मानव अधिकार तथा शान्ति समाजले विविध कार्यक्रम गरी मनायो स्थापना दिवस
बुटवल
मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाले सोमबार २९औ स्थापना दिवस विविध कार्यक्रम गरि मनाएको छ।
समाजले वैज्ञानिक शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवा आमनागरिकको आधारभूत अधिकार हुन् भन्ने विषयमा नागरिक संवाद कार्यक्रम सम्पन्न गरेको छ भने सन्ध्याकालीन समयमा दीप प्रज्वलन गरी शान्तिपूर्ण समाजको कामना गरेको छ।
सोमबार साँझ रूपन्देहीको तिलोत्तमा योगीकुटीमा अधिकारकर्मीहरूले सञ्चारकर्मीको साथमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेका छन्।
शान्ति समाज रूपन्देहीका अध्यक्ष अर्जुन ज्ञवाली [अर्जुन-दृष्टि]को अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै समाजका पूर्व केन्द्रीय अध्यक्ष गोविन्द खनालले आम नागरिकको मानव अधिकारको पूर्ण उपयोग हुन सकेमा मात्र समाजमा शान्ति स्थापना हुने हुनाले समाजमा रहेको विभिन्न विकृति हटाई शान्ति स्थापना गर्ने अभियानमा सबै लाग्न आवश्यक रहेको बताए। खनालले सोही ...








