अर्थमन्त्री पौडेलले गरे तिलोत्तमाका विभिन्न योजनाको स्थलगत अवलोकन


बुटवल

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ अन्तर्गत चालु र नयाँ योजनाहरुको स्थलगत अवलोकन गरेका छन् ।

अर्थमन्त्री पौडेल शुक्रबार साँझ उक्त वडामा चालु र नयाँ योजनाहरुको स्थलगत अवलोकनमा पुगेका हुन् । उनले तिलोत्तमा–६ मा रहेको नौकट्टी सडकको अवलोकन गर्नुका साथै वडा नम्बर ६ गोरकट्टास्थित निर्माणाधीन अवस्थामा रहेको १५ शैयाको नगर अस्पतालको पनि अवलोकन गरेका छन् । आनन्दवन स्वास्थ्य चौकीलाई नगर अस्पतालको रुपमा स्तरोन्नती गर्न लागिएको हो ।

 अस्पताल पूर्ण निर्माण भई सञ्चालनमा ल्याउन १७ करोड लागत अनुमान गरिएको छ । १४ कठ्ठा क्षेत्रफलमा फैलिने अस्पताल स्थापनाको लागि स्व. गोपाल ओझान्ठाक्ष, अमृत प्रसाद ओझान्ठाक्ष र शम्भुप्रसाद ओझान्ठाक्षले जग्गा उपलब्ध गराएका थिए । यो अस्पतालको शिलान्यास २०७७ सालमा अर्थमन्त्री पौडेलले नै गरेका थिए ।

त्यस क्रममा उनले अस्पताल निर्माणको पछिल्लो अवस्थाबारे जानकारी लिएका थिए । सो क्रममा स्थानीय ०८४ अघि नै अस्पताल निर्माणको काम सम्पन्न गर्न अर्थमन्त्री समक्ष आग्रह गरे । अर्थमन्त्रीका साथमा सहभागी तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वरदेवी चौधरी र तिलोत्तमा–६ का वडाध्यक्ष गणेश पाठकले यो अस्पताल सिंगो नगरको गौरवको विषय भएकाले यसलाई सकेसम्म छिटो पूरा गर्न ध्यानाकर्षण गराए ।

त्यसक्रममा अर्थमन्त्री पौडेलले अस्पताल निर्माण सम्पन्न गर्न सरकारले यथाशक्य सहयोग गर्ने भन्दै निर्माणको कामलाई गति दिन आग्रह गरे ।

त्यस्तै अर्थमन्त्री पौडेलले पश्चिम पहुनी मावि, मोक्षधामको समेत अवलोकन गर्नुका साथै वस्तुस्थितिबारे जानकारी लिएका थिए । त्यस्तै उनले कुन्जलापुरमा रहेका दुईवटा पुलको निरीक्षण गर्नुका साथै कुन्जलापुरदेखि नगर अस्पतालसम्म जाने ३ करोड लागतको सडक र गोरकट्टादेखि गणेशपुर जाने ३ करोड लागतको कुलोको समेत अवलोकन गरी वस्तुस्थितिबारे जानकारी लिएका थिए । अर्थमन्त्री पौडेलले कुन्जपार्कको पनि शुक्रबार अवलोकन गरेका छन् ।

शुक्रबार वडा नम्बर ३, ४ र ६ अन्तर्गत सञ्चालित नयाँ र चालु योजनाहरुको अवलोकन गर्ने तय भएपनि समय अभावका कारण वडा नम्बर ६ मा सञ्चालित योजनाहरुको मात्रै पौडेलले अवलोकन गरेका हुन् ।

छुटाउनुभयो कि ?

उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस, आजै शपथ हुने

उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस, आजै शपथ हुने

काठमाडौँ सरकारले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपककुमार साहलाई सिफारिस गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहले ...
प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

काठमाडौंमन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन शाहको अमेरिका भ्रमण स्वीकृत गरेको छ। आज (बिहीबार) बसेको बैठकले संयुक्त रा...
करेन्ट लागेर घाइते कर्मचारीलाई प्राधिकरणले करिब २० लाख क्षतिपूर्ति दिने

करेन्ट लागेर घाइते कर्मचारीलाई प्राधिकरणले करिब २० लाख क्षतिपूर्ति दिने

काठमाडौंनेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई उपचार खर्चसहित १९ लाख ७८ ह...
तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन वटा संसदीय समितिको बैठक बस्दै

२५ भदौ, काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ ।संसद् सचिवालयका अनुसार उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित सम...