ठाउँ नदेखाइ, होल्डिङ सेन्टर नछाड्ने सुकुमवासीको अडान



काठमाडौं
बनेपा नगरपालिका–६ बुडोलस्थित नेपाल रेडक्रस सोसाइटीको होल्डिङ सेन्टरमा बसिरहेका केही विस्थापित सुकुमवासीले सरकारले स्थायी बसोबासको सुनिश्चितता नगरी अर्को होल्डिङ सेन्टरमा सार्न खोजेको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरूले पहिले बस्ने ठाउँ वा जग्गाको टुंगो लगाइदिनुस्, त्यसपछि मात्रै होल्डिङ सेन्टर छोड्छौँ भन्ने अडान राखेका छन् ।

होल्डिङ सेन्टरमा बसिरहेकी कुन्तिमाया पुलामीले पटक–पटक ठाउँ सारिए पनि स्थायी समाधान भने नदिइएको बताइन् । उनका अनुसार राहत वितरण बन्द भएपछि ५ दिनसम्म उनीहरू भोकै बसेका थिए । त्यसपछि केही सहयोगीले खाद्यान्न उपलब्ध गराए पनि सरकारी निकायबाट आवश्यक चासो नदिइएको उनको गुनासो छ ।

उनले केही दिनअघि सरकारी टोली आएर आफूहरू पहिले नै होल्डिङ सेन्टर छाडिसकेको जानकारी प्राप्त भएको सुनाएको बारेमा वास्तविक अवस्था सम्बन्धित निकायसम्मसमेत नपुगेको आरोप लगाइन् । ‘हामी यतै थियौँ तर हामी गइसकेको रिपोर्ट कसरी पुग्यो भन्ने नै बुझ्न सकेका छैनौँ,’ उनले भनिन् ।
पुलामीका अनुसार होल्डिङ सेन्टरका ४५ परिवारमध्ये ८ जनाको मात्रै नाम जग्गा व्यवस्थापन प्रक्रियामा परेको जानकारी आएको छ । ‘हाम्रो नाम छैन भने किन छैन ? यदि हाम्रो पुर्ख्यौली सम्पत्ति छ भने देखाइदिनुपर्‍यो, छैन भने सरकारले बस्ने जग्गा उपलब्ध गराउनु पर्‍यो । त्यसअघि हामी अर्को होल्डिङ सेन्टर जाँदैनौँ,’ उनले भनिन् ।

त्यस्तै, हेमकुमारी दाहालले सरकारले आफूहरूलाई विभिन्न स्थानमा सार्दै आएको तर स्थायी समाधान भने नदिएको बताइन् । ‘पहिले बालाजु, त्यसपछि भक्तपुर भन्ने अनि बनेपा ल्याइयो । अहिले फेरि इचंगुनारायण लैजान खोजिएको छ । अब हामीलाई कहाँ पुर्‍याउने हो भन्ने विश्वास नै रहेन,’ उनले भनिन् ।

दाहालले राहतस्वरूप दिइने खाना बन्द भएपछि पनि आफूहरू होल्डिङ सेन्टरमै दालमोठ चिउरा खाएर बसेका थियौं तर अहिले पनि आफ्नो नाम पुनःस्थापना प्रक्रियामा नपरेको गुनासो गरिन् । ‘हामीलाई अर्को होल्डिङ सेन्टर होइन, बस्ने स्थायी ठाउँ चाहिएको हो,’ उनले भनिन् ।

छुटाउनुभयो कि ?

बुटवल उद्योग वाणिज्य संघको अधिवेशन दुई दिन सर्यो

बुटवल उद्योग वाणिज्य संघको अधिवेशन दुई दिन सर्यो

बुटवलबुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको साधारण सभा तथा अधिवेशनको मिति दुई दिन सारिएको छ। सोमबार बसेको संघको कार्यसमिति ...
कांग्रेसमा अरूको ध्यान अधिवेशनतिर, पूर्णबहादुरको अदालततिर

कांग्रेसमा अरूको ध्यान अधिवेशनतिर, पूर्णबहादुरको अदालततिर

काठमाडौंकांग्रेसको ठूलो पंक्ति पन्ध्रौं महाधिवेशनतर्फ लक्षित हुँदैगर्दा यसका एक वरिष्ठ नेता पूर्णबहादुर खड्का करिब निष्क्रिय ...
दुर्घटनाको प्रमुख कारण तीव्र गति रहेको विवरण लुम्बिनी प्रदेश प्रहरीले गर्यो सार्वजनिक

दुर्घटनाको प्रमुख कारण तीव्र गति रहेको विवरण लुम्बिनी प्रदेश प्रहरीले गर्यो सार्वजनिक

बुटवललुम्बिनी प्रदेशमा सवारी दुर्घटनाको प्रमुख कारण तीव्र गति (ओभर स्पिड) देखिएको छ । चालू आर्थिक वर्षको दुई महिनामा प्रदेशभर...
आजदेखि एमालेको केन्द्रीय कमिटी बैठक, एजेण्डा अझै अलमल

आजदेखि एमालेको केन्द्रीय कमिटी बैठक, एजेण्डा अझै अलमल

काठमाण्डौनेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आजदेखि बस्दैछ। ललितपुरको एकान्तकुना स्थित रामबाग महलमा केन्द्रीय कमिटी बैठक बस...