बन्द फिर्तापछि के गर्दैछ राजावादीको आन्दोलन समिति ?


काठमाडौं

राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित राजावादीहरुले गर्दै आएको आन्दोलन आज सुस्ताएको छ । हिजो प्रहरी दमनको विरोधमा आह्वान गरेको बन्द फिर्ता लिएको जनआन्दोलन समितिले आज अरु कार्यक्रम सार्वजनिक गरेको छैन ।

यद्यपि नवराज सुवेदी संयोजकत्वको संयुक्त जनआन्दोलन समितिका एक नेताहरुले आन्दोलनका कार्यक्रम तय गर्न आन्तरिक छलफल भइरहेको बताएका छन् । ‘हामी कार्यक्रमकै बारे छलफलमा छौं,’ ती नेताले भने ।

आइतबार दिउँसोको प्रदर्शनको क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नक्शाल–भाटभटेनी क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । लगत्तै राप्रपा अध्यक्ष लिङ्देनले ‘भोलिदेखि खास लडाइँ सुरु हुने’ बताएका थिए । तर अहिलेसम्म आन्दोलनको कार्यक्रमको रुपरेखाबारे अन्यौल छ ।

प्रहरीले दमन गरी नियन्त्रणमा लिएको भन्दै जनआन्दोलन समितिले काठमाडौं उपत्यका बन्द आह्वान गरेको थियो । तर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बन्द हड्ताल जस्ता अलोकप्रिय कार्यक्रममा आफ्नो पार्टी सहभागी नहुने भनेपछि समितिले बन्दको कार्यक्रम फिर्ता लिएको थियो ।

पक्राउ परेका सबैलाई प्रहरीले छाडेको भन्दै समिति संयोजक सुवेदीले बन्दको कार्यक्रम फिर्ता लिएको जानकारीसहित विज्ञप्ति सार्वजनिक गरेका थिए । तर आज अघिल्ला दिनको जस्तो प्रदर्शन र नाराबाजी हुने कि नहुने भन्ने निश्चित छैन ।

समितिका एक सदस्यले भने, ‘बन्द फिर्ता भएपछि जनआन्दोलन समितिले अनिर्णित छ । आजको कार्यक्रमबारे केही जानकारी छैन ।’

छुटाउनुभयो कि ?

चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...
सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...