक्साइड आदि) ले सूर्यको तापलाई संकलन गरेर पृथ्वीलाई जीवहरू बस्न योग्य तातो बनाउँछन्। यस प्रक्रियालाई हरितगृह प्रभाव भनिन्छ। तर, औद्योगिक क्रान्ति यता मानव जातिले गरेका अविवे...
बुटवलका सफल व्यवसायी, समाजसेवी थैवको अगुवाईमा बाढी प्रभावितका लागि २ लाख ४४ हजार सहयोग

बुटवलका सफल व्यवसायी, समाजसेवी थैवको अगुवाईमा बाढी प्रभावितका लागि २ लाख ४४ हजार सहयोग

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरसुवा भोटेकोशी बाढी प्रभावितको राहात तथा उद्धारका लागि बुटवलका सफल व्यवसायी एवं समाजसेवी अनन्तमान थैवको पहलमा प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा २ लाख ४४ हजार ८ सय ५० रुपियाँ सहयोग गरेका छन्। थैवले व्यक्तिगत १ लाख १ हजार र उनको अगुवाई रहेको व्यायाम गर्ने सामाजिक संस्था सुनौलो बिहानी फुर्तिलो समुहका सदस्यहरुले १ लाख ४३हजार ८सय ५० गरी जम्मा २ लाख ४४ हजार ८ सय ५० रुपैयाँ सहयोग गरेका हुन्। थैव बुटवलका पुराना व्यवसायी एवं रुपन्देही विद्युतीय व्यवसायी संघका संस्थापक अध्यक्ष हुन्। उनले स्वास्थ्यका लागि व्यायाम भन्ने उद्देश्यले रुपन्देहीमा सुनौलो बिहानी फुर्तिलो समुह नामको व्यायाम समुह समेत स्थापना गरी दैनिक हजारौंलाई व्यायाम गर्ने बाताबरण मिलाएका छन्। प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा सहयोग गर्दै उनले "अहिले नेपाल र हामी नेपालीमा ठुलो पिडा परेको छ,धैरै ...
संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, भरोसा दिनुपर्छ : प्रधानमन्त्री

संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, भरोसा दिनुपर्छ : प्रधानमन्त्री

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, राजनीति, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँप्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा संकट परेको बेलामा देशको नेतृत्वले हिम्मत, आड र भरोसा दिनुपर्ने बताए । उनले भोटेकोशी बाढीले सिंगो नेपालमाथि परेको साझा बज्रपात भएको बताए । प्रतिनिधिसभाको बुधबारको बैठकमा भोटेकोशी बाढीबारे जानकारी दिने क्रममा प्रधानमन्त्रीले उक्त धारणा राखेका हुन् । उनले भने, 'संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, हिम्मत, आड, भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकारेका छौं ।' प्रधानमन्त्री शाहले भोटेकोशी बाढीले तीन जिल्ला मात्र प्रभावित नबनी सिंगो देश नै पीडित बनेको बताए । 'यो पीडा रसुवा, नुवाकोट र धादिङको मात्र हैन । यो सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो,' उनले भने, 'तर, यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन । मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन ।'सरकारले दृढ संकल्पका साथ यो विपदसँग लड्ने प्रधानमन्त्रीको ...
शेयर बजारमा १५ दशमलव ४४ अंकको वृद्धि, २ अर्ब ९४ करोडको कारोबार

शेयर बजारमा १५ दशमलव ४४ अंकको वृद्धि, २ अर्ब ९४ करोडको कारोबार

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँनेप्सेमा आज वृद्धि आएको छ । आज बुधबार नेप्से १५ दशमलव ४४ अंकले बढेर २५३८ दशमलव ११ विन्दुमा पुगेर रोकिएको छ ।आज ३५४ कम्पनिका ७२ लाख ६८ हजार २०२ कित्ता शेयर २ अर्ब ९४ करोड २७ लाख ८१ हजार ८२६ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड र निर्जीव वीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।आज, सबैभन्दा बढी उपकार लघुवित्तको शेयर ११ दशमलव ८७ प्रतिशतले बढेको छ भने माथिल्लो मैलुंग जलविद्युतको शेयर १० दशमलव २३ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एनएमबी इनर्जी बण्डको शेयर ५ दशमलव ८१ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी सानिमा मिडल तमोर हाइड्रोको १४ करोड १७ लाख बराबरको कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १२ करोड ६४ लाख बराबरको कारोबार भएको छ । ...
बुटवलको रेसुङ्गा स्वास्थ्य क्लिनिक प्रालिमा क्यान्सरको उपचार

