समाज

गाई संरक्षणका लागि छुट्टै विधेयक बनाउन सर्वोच्चको निर्देशन

गाई संरक्षणका लागि छुट्टै विधेयक बनाउन सर्वोच्चको निर्देशन

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
काठमाडौं सर्वोच्च अदालतले राष्ट्रिय जनावर गाईको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धनका लागि सरकारले छुट्टै कानुनी विधेयक तयार गरी संसदमा पेश गर्न निर्देशन दिएको छ। अदालतले अहिले भइरहेका प्रयासहरू अपर्याप्त र गम्भीर कानुनी संरचनाको अभाव रहेको निष्कर्ष निकाल्दै, गाई संरक्षणका लागि स्पष्ट र प्रभावकारी कानुनी पूर्वाधार आवश्यक भएको बताएको छ। न्यायाधीशहरू कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले दिएको आदेशमा गाई संरक्षणसम्बन्धी छुट्टै विधेयकको मागसँगै, देशभर रहेका गौशालाहरूको सम्पत्तिको विवरण अद्यावधिक गर्न र ती सम्पत्तिहरू गाई पालन र संरक्षणका लागि मात्रै प्रयोग हुने सुनिश्चितता गर्न पनि सरकारलाई निर्देशन दिइएको छ। सर्वोच्चको आदेशमा स्थानीय तहको सिफारिसमा संघीय सरकारले गौशाला सञ्चालनका लागि आवश्यक जमिन उपलब्ध गराउने व्यवस्था गर्न भनिएको छ। साथै, हरेक स्थानीय तहमा एउटा ...
बुद्धका उपदेश व्यवहारिक रुपान्तरण गर्नु आजकाे आवस्यकता: मुख्यमन्त्री आचार्य

बुद्धका उपदेश व्यवहारिक रुपान्तरण गर्नु आजकाे आवस्यकता: मुख्यमन्त्री आचार्य

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, विविध, शिक्षा, समाचार, समाज
लुम्बिनी लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्धका शिक्षालाई व्यवहारिक कूटनीतिक अभ्यासमा रूपान्तरण गर्नु आजको आवश्यकता भएको बताएका छन् ।  ‘कूटनीति र बुद्धका शिक्षाः विश्व शान्ति तथा दिगो विकासतर्फको मार्ग’ विषयक अन्तर्राष्ट्रिय संगोष्ठीको आइतबार लुम्बिनीमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले गौतम बुद्धको शिक्षा द्वन्द्वभन्दा संवाद, प्रतिस्पर्धाभन्दा सहयोग र द्वेषभन्दा मित्रता निर्वाह गर्ने मूल्यमान्यतामा आधारित रहेको बताए बुद्धका शिक्षाले अन्तर्राष्ट्रिय कूटनीतिमा दीगो शान्ति, आपसी सम्मान र समताको भावना स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ’ उनले भने । मुख्यमन्त्री आचार्यले लुम्बिनीलाई केवल धार्मिक स्थलका रूपमा नभई मानवता, सहिष्णुता र अहिंसाको प्रतीकका रूपमा चिनाउनुपर्ने आवश्यकता औंल्याए । उनले लुम्बिनीको समग्र विकासका लागि प्रदेश सरकारले अघि सारेको ‘लुम्बिनी ...
संघीय संसदका पाँच समितिको बैठक बस्दै

संघीय संसदका पाँच समितिको बैठक बस्दै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौं संघीय संसदका पाँच समितिको बैठक बस्दैछ । प्रतिनिधि सभा अन्तर्गत आज अर्थ समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्दै छ । त्यस्तै राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त), २०८० को बैठक पनि बस्दैछ । बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँग सम्बधित आ.व. २०८२/८३ को बजेटका लागि आयोगले दिएका सिफारिस र सुझाव तथा ती सुझाव र सिफारिस बजेटमा समावेश भए/नभएको अवस्था आयोगको आ.व. २०८२/८३ को वार्षिक बजेट तथा कार्यक्रम संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्ने क्रममा आयोगले सामना गरेका समस्या र चुनौती आयोगसँग सम्बन्धित समितिमा प्राप्त उजुरीको विषयमा छलफल हुने समितिले जनाएको छ । त्यस्तै दिउसो १ बजे बस्ने कृषि, सह...
एक वर्षमा १३३ कम्पनी कालोसूचीमा

