संसद्को अवरोध खुलाउन बसेको तीन दलको बैठकमा जुटेन सहमति


काठमाडौँ

संसद्को अवरोध खुलाउन बसेको तीन दलका शीर्ष नेताको बैठक विना निष्कर्ष सकिएको छ । गृहमन्त्री रमेश लेखकको राजीनामाको अडानबाट प्रतिपक्ष पछि नहटेपछि बैठकमा सहमति जुट्न नसकेको हो ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा करिब २ घण्टा बसेको बैठकमा संसद् खोल्न प्रतिपक्ष सहमत नभएपछि बैठक विना निष्कर्ष सकिएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

उनका अनुसार तीन दलको बैठकमा सत्तापक्षले गृहमन्त्रीको राजीनामा होइन,संसद् खोल्न आग्रह गरेका थिए । ‘हामीले सुशासनलाई जोड दियौँ । हामीले जो विषयवस्तु राखेका छौ त्यो यथावत रहेको छ’, उनले भने,  ‘भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्छ ।’ जवाफमा सत्तापक्षले कर्मचारीको कुरा भएकाले गृहमन्त्रीले राजीनामा दिनुनपर्ने बताएको थियो ।

यसैबिच शीर्ष बैठकमा सहभागी प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले संसद् अवरुद्ध गरेर जानुहुँदैन भनेर राखेको प्रस्तावमा प्रतिपक्षले थप छलफल गर्दै अघि बढ्ने जवाफ दिएको बताए । संविधान र व्यवस्थालाई चुनौती दिन भइरहेका गतिविधिलाई सामना गर्दै अघि बढ्न तीनै दल सहमत भएको नेता खरेलले जानकारी दिए । ‘यसमा हामी एकमत र एक ठाउँमा रहेका छाैँ’, खरेलको भनाइ छ । मङ्गलबारबाट संसद्‌मा बजेटमाथि छलफल गर्ने कार्यसूची छ ।

छुटाउनुभयो कि ?

गुल्मीको रुरुक्षेत्र रिडी मेलामा जिल्ला स्तरीय कृषि प्रदर्शनी,२सय १९कृषक सहभागी

गुल्मीको रुरुक्षेत्र रिडी मेलामा जिल्ला स्तरीय कृषि प्रदर्शनी,२सय १९कृषक सहभागी

गुल्मीमाघेसंक्रान्तिको अवसरमा गुल्मीको रुरुक्षेत्र रिडीमा जिल्ला स्तरीय कृषि मेला प्रदर्शनीको आयोजना गरिएको छ।जिल्लाका कृषकला...
पछिल्लो छ महिनामा ५ खर्ब ८१ अर्ब ४१ करोड राजश्व

पछिल्लो छ महिनामा ५ खर्ब ८१ अर्ब ४१ करोड राजश्व

काठमाडौंआर्थिक बर्ष २०८२-८३ को पुस मसान्तसम्म छ महिनामा ५ खर्ब ८१ अर्ब ४१ करोड राजश्व संकलन भएको छ ।पुस मसान्तसम्म छ महिनामा...
माघे सङ्क्रान्ति पर्व मनाइँदै, कृषि जैविक विविधता दिवस पनि आजै

माघे सङ्क्रान्ति पर्व मनाइँदै, कृषि जैविक विविधता दिवस पनि आजै

काठमाण्डौ – आज देशभर माघे सङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गत...
कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

काठमाण्डौ – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएकोे छ । संस्थापन प...