बुटवलको रेसुङ्गा स्वास्थ्य क्लिनिक प्रालिमा क्यान्सरको उपचार

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवलको रेसुङ्गा स्वास्थ्य क्लिनिक प्रालिमा हरेक महिनाको पहिलो शनिबार क्यान्सर रोगको परीक्षण तथा उपचार हुने गर्दछ।नेपालकै वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर समिर शर्माले उपचार गर्दै आएका छन्।बुटवलको अस्लापताललाईनमा रहेको स्वास्थ्य क्लिनिक प्रालिमा लामो समयदेखि पेट दुख्ने, पुरानो पेटको घाउ( अल्सर) भएको, पिसाब पोल्ने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने समस्या,स्तन दुख्ने,भारि हुने,गांठागुठी आएको जस्ता समस्या रहेका बिरामीले उपचार पाउने छन्। तयसैगरी छाती दुख्ने, पुरानो दम, पाठेघरमा मासु पलाएको, घाउ क्यान्सर , लामो समयदेखि घांटी दुखेको, टन्सिल, घांटीमा आएको गिर्खा, शरिरको कुनैपनि भागमा अस्वाभाविक मासु पलाएको, पुरानो ट्युमरलगायतका विरामीहरुले उपचार गर्न सक्ने स्वास्थ्य क्लिनिक प्रालिका सञ्चालक माधव ज्ञवालीले जानकारी दिए। ...
कान्ति माविका प्राचार्य ज्ञवाली भन्छन् ‘चाहे जस्तो परिणामका लागि अहोरात्र लागेका छौं’

कान्ति माविका प्राचार्य ज्ञवाली भन्छन् ‘चाहे जस्तो परिणामका लागि अहोरात्र लागेका छौं’

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवलको कान्ति माध्यमिक विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीले विद्यालय सरकारको मुल्यांकनमा उत्कृष्ट भएपनि आफुहरुले चाहे जस्तो परिणाम आउन नसकेको र यसकालागी विद्यालय परिवार लागेको बताएका छन्।मंगलबार कक्षा ४ र ५ का अभिभावकसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै ज्ञवालीले विद्यार्थीको राम्रो परिणाम आउन विद्यार्थी, विद्यालय र अभिभावकको त्रिकोणात्मक योगदान रहनुपर्ने धारणा राखेका थिए।उनले विद्यालयमा भर्ना हुन विद्यार्थी र अभिभावकको ठुलो चाहना रहने गरेको र अहिले पनि क्षमता भन्दा केही बढी विद्यार्थी रहेको र स्थानीय सरकारलगायत सरोकारवाला सवैको साझा प्रयासबाट सवल हुने धारणा राखेका थिए।अभिभावकसंगको अन्तरक्रियामा उनले स-साना समस्या रहेपनि विद्यार्थीको भविष्यमा विद्यालय परिवार लागि परेको वताएका छन्।कार्यक्रममा कक्षा ४ र ५ का संयोजक लिलाधर पाण्डेले विद्यालय, विद्यार्थी जत्तिकै अभिभावकपनी संयमित ...
बाढीमा ज्यान गुमाउनेको सम्झनामा द एसआर होटल द्वारा दीप प्रज्वलन

बाढीमा ज्यान गुमाउनेको सम्झनामा द एसआर होटल द्वारा दीप प्रज्वलन

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलभोटेकोशी बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झनामा रूपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको द एसआर होटलले दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरेको छ।बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको दुःखद घडीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको सम्झनामा दीप प्रज्वलन गरिएको हो।कार्यक्रममा होटलका अध्यक्ष होमकान्त वस्यालले दीप प्रज्वलन गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्नुका साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका थिए।प्राकृतिक विपद्ले निम्त्याएको पीडामा सबैले एकअर्काप्रति सहानुभूति, सहयोग र मानवीय भावना देखाउनुपर्ने सन्देशसहित कार्यक्रम आयोजना गरिएको संचालक चिरन अर्यालले बताए।बाढीले खोसेका अमूल्य जीवनको सम्झनामा बालिएका दीपहरूले मृतकप्रति श्रद्धाञ्जलीसँगै पीडित परिवारप्रति साथ र ऐक्यबद्धताको सन्देश दिएका छन्। ...
प्रतिनिधिसभाको बैठक बस्दै, सभामुखले भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने

प्रतिनिधिसभाको बैठक बस्दै, सभामुखले भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंप्रतिनिधिसभाको बैठक आज बस्दै छ ।बैठक बुधबार दिउँसो १ बजेका लागि डाकिएको छ ।सिंहदरबारमा बस्ने बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी बाढी र त्यसले निम्त्याएको क्षतिका सम्बन्धमा ‘विशेष प्रस्ताव प्रस्तुत’ गर्ने सम्भावित कार्यसूची छ ।बैठकमा सभामुख अर्यालले भोटेकोशी बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्नेछन् ।विशेष प्रस्तावमा भनिएको छ, ‘प्रतिनिधिसभाको यो बैठक, मिति २०८३ साल भदौ १० गते बुधबार भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशूली नदी तटीय क्षेत्रका धेरै सङ्ख्यामा स्वदेशी तथा विदेशी नागरिक बेपत्ता हुनाका साथै ठूलो सङ्ख्यामा मृत्यु भएको र व्यापक जनधनको क्षति भएको घटनाप्रति गहिरो दुःख प्रकट गर्दछ । साथै, उक्त घटनाबाट घरबारविहीन भएकाहरूको व्यवस्थापन ए...