संसद्को अवरोध खुलाउन बसेको तीन दलको बैठकमा जुटेन सहमति


काठमाडौँ

संसद्को अवरोध खुलाउन बसेको तीन दलका शीर्ष नेताको बैठक विना निष्कर्ष सकिएको छ । गृहमन्त्री रमेश लेखकको राजीनामाको अडानबाट प्रतिपक्ष पछि नहटेपछि बैठकमा सहमति जुट्न नसकेको हो ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा करिब २ घण्टा बसेको बैठकमा संसद् खोल्न प्रतिपक्ष सहमत नभएपछि बैठक विना निष्कर्ष सकिएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

उनका अनुसार तीन दलको बैठकमा सत्तापक्षले गृहमन्त्रीको राजीनामा होइन,संसद् खोल्न आग्रह गरेका थिए । ‘हामीले सुशासनलाई जोड दियौँ । हामीले जो विषयवस्तु राखेका छौ त्यो यथावत रहेको छ’, उनले भने,  ‘भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्छ ।’ जवाफमा सत्तापक्षले कर्मचारीको कुरा भएकाले गृहमन्त्रीले राजीनामा दिनुनपर्ने बताएको थियो ।

यसैबिच शीर्ष बैठकमा सहभागी प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले संसद् अवरुद्ध गरेर जानुहुँदैन भनेर राखेको प्रस्तावमा प्रतिपक्षले थप छलफल गर्दै अघि बढ्ने जवाफ दिएको बताए । संविधान र व्यवस्थालाई चुनौती दिन भइरहेका गतिविधिलाई सामना गर्दै अघि बढ्न तीनै दल सहमत भएको नेता खरेलले जानकारी दिए । ‘यसमा हामी एकमत र एक ठाउँमा रहेका छाैँ’, खरेलको भनाइ छ । मङ्गलबारबाट संसद्‌मा बजेटमाथि छलफल गर्ने कार्यसूची छ ।

छुटाउनुभयो कि ?

चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...
सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...