गुल्मेली सम्पर्क समाज रुपन्देहीले गर्यो बृहत रक्तदान कार्यक्रम


बुटवल

गुल्मेली सम्पर्क समाज रुपन्देहीले आफ्नो २२ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । समाजले आज बुटवलमा रहेको लुम्बिबुटवल । गुल्मेली सम्पर्क समाज रुपन्देहीले आफ्नो २२ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । समाजले आज बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

बिरामीलाई रक्त अभाव नहोस र रगतको अभावमा कसैले पनि अकालमा मृत्युवरण गर्न नपरोस भन्ने उदेश्यले समाजले रक्तदान कार्यक्रम आयोजना गरेको गुल्मेली सम्पर्क समाज रुपन्देहीका अध्यक्ष डा। नारायणप्रसाद पन्थले बताए । रक्तदान कार्यक्रममा २ सय ९७ जनाले रक्तदान गरेको अध्यक्ष पन्थले जानकारी दिए । 

रुपन्देही व्यापार सङ्घ द्वारा रक्तसञ्चार केन्द्र (ब्लड बैंक) लाई उपकरण हस्तान्तरण तथा समुदघाटन कार्यक्रमका सन्दर्भमा समाजले आज रुपन्देही व्यापार सङ्घ सँगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

रक्तदान कार्यक्रम सङ्गै स्थापना दिवसको अवसर पारेर स्थापना कालदेखि आजसम्म सम्पर्क समाजलाइ यहाँसम्म ल्याउनको लागी विभिन्न तवरले विशिष्ट सहयोग गर्नुहुने संस्थापक अध्यक्ष तथा संरक्षक ई. हिराबहादुर भलामी, शृङ्गेश्वर धामका अध्यक्ष तथा सल्लाहकार ऋषि भण्डारी , सल्लाहकार टीकाराम घिमिरे , सल्लाहकार लोकनाथ उपाध्याय , छोरी शिक्षा कार्यक्रम अध्यक्ष तथा सल्लाहकार ओमी पुन, पूजा समिति तथा ज्येष्ठ नागरिक मिलन केन्द्र दैनिक कार्य सञ्चालन संयोजक नेत्रप्रसाद ज्ञवाली, गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगर शाखा अध्यक्ष केशवराज ज्ञवाली, ज्येष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष यदुनाथ पाण्डे, प्रथम आजीवन सदस्य नन्दराम भुसाललाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रम समाजका अध्यक्ष डा. नारायणप्रसाद पन्थको अध्यक्षता, रुपन्देही व्यापार सङ्घका अध्यक्ष दीपकप्रसाद अधिकारीको प्रमुख आतिथ्यता तथा समाजसेबी भगतसिङ खड्काको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा सल्लाहकारमा वरिष्ठ सर्जन कृष्ण खनाल, वासुदेव अर्याल, डिल्लीराज भट्टराई, मित्रलाल न्यौपाने, नन्दराम भण्डारी, केशवराज पोख्रेल, खडानन्द भण्डारी, पारसमणी भण्डारी, गोविन्द अर्याल र सुनिता जिसी लगायतको उपस्थित रहेको थियो । त्यस्तै रुपन्देही व्यापार सङ्घ, रक्तसञ्चार केन्द्र बुटवल, लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठ, मेसु डा।ईन्द्र ढकाल,स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायत रक्तदाताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

गुल्मेली सम्पर्क समाज रुपन्देहीका अध्यक्ष डा।नारायणप्रसाद पन्थको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव भोजेन्द्र खत्री,स्वागत रक्तदान कार्यक्रम संयोजक हेम थापाले गरेका थिए । स्थापना कालदेखि गुल्मेली सम्पर्क समाज रुपन्देहीले विभिन्न सामाजिक तथा परोपकारी कार्य गर्दै आइरहेको छ।

छुटाउनुभयो कि ?

चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...
सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...