एक वर्षमा १३३ कम्पनी कालोसूचीमा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँ एक वर्षमा १३३ वटा निर्माण तथा आपूर्ति कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८१ साउनदेखि २०८२ असार मसान्तसम्ममा बोलपत्रदाता, परामर्शदाता, सेवा प्रदायक, आपूर्तिकर्ता तथा निर्माण  कम्पनी कालोसूचीमा परेका हुन् । कालोसूचीमा परेका कुल कम्पनीमध्ये ५ वटा कम्पनी कालोसूचीबाट हटेका छन् । यस्तै २० वटा कम्पनी निलम्बनमा परेको कार्यालयले जनाएको छ । सार्वजनिक खरिद प्रक्रियाका सर्त पूरा नगर्ने कम्पनीलाई सार्वजनिक निकायको सिफारिसमा कालोसूचीमा राख्न सक्ने व्यवस्था सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ तथा सार्वजनिक खरिद नियमावलीको नियम १४१ मा छ । सो व्यवस्थाअनुसार बोलपत्रदाता, प्रस्तावदाता दरभाउपत्र दाता, परामर्शदाता, सेवा प्रदायक, आपूर्तिकर्ता, निर्माण व्यवसाय, संस्था वा कम्पनी र तिनका आधिकारिक व्यक्ति समेतलाई निजको कार्यको गाम्भीर...
बिरामीलाई रेफर गर्न नपर्ने गरी अस्पतालबाटै सेवा दिन मुख्यमन्त्री आचार्यको आग्रह

बिरामीलाई रेफर गर्न नपर्ने गरी अस्पतालबाटै सेवा दिन मुख्यमन्त्री आचार्यको आग्रह

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
नवलपरासी लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सकेसम्म रेफर गर्न नपर्ने गरी अस्पतालबाटै सेवा दिन आग्रह गरे ।  पश्चिम नवलपरासीको सदरमुकामस्थित पृथ्वीचन्द्र अस्पतालको ५० शय्याको नवनिर्मित भवन उद्घाटन गर्दै उनले नागरिकलाई सहज र सर्वसुल्भ सेवाका लागि जटिल तथा हुनै नसक्ने उपचारबाहेक सबै सेवा अस्पतालबाटै प्रवाह गर्न आग्रह गरे ।  उनले भने, “यहाँका सेवाग्राहीको आर्थिक अवस्था कमजोर छ । जो बाहिर गएर उपचार गराउन आर्थिक रुपमा असमर्थ हुनुहुन्छ । त्यो कुरालाई प्रदेश सरकारले राम्रैसँग मनन गर्दै अस्पताललाई सेवा प्रवाहमा आत्मनिर्भर बनाउनका निम्ति हरेक क्षेत्रका विशेषज्ञ सेवाहरु सञ्चालनमा ल्याउन प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले धेरै पहलकदमी लिएको छ ।” जिल्ला अस्पतालका रुपमा रहेको पृथ्वी चन्द्र अस्पताललाई विकास तथा सेवा प्रदान गर्नका लागि प्रदेश सरकारबाट कुनै पनि कमी न...
कर छलीको आरोपमा बुटवलका व्यापारीविरुद्ध मुद्दा दायर, ४ करोड ८३ लाख बिगो माग दावी

कर छलीको आरोपमा बुटवलका व्यापारीविरुद्ध मुद्दा दायर, ४ करोड ८३ लाख बिगो माग दावी

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल राजस्व अनुसन्धान विभागले बुटवलका व्यापारी अजय अग्रहरी र पशुपति अग्रहरी विरुद्ध कर छलीको अभियोगमा अदालतमा मुद्दा दायर गरेको छ। राजस्व अनुसन्धान कार्यालय, बुटवलले ४ कराेड  ८३ लाख २५ हजार ८८६ रुपैयाँ बिगो दाबी गरी उच्च अदालत तुलसीपुर बुटवल इजलासमा अभियोग दर्ता गराएको हो। रुपन्देहीको बुटवल उपमहानगरपालिका–५, न्यूरोडमा रहेको अजय वेङ्गल स्टोर्सका प्रोप्राइटर अग्रहरी र कारोबारी पशुपति अग्रहरीले वास्तविक कारोबारको बिल जारी नगरी माल वस्तु बिक्री गर्नुका साथै भन्सार चोरी पैठारी गरेका माल वस्तुको कारोबार गरी मूल्य अभिवृद्धि कर, भन्सार महसुल र आयकर छली गरेको अभियोगमा उल्लेख गरेको छ । विभागका अनुसार उनीहरूले भन्सार चोरी पैठारीबाट रु. ९५ लाख ८३ हजार ७५५, मूल्य अभिवृद्धि कर तर्फ रु. ९९ लाख ८९ हजार ९८४ र आयकर तर्फ रु. २ करोड ८७ लाख ५२ हजार १४७ गरी जम्मा रु. ४ करोड ८३ लाख २५ हजार ८...
बुटवलका मालपोत अधिकृत नक्कली लालपुर्जा प्रकरणमा पक्राउ

बुटवलका मालपोत अधिकृत नक्कली लालपुर्जा प्रकरणमा पक्राउ

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल नकली लालपुर्जा बनाई वितरण गरेको आरोपमा बुटवल मालपोत कार्यालयका अधिकृत घनश्याम अर्याल पक्राउ परेका छन्। सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अर्यालसँगै भैरहवा मालपोत कार्यालयका कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई शुक्रबार पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश सापकोटाका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन्। घटनामा संलग्न केही अन्य मालपोत कर्मचारी फरार रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। स्रोतका अनुसार उनीहरूले ठूलो रकम लिएर सरकारी जग्गाको कृत्रिम (नक्कली) लालपुर्जा बनाइ वितरण गरेका थिए। प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ। ...
अर्थमन्त्री पौडेलले गरे तिलोत्तमाका विभिन्न योजनाको स्थलगत अवलोकन

