पुष्पलालले स्थापना गरेकाे नेपालकाे कम्युनिस्ट आन्दोलन अन्तर्राष्ट्रिय कम्युनिस्ट लागि पाठशाला : उपाध्यक्ष पाैडेल


बुटवल

नेकपा एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पाैडलले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठकाे कम्युनिस्ट विचारधारा र आन्दाेलन नेपाल मात्र नभएर विश्वभरका कम्युनिस्टहरूका लागि आधार रहेकाे वताए ।

४७ औं पुस्पलाल स्मृति दिवसकाे अवसरमा बुधबार बुटवलमा आयोजित बिचार गाेष्ठिलाई सम्बाेधन गर्दै अर्थमन्त्री पाैडेलले मार्क्सवादबाट बाहेक समाज रूपान्तरण हुन सक्दैन भन्ने मान्यताका साथ पुष्पलालले कम्युनिस्ट पार्टी निर्माण गरेको उल्लेख गरे ।

अहिले वहस चलिरहेको विषयलाई सम्वाेधन गर्दै उनले पुर्व राष्ट्रपति विद्यादेवि भण्डारीकाे पार्टी सदस्यता नविकरण नहुने बताएका छन् । पार्टी सदस्यता कायम रहेकाकाे मात्रै सदस्यता नविकरण हुने भन्दै उपाध्यक्ष पाैडेलले राष्ट्रपति हुनुअघि पुर्व राष्ट्रपति भण्डारीले पार्टी सदस्यता त्यागेकाेले नविकरण गर्न नमिल्ने स्पष्ट पारे । पुर्व राष्ट्रपति पुनः राजनीतिमा सक्रिय हुन उचित हुदैन भन्ने पार्टीको निष्कर्ष रहेको जानकारी समेत गराए ।

गणतान्त्रिक नेपालकाे राष्ट्र प्रमुख भएको ब्यक्ति पुनः राजनीतिमा सक्रिय हुनु उचित नहुने भन्दै उनलेे पुर्व राष्ट्रपतिकै हैसियतमा बस्नु उचित हुने सुझाव दिए । नेतृत्व उमेरले मात्रै नभएर बिचार,दृष्टिकोण र क्रियाशीलताकाे आधारमा हुने भन्दै उपाध्यक्ष पाैडेलले राष्ट्रिय आवश्यकता र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा पार्टीले ७० बर्षे उमेर हद हटाउने निर्णय गरेको बताए ।

छुटाउनुभयो कि ?

उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस, आजै शपथ हुने

उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस, आजै शपथ हुने

काठमाडौँ सरकारले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपककुमार साहलाई सिफारिस गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहले ...
प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

काठमाडौंमन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन शाहको अमेरिका भ्रमण स्वीकृत गरेको छ। आज (बिहीबार) बसेको बैठकले संयुक्त रा...
करेन्ट लागेर घाइते कर्मचारीलाई प्राधिकरणले करिब २० लाख क्षतिपूर्ति दिने

करेन्ट लागेर घाइते कर्मचारीलाई प्राधिकरणले करिब २० लाख क्षतिपूर्ति दिने

काठमाडौंनेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई उपचार खर्चसहित १९ लाख ७८ ह...
तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन वटा संसदीय समितिको बैठक बस्दै

२५ भदौ, काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ ।संसद् सचिवालयका अनुसार उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित सम...