बुटवलका मालपोत अधिकृत नक्कली लालपुर्जा प्रकरणमा पक्राउ


बुटवल

नकली लालपुर्जा बनाई वितरण गरेको आरोपमा बुटवल मालपोत कार्यालयका अधिकृत घनश्याम अर्याल पक्राउ परेका छन्।

सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अर्यालसँगै भैरहवा मालपोत कार्यालयका कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई शुक्रबार पक्राउ गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश सापकोटाका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन्। घटनामा संलग्न केही अन्य मालपोत कर्मचारी फरार रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

स्रोतका अनुसार उनीहरूले ठूलो रकम लिएर सरकारी जग्गाको कृत्रिम (नक्कली) लालपुर्जा बनाइ वितरण गरेका थिए। प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ।

छुटाउनुभयो कि ?

उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस, आजै शपथ हुने

उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस, आजै शपथ हुने

काठमाडौँ सरकारले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपककुमार साहलाई सिफारिस गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहले ...
प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

काठमाडौंमन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन शाहको अमेरिका भ्रमण स्वीकृत गरेको छ। आज (बिहीबार) बसेको बैठकले संयुक्त रा...
करेन्ट लागेर घाइते कर्मचारीलाई प्राधिकरणले करिब २० लाख क्षतिपूर्ति दिने

करेन्ट लागेर घाइते कर्मचारीलाई प्राधिकरणले करिब २० लाख क्षतिपूर्ति दिने

काठमाडौंनेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई उपचार खर्चसहित १९ लाख ७८ ह...
तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन वटा संसदीय समितिको बैठक बस्दै

२५ भदौ, काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ ।संसद् सचिवालयका अनुसार उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित सम...