अर्थमन्त्री पौडेलले गरे तिलोत्तमाका विभिन्न योजनाको स्थलगत अवलोकन

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, समाचार, समाज
बुटवल उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ अन्तर्गत चालु र नयाँ योजनाहरुको स्थलगत अवलोकन गरेका छन् । अर्थमन्त्री पौडेल शुक्रबार साँझ उक्त वडामा चालु र नयाँ योजनाहरुको स्थलगत अवलोकनमा पुगेका हुन् । उनले तिलोत्तमा–६ मा रहेको नौकट्टी सडकको अवलोकन गर्नुका साथै वडा नम्बर ६ गोरकट्टास्थित निर्माणाधीन अवस्थामा रहेको १५ शैयाको नगर अस्पतालको पनि अवलोकन गरेका छन् । आनन्दवन स्वास्थ्य चौकीलाई नगर अस्पतालको रुपमा स्तरोन्नती गर्न लागिएको हो ।  अस्पताल पूर्ण निर्माण भई सञ्चालनमा ल्याउन १७ करोड लागत अनुमान गरिएको छ । १४ कठ्ठा क्षेत्रफलमा फैलिने अस्पताल स्थापनाको लागि स्व. गोपाल ओझान्ठाक्ष, अमृत प्रसाद ओझान्ठाक्ष र शम्भुप्रसाद ओझान्ठाक्षले जग्गा उपलब्ध गराएका थिए । यो अस्पतालको शिलान्यास २०७७ सालमा अर्थमन्त्री पौडेलले नै गरेका थिए । ...
पुष्पलालले स्थापना गरेकाे नेपालकाे कम्युनिस्ट आन्दोलन अन्तर्राष्ट्रिय कम्युनिस्ट लागि पाठशाला : उपाध्यक्ष पाैडेल

पुष्पलालले स्थापना गरेकाे नेपालकाे कम्युनिस्ट आन्दोलन अन्तर्राष्ट्रिय कम्युनिस्ट लागि पाठशाला : उपाध्यक्ष पाैडेल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवल नेकपा एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पाैडलले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठकाे कम्युनिस्ट विचारधारा र आन्दाेलन नेपाल मात्र नभएर विश्वभरका कम्युनिस्टहरूका लागि आधार रहेकाे वताए । ४७ औं पुस्पलाल स्मृति दिवसकाे अवसरमा बुधबार बुटवलमा आयोजित बिचार गाेष्ठिलाई सम्बाेधन गर्दै अर्थमन्त्री पाैडेलले मार्क्सवादबाट बाहेक समाज रूपान्तरण हुन सक्दैन भन्ने मान्यताका साथ पुष्पलालले कम्युनिस्ट पार्टी निर्माण गरेको उल्लेख गरे । अहिले वहस चलिरहेको विषयलाई सम्वाेधन गर्दै उनले पुर्व राष्ट्रपति विद्यादेवि भण्डारीकाे पार्टी सदस्यता नविकरण नहुने बताएका छन् । पार्टी सदस्यता कायम रहेकाकाे मात्रै सदस्यता नविकरण हुने भन्दै उपाध्यक्ष पाैडेलले राष्ट्रपति हुनुअघि पुर्व राष्ट्रपति भण्डारीले पार्टी सदस्यता त्यागेकाेले नविकरण गर्न नमिल्ने स्पष्ट पारे । पुर्व रा...
‘डार्क फाइल’ लाई अडियो उपलब्ध गराउने राजकुमार तिमल्सिना पक्राउ

‘डार्क फाइल’ लाई अडियो उपलब्ध गराउने राजकुमार तिमल्सिना पक्राउ

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँ सिधाकुरा डटकमको ‘डार्क फाइल’ कार्यक्रमलाई फेक अडियो उपलब्ध गराएको अभियोगमा सजाय तोकिएका राजकुमार तिमल्सिना पक्राउ परेका छन् । उनी इटहरीबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिए । सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी र पत्रकारलाई लाञ्छना लगाउने गरी तयार गरिएको सो अडियो ‘फेक’ भएको पुष्टि भएको थियो । उनलाई सर्वोच्च अदालतले दोषी ठहर गर्दै गत असोजमा ६ महिना सजाय तोकेको थियो । उनी त्यसयता फरार रहेका थिए । अदालतले दुई पत्रकारलाई सर्तसहित ३ महिनाको कैद सजाय सुनाएको थियो भने तिमल्सिनालाई सर्त विना ६ महिना सुनाइएको थियो। ...